आगामी मनसुनमा सरदरभन्दा बढी पानी पर्ने



काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाएको छ ।

राष्ट्रिय मनसुन फोरम, २०८१ ले आगामी मनसुनी अवस्थाबारे सोमबार आयोजित सार्वजनिक कार्यक्रममा विभागका  मौसमविद् सुदर्शन हुमागाईँले अधिकांश स्थानमा सरदरभन्दा ३५.४ प्रतिशतदेखि ५५.४ प्रतिशत अधिक वर्षा हुने सम्भावना रहेको जानकारी दिए ।

सुदूरपश्चिम प्रदेशको उत्तरी–पश्चिम भू–भाग, वागमती प्रदेशको दक्षिण–पूर्वी भू–भाग, मधेस प्रदेशको मध्य भू–भाग र कोशी प्रदेशको मध्य तथा मध्य–पश्चिम भू–भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५.४ प्रतिशतदेखि ६५.५ प्रतिशत छ ।

साथै कर्णाली प्रदेशको पश्चिमी भू–भाग, गण्डकी प्रदेशको मध्य भू–भाग तथा कोशी प्रदेशको उत्तर–पूर्वी भू–भागमा सरदर रहने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जनाएको छ ।

साथै न्यूनतम तापक्रम देशका अधिकांश स्थानमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ६५.४ प्रतिशत रहेको विभागको अनुमान छ ।-रासस


क्लिकमान्डु