यी हुन् एमालेले घोषणापत्रमा समावेश गरेका २० ग्यारेन्टी



काठमाडौं । नेकपा एमालेले आगामी पाँच वर्षका लागि २० ग्यारेन्टी समावेश भएको घोषणापत्र सार्वजनिक गरेको छ ।

मंसिर ४ गतेको निर्वाचनका लागि मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् ।

एमालेको घोणापत्रमा पाँच वर्षको अवधिमा पार्टीले गर्ने कामलाई ‘२० ग्यारेन्टी’ को रुपमा प्रस्तुत गरिएको छ।

एमालेको २० ग्यारेन्टीमा के के छन् ?

१. पहिलो सेसनः समृद्धि अधिवेशन
२. नेपालीलाई मात्र नागरिकता
३. हंगर, नो लंगर
४. उत्पादन स्वदेशी: बजार विदेशी
५. सुरक्षित छाना: पुग्छ सबैको चाहना
६. कमाइ: युवाको रोजाइ
७. पढाइ: भविष्यको जग बसाइ
८. सुगर प्रेसर: भइन्न बिरामी औषधि बेगर
९. फ्रि मिटर: १० हजार लिटर
१०. फ्रि युनिट: ५० युनिट
११. खेतबारीमा पानी: खाडीमा हैन स्वदेशमै लगानी
१२. दिनदिनै सडक विस्तार: विकासका पूर्वाधारको आधार
१३. भूमिगत तार: सहर बजार
१४. नो लाइन: सेवा अनलाइन
१५. ५ लाख रोजगार: न्यूनतम ज्याला २५ हजार
१६. समृद्धिसँगको नाता: सबैको बैंक खाता
१७. स्वास्थ्य महिनावारी: १५ सय वर्षभरि
१८. फाइभजी सञ्चार: आइटीमा चमत्कार
१९. हामी समाजिक: सभ्य नागरिक
२०. हाम्रो अर्थ: १०० खर्ब


क्लिकमान्डु