आक्रामक हुँदै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग, महानिर्देशकले भने- ३ गुणा बढी मुद्दा दर्ता गर्छौं



काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग आक्रामक रुपमा प्रस्तुत हुने भएको छ । चालु आर्थिक वर्षमा ३ गुणा बढी मुद्दा दर्ता गर्ने गरी काम गरिरहेको विभागका महानिर्देशक पुष्पराज शाहीले बताए ।

बिहीवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठक बोल्दै विभागका महानिर्देशक शाहीले यो आर्थिक वर्ष ३३ देखि ४० मुद्दा दर्ता गर्नेगरी काम गरिरहेको जानकारी दिए । गत वर्ष विभागले ११ वटा मात्रै मुद्दा दर्ता गरेको थियो ।

महानिर्देशक शाहीले सम्पत्ति शुद्धीकरण ऐनमा सम्पत्ति शुद्धीकरण सम्बन्धि मुद्दम तामेलिमा राख्न पाउने भएपनि आफूले मुद्दालाई तामेलिमा नराख्ने प्रतिवद्धता जनाए । उनले मुद्दालाई तामेलिमा मुद्दा राख्न पैसा खायो भन्ने प्रश्न उठ्ने गरेको गुनासो गरे । उनले अदालतको ढोकासम्म मुद्दा नपुगेसम्म ऐनको उद्देश्य पूरा नहुने गरेको बताए । नेपालमा निजी क्षेत्रले प्रोजेक्ट लोन लिन, कर छल्न र उत्पादन बढाउने गरी ३ तरिकाबाट कम्पनी खोल्ने गरेको दाबी गरे । उनले जसमा ३० प्रतिशतभन्दा बढी कम्पनी उत्पादनको लागि र बाँकी सबै कर छल्नको लागि कम्पनी खडा गरेको आरोप लगाए । २० प्रतिशत कर छल्नको लागि खोलिएका धेरै कम्पनीको कारण निजी क्षेत्रले धान्न नसक्नेको दाबी गरे । महानिर्देशक शाहीले सम्पती शुद्धीकरण अनुसन्धान विभागले ८० प्रतिशत मुद्दामा सफलता पाएको दाबी गरे । उनले हालसम्म सम्पत्ति शुद्धीकरण ७७ मुद्दा दायर भएको र ७ वटाले मात्रै सफाइ पाएको बताए ।

‘सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा आएका मुद्दाहरुलाई तामेलिमा नराख्ने योजना छ । ऐन अधिकार दिएको छ तामेलिमा राख भन्छ । तामेलिमा राख्यो की खायो–खायो भन्ने आउँछ । न्याया दिन बसेको हो । मुद्दा जानुपर्छ अर्को पक्ष मुद्दा मात्रै जानु हुँदैन भन्नेछ म कुनमा काम गर्ने ? यो वर्ष बढी भन्दा बढी मुद्दामा जानुपर्ने आवश्यकता छ । गत वर्ष ११ वटा हो यो वर्ष तीन गुणा स्पिड छ । कम्तिमा ३३ देखि ४० मुद्दा यो वर्ष हामी पु¥याउँछौं भनेर काम गरिरहेका छौं । अनुसन्धानकर्ताहरुलाई पनि मुद्दा तामेलिमा नराख्न भनेको छु । कानूनमा भएपनि विषेश परिस्थितिमा गर्ने भनिएको छ । सम्पती शुद्धीकरण अनुसन्धान ऐनको उदेश्य अदालतको ढोकासम्म मुद्दा पुग्दैन तबसम्म ऐनको उद्देश्य पूरा हुँदैन । नेपालमा निजी क्षेत्रले प्रोजेक्ट लोन लिन,कर छल्न,उत्पादन लगाउनको लागि उद्योग खोलिएको छ । मुलुकमा खोलिएको ३० प्रतिशत भन्दा बढी उद्योग उत्पादनको लागि खोलिएका छन् बाँकी सबै कर छल्नको लागि खोलिएको छ ।’

