एमाले घोषणापत्र : वर्षामा ५० युनिट र हिउँदमा मासिक ३० युनिट विद्युत नि:शुल्क दिने



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले वर्षा याममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत नि:शुल्क दिने घोषणा गरेको छ ।

आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि एमालले आज घोषणापत्र सार्वजनिक गर्दै मासिक ५० युनिट नि:शुल्क दिने प्रतिबद्धता गरेको हो ।

‘दुई वर्षमा विद्युतमा पहुँच जनसंख्या शत प्रतिबत पुर्याइनेछ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० युनिट र हिउँद याममा मासिक ३० युनिट विद्युत निशुल्क उपलब्ध गराइनेछ,’ जारी संकल्पपत्रमा उल्लेख छ ।
त्यस्तै, ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५ सय मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्याइनेछ ।


क्लिकमान्डु