६ महिनामै सुरज वैद्यले टोयोटा गाडी बेचेर २२ करोड कमाए



काठमाडौं । सुरज वैद्य अर्थात् देशका प्रतिष्ठित व्यवसायी । मिस इण्डिया ऋतु सिंहसँग बैबाबिह बन्धनमा बाँधिएका बैद्यको ग्ल्यामरनेश चर्चा पनि उत्तिकै हुन्छ व्यावसायिक जगतमा ।

अग्लो कद । गोरो वर्ण । फिटनेश शरिर । ५० वर्ष नाघिसक्दा पनि अझै योङ, एट्र्याक्टिभ र हेन्डसम । छोटकरीमा शब्दमार्फत् यसरी बैद्यको वर्णन गर्न सकिन्छ ।

अटोमोबाइल्स, चिया उद्योग, पर्यटन क्षेत्र र हालै मात्र सिमेन्ट उद्योगमा हात हालेका वैद्यले कमाई कति हुन्छ रु आज हामी यसबारे जानकारी दिँदैछौं ।

सुरज वैद्यको प्रमुख व्यवसाय भनेको गाडीको बिक्रेता हो । उनको कम्पनी युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेड नेपालको लागि टोयटा गाडीको आधिकारिक बिक्रेता हो ।

सुरजका बुवा विजयगजानन्द वैद्यले टोटटाको बिक्रेता भएका थिए । जसले गर्दा वैद्यज् अर्गनाइजेशनलाई अगाडि बढाउन मद्दत पुग्यो ।

युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिमा सुरज वैद्यको नाममा ६० प्रतिशत सेयर छ । उनकी श्रीमती रितुसिंह वैद्यको नाममा ३० प्रतिशत सेयर छ । र, छोरा सुसन वैद्य श्रेष्ठको नाममा १० प्रतिशत सेयर छ । कम्पनीको व्यवस्थापनको जिम्मेवारी सुरजको श्रीमती रितुसिंह वैद्यले प्रवन्ध निर्देशकको रुपमा हेर्ने गरकी छन् ।

वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्र्स सिन्डिकेट प्रालि टोयोटा मोटर्स कर्पोरेसन (टीएमसी) कम्पनीको आधिकारिक बिक्रेता हो । टोयोटा प्यासेञ्जर भेहिकलमा विश्व बजारको लिडर कम्पनी हो ।

कम्पनीका अनुसार लकडाउनपछि टोयोटा गाडीको बिक्री अत्यधिक मात्राले बढेको छ । कम्पनीले सन् २०२१ मा ५२६ वटा टायोटा गाडी बिक्री गरेको थियो । जबकी कम्पनीले सन् २०२० मा ३१० वटा मात्रै बिक्री गर्न सफल भएको थियो ।

कम्पनीले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गर्न सफल भएको थियो । जबकी, सन् २०२० मा यस्तो कारोबार ३ अर्ब ३० करोड ४० लाख रुपैयाँ थियो । जुन ४७ प्रतिशत बढी हो ।

कम्पनीका अनुसार सन् २०२२ मा पनि गाडीको माग अत्यधिक छ । कम्पनीले सन् २०२२ को ६ महिनामा मात्रै ४ अर्ब ४४ करोड ५० लाख रुपैयाँ बराबरको ३०५ वटा गाडी बिक्री गरिसकेको छ ।

कम्पनीले सन् २०२२ को ६ महिनामा मात्रै २१ करोड ७० लाख रुपैयाँ नाफा आर्जन गरिसकेको छ । जबकी, सन् २०२१ मा खुद नाफा १२ करोड ६० लाख रुपैयाँ आर्जन गरेको थियो । तर, कोरोना महामारीको चरम समयमा अर्थात् सन् २०२० मा ४ करोड ७० लाख रुपैयाँ घाटा बेहोरेको थियो ।

सरकारले हालै प्यासेञ्जर भेहिकलको आयातमा लगाएको प्रतिबन्धले कम्पनीको आम्दानीमा आगामी समयमा असर पर्ने समेत देखिएको छ ।

सन् १९७१ देखि ५ दशकसम्म कम्पनी नेपालका लागि टीएमसीको आधिकारिक बिक्रेता रहँदै आएको छ । वैद्य अर्गनाइजेसनले अटोमोबाइल ट्रेडिङ, ट्रेडिङ हाउस, पर्यटन र कृषि सम्बन्धी कम्पनीमा लगानी गरेको छ ।

कम्पनीका अध्यक्ष सुरज वैद्य विगत ३० वर्षदेखि निरन्तर कम्पनीको नेतृत्व गरिरहेका छन् । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत हुन् । कम्पनीकी प्रबन्ध निर्देशक ऋतुराज वैद्यले दैनिक कम्पनीको दैनिक सञ्चालन व्यवस्थापन हेर्छिन् ।

नेपालमा विशेष गरी एसयूभी सेग्मेन्टमा टोयोटाका गाडी मन पराइएको छ । कम्पनीले बिक्री गर्ने आरएभीफोर हाइब्रिड, कोरोला क्रसओभर, फर्च्युन र प्राडो अत्यधिक रुचाइएका मोडेलमा पर्छन् ।

कम्पनीका नेपालका मुख्य सहरहरु काठमाडौं, ललितपुर, पोखरा, चितवन, बुटवल, बिराटनगर, जनकपुर, धनगढी, नेपालगञ्ज, झापालगायत स्थानमा १० वटा डिलर छन् । जसमध्ये कम्पनीका आफ्नै ३ वटा शोरुम सञ्चालनमा छन् ।

कम्पनीमा सुरज वैद्यको ६० प्रतिशत, ऋतुसिंह वैद्यको ३० प्रतिशत र सुसन सिंह वैद्यको १० प्रतिशत सेयर स्वामित्व छ ।

कम्पनीले हालै ४ अर्ब ऋणका लागि रेटिङसमेत गराएको छ । बैंकबाट ५० करोडभन्दा बढी ऋण लिने ऋणीले रेटिंग गराउनुपर्ने व्यवस्था छ ।

यहाँ प्रस्तुत गरिएको बैद्यको कमाइ आम्दानी गाडी बिक्रीबाट मात्र हुने आम्दानीलाई मात्रै हेरिएको छ । उनका विभिन्न उद्योगहरु छन् । तर, मूख्य कमाइको स्रोत भनेको टोयटा गाडी बिक्रीबाट हुने आम्दानी नै हो ।


क्लिकमान्डु