सुदूरपश्चिममा पहिलोपटक ३.१ किलोमिटरको केबलबार बन्दै, लागत २ अर्ब ६४ करोड



काठमाडौं । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक केबलकार बन्ने भएको छ । कैलाली जिल्लाको लम्किचुहा नगरपालिका र मोहन्याल गाउँपालिकामा जालपादेवी केवलकार आयोजना बन्ने भएको हो ।

कम्पनीले केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्याङ्कनको काम पुरा गरी प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा पेश गरेको छ । उक्त प्रतिवेदनअनुसार कम्पनीले कैलाली जिल्लाको लम्किचुहा नगरापलिका वडा नम्बर ३, चिसापानीमा तल्लो स्टेशन र मोहन्याल गाउँपालिका वडा नम्बर ७ राजकाँडामा माथिल्लो स्टेशन रहने गरी जालपादेवी केवलकार आयोजना प्रस्ताव गरेको छ ।

कम्पनीले सो आयोजनाअन्तर्गत केबलकारको दुई वटा स्टेशनसँगै होटल तथा रिसोर्टसहित निर्माण गर्ने जनाएको छ ।

कम्पनीले आयोजनाले माथिल्लो स्टेशनमा १ सय कोठाको भुइतल्लासहित ५ तल्ले र तल्लो स्टेशनमा ५० कोठाको भुई तल्लासहित ४ तल्ले सुविधा सम्पन्न होटल निर्माण गर्नेछ ।

माथिल्ला र तल्लो स्टेशनहरूमा निर्माण तथा सञ्चालन गरिने होटलहरूको निर्माण क्षेत्र क्रमशः ६३४८ वर्गमिटर र ४१२५ वर्गमिटर रहने छन् ।

कम्पनीका अनुसार सो क्षेत्रमा ३.१ किलोमिटर लामो केवलकारको तल्लो स्टेशन लम्किचुहा नगरपालिका वडा नम्बर ३ चिसापनाीमा र माथिल्लो स्टेशन मोहन्याल गाउँपािलका वडा नम्बर ७ राजकाँडामा रहनेछ ।

सो क्षेत्रमा मोनो केबल डाटाचेवल ग्रिप टाइप कन्टिनिउसली सर्कुलेशन गोन्डोला प्रकारका केवलकार सञ्चालन हुने जनाएको छ ।

कम्पनीले केबलकार आयोजनाको टर्मिनल बीचको स्तर भिन्नता करिब ८०६.८४ मिटरको हुने उल्लेख गरेको छ । त्यस्तै, कम्पनीले बक्सको संख्या ३४ र प्रति बक्सको क्षमता ८ रहेको छ । साथै, केबलकारको क्षमता प्रतिदिन ६ हजार रहेको छ ।

कम्पनीले माथिल्लो स्टेशन आरसीसी संरचनाका प्रकारका स्टेशन भवन निर्माण गर्नेछ । सो भवनहरू १७९६ वर्गमिटरदेखि १५ हजार १५ हजार वर्गमिटरमा निर्माण गर्ने भएको छ । २ तल्लाको निर्माण हुने भवनमा भुईं तल्लामा बोर्डिङ क्षेत्र, ओपरेटर कोठा, वेटिङ लबी, टिकट काउन्टर, अफिस एरिया र पहिलो तल्लामा रेष्टुरेन्ट, किचन र टाइलेटको व्यवस्था हुनेछ ।

त्यसैगरी, सो क्षेत्रमा १०० शैयाको होटल र १६० शैयाको रिसोर्ट गरी ६ तल्लाको निर्माण हुनेछ । जसमा भुई तल्लासहित ५ तल्लाको हुनेछ ।

उक्त होटल तथा रिसोर्टको भुईतल्ला १०५८ वर्गमिटरमा निर्माण हुनेछ भने दोस्रो तल्लादेखि पाँचौ तल्लाको ५२९० वर्गमिटरमा निर्माण हुनेछ ।

होटल ब्लकको भुई तल्ला ८२७ वर्गटिमरमा निार्मण हुनेछ भने पहिलोदेखि तेस्रो तल्ला २४८१ वर्गमिटर र चौथो तल्ला ८२७ वर्गमिटरमा निर्माण हुनेछ ।

आयोजना अन्तर्गत कन्फरेन्स ब्लक पनि निर्माण हुनेछ । सो कन्फरेन्स हलको क्षमता १ हजार जना रहेको छ ।

कम्पनीले आयोजनाको कुल वातावरणीय लागत ५ करोड ७८ लाख ५० हजार रुपैयाँ अनुमान गरिएको छ । जसमध्ये न्यूनिकरणका लागि ४ करोड १० लाख २८ हजार, वातावराण्ीय परीक्षणका लागि २५ लाख रुपैयाँ र सामाजिक उत्तरदायित्वको लागि १ करोड ५५ लाख रुपैयाँ रकम अनमाुनित गरिएको छ ।

यस आयोजनाको निर्माण अवधि करिब ३ वर्ष अनुमान गरिएको छ ।

२ अर्ब ६४ करोड लगानी

कम्पनीले सो केबलकार आयोजना निर्माणका लागि २ अर्ब ६४ करोड २२ लाख २४ हजार रुपैयाँ लागतमा निर्माण गर्ने अनुमान गरेको छ ।

कम्पनीले माथिल्लो स्टेशनमा रहेको होटल, स्टेशन र कन्फरेन्स हल गरी ९५ करोड १० लाख ८० हजार खर्च हुने उल्लेख छ । जसमा होटलका लागि ७४ करो ७१ लाख ५९ हजार, स्टेशनका लागि १५ करोड २८ लाख ८१ हजार कन्फरेन्स हलका लागि ५ करोड १० लाख ३९ हजार लागत अनुमान गरेको छ ।

त्यसैगरी, तल्लो स्टेशनमा पनि होटलका लागि ४४ करोड २४ लाख ४५ हजार रुपैयाँ, स्टेशनमा १५ करोड ७३ लाख ३२ हजार रुपैयाँ र कन्फरेन्स हलमा ४ करोड ६३ लाख ८४ हजार रुपैयाँ गरी ६४ करोड ६१ लाख ६२ हजार लागतको अनुमान गरेको छ ।

साथै, केबलकारका लागि मात्रै १ अर्ब ४ करोड ५० लाख रुपैयाँ लागतको अनुमान गरेको छ छ ।


क्लिकमान्डु