कृषकले असार अन्तिम साता अगाडि मल पाउन नसक्ने, भएको मल वितरण गर्न छैन मन्त्रीको चासो



काठमाडौं । नेपालका किसानले असार अन्तिम साता अगाडि प्रयाप्त मल पाउने सम्भावना न्यून रहेको छ ।

हाल केही मल बाँकी रहेको भएपनि सरकारले त्यो मल किसानलाई दिन चासाे देखाएकाे छैन । किसानले मलको समस्या भोगिरहेका छन् । किसानले मल नपाएका बेला सरकारले आफूसँग भएको मल पनि किसानलाइ प्रयाप्त मात्रामा दिएको छैन । नेपालले आयात गर्न लागेको मल ल्याएपछि मात्रै किसानलाई दिने भएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्रा राय यादवका अनुसार अहिले कृषि सामग्री कम्पनीसँग ५ सय मेट्रिकटन युरिया, ७ हजार मेट्रिकटन डिएपी, ६ हजार ९७२ मेट्रिकटन पोटास गोदाममा रहेको छ । त्यती मात्रै नभएर साल्ट ट्रेडिङसँग ६ हजार मेट्रिकटन डिएपी, ५ सय मेट्रिकटन युरिया बाँकी रहेको उनकाे भनाइ छ ।

उनले सरकारी नियकासँग भएको मल तत्काल मल दिने संकेत देखाएनन् । बरु मन्त्री यादवले १४ हजार मेट्रिकटन युरिया असार १५ भित्र नेपाल आइपुग्ने सम्भावना रहेको जानकारी गराए ।

सरकारले भारत सरकारसँग ५ वर्षमा ५ लाख ६५ हजार युरिया, ३ लाख १७ हजार डिएपी मल खरिद गर्ने गरी सम्झौता गरेको उल्लेख गरे । २२ हजार मेट्रिकटन युरिया असार अन्तिम साता आइपुग्ने सम्भावना रहेको बताए । यस्तै कृषि सामग्री कम्पनीले खरिद गर्ने ३० हजार मेट्रिकटन युरिया असार दोस्रो सातादेखि आउने उनको तर्क छ ।

मन्त्री यादवले ३० हजार मेट्रिकटन डिएपी मल असारको तेस्रो सातादेखि आउने र २० हजार मेट्रिकटन डिएपी असार अन्तिम सातादेखि मात्रै आउने सम्भावना रहेको बताए ।

चालु आवका लागि १ लाख ५० हजार मेट्रिकटन मल भारत सरकारसँग खरिद गर्न लागेको जानकारी गराए । यसका लागि खरिद सम्झौता अन्तिम चरणमा रहेको स्मरण गराए ।

अहिले युरिया र डिएपी मलको मूल्य पनि बढेको जानकारी गराए । मन्त्री यादवले भारतबाट ल्याउने मलको लागि सम्झौता भइसकेको स्मरण गराए ।

मन्त्री यादवले मलको समस्या सबैको साझा समस्या भएको बताए । आफु भारत भ्रमणमा गएको समयमा भारत सरकारले समयमा नै मल दिने आश्वासन दिएको बताए । प्रतिनिधि सभाको बैठकमा उनले यस्तो बताएका हुन् । खेतीको समय सुरु भएको भन्दै मन्त्रिपरिषदबाट निर्णय भएर भारतबाट मल ल्याउन खोजेको बताए ।

चालु आवको लागि रासायनिक मल अनुदानको लागि १५ अर्ब विनियोजन भएको छ । थप मल आयातका लागि १२ अर्ब ७१ करोड २ पटकमा स्रोत सुनिश्चित भएको बताए ।

मन्त्रालयले मल ल्याउन निरन्तर प्रयास गरेको भएपनि विश्व बजारमा भएको अभावका कारण मल ल्याउन नसकेको स्वीकारे ।
यो अवधिमा कृषि सामग्रि कम्पनीले १ लाख ५ हजार मेट्रिकटन, साल्ट टे«डिङ कर्पोरेसलने १ लाख १७ हजार मेट्रिकटन गरि २ लाख २२ हजार मेट्रिकटन मल विभिन्न आपूर्तीकर्ताले सम्झौताको समय भित्र उपलब्ध नगरेकोले मल ल्याउन समस्या भएको बताए ।

समयमा नै मल नल्याउनेको ठेक्का रद्ध गरेर कारबाही अघि बढाएको स्मरण गराए । अहिलेसम्म १ लाख ९७ हजार मेट्रिकटन मल आयात गरेर विवरण गरिसकेको जानकारी गराए । अहिले नेपाललाई १० लाख मेट्रिकटन मल चाहिएको बताए ।


क्लिकमान्डु