सिटिजन्स बैंक १७औं वर्षमा प्रवेश
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिब १५ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको छ ।
सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमास सम्ममा बैंकको कूल निक्षेप करिब १ खर्व ६२ अर्ब रहेकोमा कर्जातर्फ १ खर्ब ४३ अर्ब रहेको छ र यसै अवधिमा करिब १ अर्ब २४ करोड रुपैयाँ खुद मुनाफा गरेको छ।
बैंकले १६औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ ।
साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले रक्तदान नै जिवनदानूभन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथ नेपाल रेडक्रस सोसाईटी संगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशूल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथै आवश्यक औषधीहरु समेत निःशूल्क वितरण गरेको छ ।
बैंकले स्थापनाकाल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेशन लाई १ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गरेको छ ।
बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ ।
साथै बैंकले डिजिटल बैकिंलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवा एवं प्ष्यकपसेवामार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिनानै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ ।