सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घट्यो



काठमाडौं । सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले घटेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार १ सय रुपैयाँले घटेर ९३ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ९२ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

साथै, बिहीबार चाँदीको मूल्य प्रतितोला ११ सय रुपैयाँ कायम भएकोमा शुक्रबार ५ सय रुपैयाँले बढेर ११ सय ५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु