७ वटा लघुवित्तले नाफा बढाउँदा २३ वटाको घट्यो, ५ वटा नोक्सानीमा (कुनको कति ?)
काठमाडौं । सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थामध्ये ३५ वटा लघुवित्त वित्तीय संस्थाहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।
वित्तीय अवस्था सार्वजनिक गरेका कम्पनीहरुले चालु आवको प्रथम त्रैमासमा १ अर्ब १६ करोड ६० लाख ६९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार ५ वटा कम्पनी नोक्सानीमा रहेका छन् भने ती कम्पनी बाहेक अर्थात ३० वटा कम्पनीले कमाएको कुल नाफा हो । गत आवको सोही अवधिमा ३५ वटा कम्पनीहरुले १ अर्ब ९८ करोड ३ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएका थिए ।
२३ वटा कम्पनीको खुद नाफा घट्यो
वित्तीय विवरण सार्वजनिक गरेका ३५ लघुवित्त कम्पनीहरुमध्ये २३ वटा कम्पनीको नाफा गत आवको सोही अवधिको तुलनामा घटेको छ । एनआइसी एशिया लघुवित्त, सिवाईसी लघुवित्त, महुलि लघुवित्त, ग्लोबल आइएमई लघुवित्त, सिभिल लघुवित्त, समिट लघुवित्त, राष्ट्र उत्थान लघुवित्त, आँधिखोला लघुवित्त, आशा लघुवित्त, आरम्भ चौतारी लघुवित्त, कालिका लघुवित्त, सपोर्ट लघुवित्त, जिवन विकास लघुवित्त, समता घरेलु लघुवित्त, निर्धन उत्थान लघुवित्त, मिर्मिरे लघुवित्त, श्रृजनशिल लघुवित्त, डिप्रोक्स लघुवित्त, मेरो माइक्रो फाइनान्स, आर्दश लघुसिवत्त र धौलागिरी लघुवित्तको नाफा घटेको हो ।
गत आवको सोही अवधिको तुलनामा एनआईसी एशिया लघुवित्तको नाफा ६८.१८ प्रतिशत, सिवाइसी लघुवित्तको नाफा ४४.७३ प्रतिशत, महुलि लघुवित्तको नाफा ७८.२७ प्रतिशत, ग्लोबल आईएमई लघुवित्तको नाफा ५८.१५ प्रतिशत, सिभिल लघुवित्तको नाफा ४९.४९ प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको नाफा ६९.४६ प्रतिशत, समिट लघुवित्तको नाफा ५२.८१ प्रतिशत, आधिखोला लघुवित्तको नाफा ७८.७१ प्रतिशत, आशा लघुवित्तको नाफा ६३.७५ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको नाफा ५५.०५ प्रतिशत र कालिका लघुवित्तको नाफा ७२.७८ प्रतिशतले घटेको छ ।
यस्तै, गत आवको सोही अवधिको तुलनामा सपोर्ट लघुवित्तको नाफा ६७.६८ प्रतिशत, जिवन विकास लघुवित्तको १६.३८ प्रतिशत, मिथिला लघुवित्तको ७८.५९ प्रतिशत, नेरुडे लघुवित्तको नाफा ६४.१५ प्रतिशत, समाता घरेलु लघुवित्तको नाफा ६३.७२ प्रतिशत, निर्धन उत्थान लघुवित्तको नाफा ३.८ प्रतिशत, मिर्मिरे लघुवित्तको नाफा ४९.३९ प्रतिशत, श्रृजनशिल लघुवित्तको नाफा ३२.८९ प्रतिशत, डिप्रोक्स लघुवित्तको नाफा ४२.८९ प्रतिशत, मेरो माइक्रो फाइनान्सको नाफा ८४.३७ प्रतिशत, आर्दश लघुवित्तको नाफा ४७.८३ प्रतिशत र धौलागिरी लघुवित्तको नाफा ५३.२० प्रतिशतले घटेको हो ।