राजस्वका हाकिम भन्छन्- हुन्डी कारोबार नियन्त्रण गर्न विशेष निगरानी गरिरहेका छौं

बैठकमा बोल्दै राजस्व अनुसन्धान विभाग महानिर्देशक नवराज ढुंगानाले चालु आर्थिक वर्ष २०८०÷८१ माघ मसान्तसम्म राजश्व छलीका २५ मुद्दा दायर भएको समितिलाई जानकारी दिए । उनले २५ मुद्दामा १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबीसहित ४५ जनालाई प्रतिवादी बनाएर उच्च अदालतमा मुद्दा दर्ता भएको बताए । उनले विदेशी मुद्रा अपचलनका ४५ मुद्दा दायर भएको भन्दै जसमा ८३ प्रतिवादीबाट ९७ करोड १८ लाख बराबर बिगो दाबी गरिएको उल्लेख गरे । उनले बिगोलाई अदालती कानूनी प्रक्रिया पूरा भएपछि धरौटीलाई राजश्व दाखिला भएको रकम माघ मसान्तसम्म १५ करोड ८१ लाख ६१ हजार रुपैयाँ रहेको बताए ।

महानिर्देशक ढुङ्गानाले भिसिटिएस सवारी साधनको अनुगमनका क्रममा गरिएको जरिवानाबाट ३ बरोड ८ लाख ७० हजार संकलन भएको बताए । उनले विभागले हुन्डी कारोबार नियन्त्रण गर्न विशेष निगरानी अगाडि बढाएको बताए । डिजिटल माध्यमबाट हुने व्यापारलाई करको दायरमा ल्याउन चुनौति रहेको बताउँदै उनले क्रिप्टोकरेन्सीजस्ता डिजिटल कसरेन्सीको कारोबार बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न चुनौती थपिएको पनि जानकारी दिए ।

उनले भने ‘चालु आर्थिक वर्ष २०८०/८१ माघ मसान्तसम्म राजश्व छलीका २५ मुद्दा दायर भएको छ । त्यसको १ अर्ब ६२ करोड रुपैयाँ बराबर बिगो दाबीसहित त्यसमा ४५ जनालाई प्रतिवादी रहेको छ । जुन उच्च अदालतमा मुद्दा दर्ता भएको छ । विदेशी मुद्रा अपचलनतर्फ विदेशी विनियम अपचलनको ४५ मुद्दा दायर भएका छन् जसमा ८३ प्रतिवादीबाट ९७ करोड १८ लाख बराबर बिगो दाबी गरिएको छ । कानूनी प्रक्रिया पूरा भएपछि धरौटीलाई राजश्वमा दाखिला गर्छौं । राजश्व दाखिला भएको रकम माघ मसान्तसम्म १५ करोड ८१ लाख ६१ हजार रुपैयाँ रहेको छ । भिसिटिएस प्रयोग भए नभएको सवारी साधनको अनुगमनबाट जरिवानाबाट ३ बरोड ८ लाख ७० हजार संकलन भएको छ ।हुन्डी कारोबार नियन्त्रण गर्न विशेष निगरानी अगाडि बढाएका छौं । सँगै डिजिटल माध्यमबाट हुने व्यापारलाई कसरी करको दायरमा ल्याउने भन्ने चुनौती थपिएको छ । क्रिप्टोकरेन्सी जस्ता डिजिटल कसरेन्सीको कारोबार बढ्दै जाँदा त्यसलाई नियन्त्रण गर्न चुनौती थपिएको छ । हुन्डी भनेर हुने परम्परागत माध्यम परिवर्तन भएर डिजिटल र क्रिप्टो करेन्सीमार्फत हुन्डी कारोबार हुने गरेको छ । प्रतिवन्धित वस्तु भुक्तानी पनि डिडिटल करेन्सी, क्रिप्टोकरेन्सीबाट हुने गरेको छ ।’


क्लिकमान्डु