टाटाले चौथो पटक गाडीहरुको मूल्य बढाउँदै



काठमाडौं । भारतीय गाडी निर्माता कम्पनी टाटा मोटर्सले सोमबार आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढाउने घोषणा गरेको छ । कम्पनीले १ अक्टोबरबाट लागू हुने गरि आफ्ना कर्मसियल गाडीहरुको मूल्य बढ्ने भएको हो ।

टाटाकाअनुसार कर्मसियल गाडीहरुमा फरक फरक मोडल र भेरियन्टका गाडीहरुको मूल्य औसतमा ३ प्रतिशतले बढ्ने निर्णय भएको छ ।

कम्पनीले गाडी बनाउँदा लाग्ने मूल्य बढ्दै गएका कारण आफूहरुले पनि उपभोक्तालाई गाडीहरु केही महंगो बनाउनु परेको बताएको छ ।

टाटाले यो वर्ष चौथो पटक मूल्य बढाउन लागेको हो । यसअघि कम्पनीले ३ जुलाईमा आफ्ना पेसेन्जर गाडीहरुको मूल्य बढाएको थियो । त्यस्तै, १७ जुलाईमा कारहरुका विभिन्न मोडल तथा भेरियन्टमा ०.६ प्रतिशतले मूल्य बढाउने घोषणा गरेको थियो ।

त्यस्तै, १ अप्रिलमा पनि कर्मसियल गाडीहरुको मूलयमा ५ प्रतिशतको बृद्धि गरेको थियो भने फेब्रुअरीमा पेसेन्जर गाडीहरुमा १.२ प्रतिशतले मूल्य बढाएको थियो ।


क्लिकमान्डु