यी ३६ वस्तु ५० करोड बढीको निर्यात गर्नेले १५ दिनभित्रै नगद अनुदान पाउने



काठमाडौं । विभिन्न ३६ वस्तुको निर्यात गर्ने उद्योगी व्यवसायीको खातामा सरकारले १५ दिनभित्रै नगद अनुदान जम्मा गरिदिने भएको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा गरेको व्यवस्था कार्यान्वयनका लागि नेपाल राष्ट्र बैंकले निर्यातमा नगद अनुदानसम्बन्धी कार्यविधि संशोधन गर्दै १५ दिनभित्रै अनुदान पाउने व्यवस्था गरेको हो ।

निर्यातमा नगद अनुसन्धान सम्बन्धी कार्यविधि संसोधन नहुँदा उद्यमी व्यवसायीहरुलाई निर्यातमा कठिनाई हुँदै आएको थियो ।

निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि २०७९ ले विभिन्न ३६ प्रकारका वस्तुको निर्यातमा अनुदान दिने व्यवस्था गरेको छ । जससमध्ये १८ प्रकारका वस्तुमा मूल्य अभिवृद्धि ५० प्रतिशत र बाँकी १८ प्रकारका वस्तुमा ३० प्रतिशत हुनुपर्ने व्यवस्था रहेको छ ।

मूल्य अभिवृद्धि ५० प्रतिशत हुनुपर्ने वस्तुमा प्रशोधित चिया, प्रशोधित कफी, हस्तकला (तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थका रुपमा प्रयोग भएका वस्तु) र काष्टकलाका वस्तु रहेका छन् । प्रशोधित छाला, हातेकागज तथा सोबाट उत्पादित सामान, प्रशोधित तथा अर्धप्रशोधित जडिबुटी (यार्सागुम्बासमेत), प्रशोधित पत्थर तथा सारयुक्त तेल, अल्लोबाट उत्पादित सामान, प्रशोधित पिउने पानी, प्रशोधित तथा अर्धप्रशोधित बेसार, ताजा तरकारी, पुष्प, प्रशोधित मह, अलैँची र अदुवामा पनि ५० प्रतिशत मूल्य अभिवृद्धि हुनुपर्नेछ ।

यस्ता वस्तुमा कूल निर्यात मूल्यको ५ प्रतिशत हुन आउने रकम नगद अनुदान दिइने छ । यी वस्तुको उत्पादनमा कम्तीमा ८० प्रतिशत मूल्य अभिवृद्धि गरी निर्यात गरेमा थप एक प्रतिशत बराबर हुने आउने रकम अतिरिक्त अनुदान दिइने कार्यविधिमा उल्लेख छ। अन्य १८ वस्तु निर्यात गर्दा भने मूल्य अभिवृद्धि ३० प्रतिशत भएमा निर्यातमा अनुदान पाइने छ ।

उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टील, फुटवेयर, प्रशोधित पानी, सूचनाप्रविधिमा आधारित सेवा तथा बिजनेस प्रोसेस आउटसोर्सिङ जस्ता सेवाहरु पहिचान गरी निर्यात गर्नेले अबदेखि ८ प्रतिशत निर्यात अनुदान पाउने छन् ।

कागजात पेश गरेको १५ कार्यदिनभित्र भुक्तानी गरिसक्ने गरिसक्नुपर्ने कार्यविधिमा उल्लेख छ । निर्यात सम्बन्धी कागजागतलाई उद्योग विभागमार्फत् प्रमाणित कागजात बुझाउनुपर्नेछ ।

चुलिँदो ब्यापार घाटा कम गर्न र आन्तरिक उत्पादन बढाई विदेशी मुद्राको भण्डारण बलियो बनाउने उदेश्यले सरकारले निर्यातमा प्रोत्साहन गर्दै ८ प्रतिशतसम्म नगद अनुदान दिने घोषणा चालु आर्थिक वर्षको बजेटमा गरेको थियो । राष्ट्र बैंकले आइतबार बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै निर्यातसम्बन्धी नगद अनुदान दिने कार्यविधिको संशोधन गरेको जनाएको छ ।

निर्यातमा नगद अनुदानको अनुगमन, मूल्यांकन र समन्वय गर्न सरकारले वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवको संयोजकत्वमा ९ सदस्यीय कमिटि गठन गरेको छ । उक्त कमिटिमा दुई जना सहसचिव, भन्सार विभाग र उद्योग विभागका महानिर्देशक, राष्ट्र बैंकका कार्यकारी निर्देशक, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघका प्रतिनिधि, वाणिज्य मन्त्रालयका व्यापारा नीति तथा व्यापार सहायता शाखाका उपसचिव सदस्य सचिव रहनेछन् ।

कसले पाउँछन् नगद अनुदान ?

१,क्लिङकर

२,सिमेन्ट

३, स्टिल

४, कत्था

५, रोजिन तथा तार्पेन

६, प्लाइउड

७, हस्तकला ९तामा, फलाम, ढलोट र सिसा कच्चा पदार्थको रुपमा प्रयोग हुने समेत० र काष्ठकलाका वस्तुहरु

८, प्रशोधित तथा अर्धप्रशोधित जडीबुटी (यार्सागुम्बा समेत) तथा सारयुक्त तेल

९, प्रशोधित तथा अर्धप्रशोधित बेसार

१०, ताजा तरकारी (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

११, पुष्प (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१२, प्रशोधित तथा अर्धप्रशोधित अलैंची

१३, प्रशोधित तथा अर्धप्रशोधित अदुवा (सुठो, स्लाइडिङ, तेल र पाउडर लगायत)

१४, दुग्धजन्य पदार्थ (दुध, चिज, पनिर, छुर्पी र फ्याट परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१५, फलफूल (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१६, अम्रिसो (परिवर्त्य विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा)

१७, क्यासमेयर ‘च्याङ्ग्रा पश्मिना तथा सोबाट उत्पादित सामान ।
१८, प्लाइउड


क्लिकमान्डु