एमालेले वृद्धभत्ता बढाउने



काठमाडौं । नेकपा एमालेले वृद्ध भत्ता वृद्धि गर्ने भएको छ ।

मंगलबार मंसिर ४ गतेको प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै एमालेले जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरिने जनाएको छ ।

‘जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्तालाई वृद्धि गरिने छ । जेष्ठ नागरिकहरूको जीवनलाई सम्मानित र सहज बनाउन नगर क्षेत्रका वडा र गाउँपालिकामा कम्तीमा एउटा राज्य प्रवर्द्धित सुविधासम्पन्न केयर होम सञ्चालनमा ल्याइनेछ । जेष्ठ नागरिक मिलन केन्द्रलाई जेष्ठ नागरिकहरूको ज्ञान, अनुभव र शिक्षाको सङ्कलन तथा अन्तरपुस्ता हस्तान्तरणको काममा परिचालन गरिने छ’ घोषणापत्रमा भनिएको छ ।


क्लिकमान्डु