५ लघुवित्त नोक्सानीमा
चालु आर्थिक वर्षको पहिलो त्रैमासको अवधिमा वित्तीय विवरण सार्वजनिक गरेका ३५ वटा लघुवित्तमध्ये ५ वटाले नोक्सानी ब्यहोरेका छन् । ग्रामिण विकास लघुवित्त, गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त, यूनिक नेपाल लघुवित्त र एनएमबी लघुवित्त नोक्सानीमा रहेका हुन् ।
चालु आवको पहिलो त्रैमासमा ग्रामिण विकास लघुवित्त १ करोड १८ लाख ३५ लाख रुपैयाँ नोक्सानीमा छ । गत आवको पहिलो त्रैमासमा लघुवित्तले २ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । चालु आवको पहिलो त्रैमासको अवधिमा गुराँस लघुवित्त ६० लाख २२ हजार रुपैयाँ नोक्सानमा छ । गत अवको सोही अवधिमा कम्पनीले ३१ लाख ६३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, चालु आवको पहिलो त्रैमासको अवधिमा स्वाभिमान लघुवित्तले ६७ लाख ८२ हजार रुपैयाँ, यूनिक लघुवित्त नेपालले २७ लाख ७५ हजार रुपैयाँ र एनएमबी लघुवित्तले ८० लाख १० हजार रुपैयाँ नोक्सानी ब्यहोरेका हुन् । गत आवमा स्वाभिमान लघुवित्तले ७४ लाख ६४ हजार रुपैयाँ, यूनिक नेपालले ३ रकोड २३ लाख ६८ हजार रुपैयाँर एनएमबी लघुवित्तले ५ करोड १५ लाख २३ हजार रुपैयाँ नाफा कमाएका थिए ।
७ वटा लघुवित्तले बढाए नाफा, गणपतिको मात्रै १५४.६९ प्रतिशतले बढ्यो
वित्तीय विवरण सार्वजनिक गरेका लघुवित्तमध्ये ७ वटा लघुवित्तले गत आवको सोही अवधिको तुलनामा नाफा बढाएका छन् । नाफा बढाउने कम्पनीमा नेष्डो समृद्धि लघुवित्त, छिमेक लघुवित्त, फस्र्ट माइक्रो फाइनान्स, उपकार लघुवित्त, नेष्डो समृद्धि, आरएमडिसि लघुवित्त, गणपति माइक्रो फाइनान्स र आरएसडिसि लघुवित्त रहेका छन् ।
गत आवको सोही अवधिको तुलनामा फस्र्ट माइक्रो फाइनान्सको नाफा ६१.७९ प्रतिशत, छिमेक लघुवित्तको नाफा ५३.७१ प्रतिशत, उपकार लघुवित्तको नाफा ३.८९ प्रतिशत र नेस्डो समृद्धि लघुवित्तको नाफा ११.३० प्रतिशतले बढेको हो ।
यस्तै, गत आवको सोही अवधिको तुलनामा आरएमडिसि लघुवित्तको नाफा ५४.१६ प्रतिशत, गणपति माइक्रो फाइनान्सको लघुवित्तको नाफा १५४.६९ प्रतिशत र आरएसडिसी लघुवित्तको नाफा १०१.९८ प्रतिशतले बढेको हो ।
छिमेकले कमायो सबैभन्दा धेरै नाफा
सबैभन्दा धेरै नाफा कमाउनेमा छिमेक लघुवित्त वित्तीय संस्था परेको छ । छिमेकले चालु आवको पहिलो त्रैमासमा ३२ करोड ९१ लाख ८ हजार रूपैयाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिमा छिमेकले २१ करोड ४१ लाख ५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस्तै, प्रथम त्रैमासको अवधिमा जिवन विकास लघुवित्तले १४ करोड ७६ लाख २ हजार रुपैयाँ र आरएमडिसी लघुवित्तले १० करोड ८ लाख ६३ हजार रुपैयाँ नाफा कमाएका छन् ।