आगामी बजेटले कृषिको विकृती रोकोस, विप्रेषण र राजस्वमुखी मात्रै नबनोस्: सांसद साह



काठमाडौं । सांसद प्रमोद साहले राज्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने गरेको तर अनुदानमा मोनिटरिङ गर्न नसकेको बताएका छन् ।

मोनिटरिङ नगरेका कारण अनुदान जसलाई जानुपर्ने हो त्यसलाई नगएर अन्यत्र गएको उनको भनाइ छ । कृषि क्षेत्रलाई जुन रुपमा प्राथमिकतामा राखेर अघि बढाउन खोजेको हो त्यो अनुसार अघि नबढेको उनको तर्क छ । उनले कृषिमा देखिएको विकृती रोकिने खाजको बजेट आवश्यक भएको उल्लेख गरे ।

बजेट उत्पादनमुखी हुनुपर्ने भएपनि त्यसो हुन नसकेको दाबी गरे । बजेट कार्यान्वयन भएर उत्पादन तर्फ शून्य रहेको उनको बुझाइ छ । सांसद साहले आगामी आवको बजोट बनाउँदा विप्रेषण र राजस्वमुखी मात्रै नबनाउन सुझाव दिए ।

देश विकास गर्ने हो भने निर्यात बढाउन र उत्पादनमा जानुपर्ने उनको भनाइ छ । आगामी आवको बजेट उद्योग सञ्चालन सहज हुने खालको बनाउन सरकारलाई आग्रह गरे ।

प्रतिनिधि सभाको बैठकमा उनले राष्ट्रिय गौरवका आयोजना २४ वटा रहेको तर ती आयोजनालाई सरकारले प्राथमितामा नराखेको दाबी गरे । विगतको समयमा आवश्यकता अनुसार बजेट नदिएका कारण लागत बढेको उनको भनाइ छ ।

‘आयोजनालाई पुग्नेगरी पैसा नदिँदा २ अर्ब ८२ अर्ब ४३ करोढ घाटा भएको छ’ उनले भने ‘यसले लागत बढेको छ । समयमा काम सकिएको छैन ।’ उनका अनुसार १० वर्षमा बन्ने भनेको आयोजना १५ वर्षमा ५० प्रतिशत काम नहुने गरेको बताए ।
सरकारले राष्ट्रिय गौरवका आयोजनालाई प्राथमिकताका साथ अघि बढाउने हो भने सोही अनुसार बजेट विनियोजन गर्न समेत आग्रह गरे ।

‘रेल्वेको कुल लागत ६९ करोड ५२ अर्ब रुपैयाँ रहेको छ’ उनले भने ‘अहिलेसम्म १३ अर्ब ८५ करोड पैसा खर्च भएको छ । तर प्रगति ११.४ प्रतिशत रहेको छ ।’

बुढीगण्डकी, बबई सिंचाई आयोजनामा २ अर्ब ८७ करोड लाग्नु पर्नेमा १८ अर्ब ९७ करोड लागेको छ । करिब १६ अर्ब बढी लागत लागेको आयोजना नसकिएको उनको भनाइ छ । हुलाकी सडक १५ वर्ष बित्दा ५५ प्रतिशत मात्रै काम सम्पन्न भएको उनले जानकारी गराए ।

‘राष्ट्रिय गौरवमा आयोजना जुन रुपमा सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो त्यो नभएर ठूलो धनराशीको क्षति भएको छ’ उनले भने ‘हाम्रो अर्थव्यवस्थाले धान्दैन भने किन २४ वटा आयोजना राखेको, ५ वटा राखौ समयमै सकौ । धेरै आयोजना राखेर समय र खर्च मात्रै नबढाऔ ।’ यस्ता विषयमा समयमा नै नसोच्ने हो भने समस्या आउने दाबी गरे ।

जलविद्युत आयोजना समयमा नै सक्ने हो भने देश सम्मुतन हुन समय नलाग्ने दाबी गरे । नेपाल संसार कै सुन्दर रहेको भन्दै यसको प्रचार कम हुँदा आय आर्जन बढाउन नसकेको तर्क गरे । नेपालमा उर्जा, पर्यटन क्षेत्रबाट आय धेरै बढाउन सक्ने दाबी गरे ।


क्लिकमान्डु