उद्योग संगठन मोरङद्वारा दक्ष जनशक्ति उत्पादन तालिम शुरु



विराटनगर । उद्योग संगठन मोरङले उद्योग/प्रतिष्ठानहरुलाई आवश्यक प्राविधिक जनशक्ति उपलब्ध गराउन संचालित सीप विकास एकाइ स्थापनाको समन्वयमा तालिम शुरु गरेको छ ।

सो संगठनको आयोजना र इन्स्योर परियोजनाको सहयोगमा यस क्षेत्रका उद्योगहरुको पीएलसी अटोमेशनमा कार्यरत पेशाकर्मीहरुको सीप अभिवृद्धिका लागि २४ दिने ‘वर्कस फरदर ट्रेनिङ’ शुरु गरिएको हो ।

विभिन्न उद्योग प्रतिष्ठानका २० जना कार्यरत सहायकस्तरका पीएलसी सेक्सनमा कार्यरत कर्मचारीहरुको ज्ञान र सीप अभिवृद्धि गरी थप परिस्कृत बनाउन तालिमले सहयोग पु¥याउने बताइएको छ ।

विशेषज्ञ प्रशिक्षकद्वारा दैनिक ३ घण्टा संचालन हुने तालिमले सहायकस्तरका कर्मचारीहरुको कार्यसम्पादन क्षमतामा सुधार ल्याई दक्ष कामदार बन्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

तालिम अवधिमा सहभागीहरुलाई स्वचालन परिचय, यसका कम्पोनेन्टहरु, परीक्षण उपकरण, समस्या निवारण, उर्जाको समूचित व्यवस्थापन पद्धति, नयाँ मेशिनको स्थापना र सुरक्षा संयन्त्र, उत्पादकत्व अभिवृद्धलगायतका विषयहरु समेटेर सैद्धान्तिक र प्रयोगात्मकरुपमा कक्षा संचालन गरिने आयोजक संस्थाले जनाएको छ ।

सो इकाइको समन्वयमा आगामी दिनमा ‘वर्कस फरदर ट्रेनिङ’ अन्तर्गत ‘लेथ’ र ‘वोइलर’ सम्बन्धी तालिम संचालन गरिने संगठनले जनाएको छ ।


क्लिकमान्डु