सिटिजन्स बैंक १६औं वर्षमा प्रवेशः डिजिटल बैंकिङ्गलाई उच्च प्राथमिकता



काठमाडौं । सिटिजन्स बैंकको १५औं बार्षिकोत्सव सम्पन्न भएको छ ।

२०६४ बैशाख ७ गतेदेखि २० औं वाणिज्य बैंकको रुपमा स्थापना भएको सिटिजन्स बैंक इन्टरनेशनल १५ वर्ष पूरा गरी १६ वर्षमा प्रवेश गरेको छ ।

१५ वर्षको अवधिमा बैंकले करिव १३ लाख ५५ हजार ग्राहकलाई वित्तीय सेवा प्रदान गरेको जनाएको छ । सातवटै प्रदेशमा रहेको बैंकको शाखा १७४ रहेको छ । चैत मसान्तसम्म आइपुग्दा बैंकले १ खर्ब ४६ अर्व ६१ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्व ३६ अर्ब ७२ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । यो अवधिमा आइपुग्दा बैंकको नाफा १ अर्ब ५८ करोड ९६ लाख रुपैयाँ रहेको बैंैकले जनाएको छ ।

कार्यक्रममा बैंकमा १५ वर्ष अनवरत सेवा प्रदान गरेका १५ जना कर्मचारीहरु तथा १० वर्ष अनवरत सेवा प्रदान गरेका ३६ जना कर्मचारीहरुलाई ‘दीर्घ सेवा सम्मान पदक’ दिइएको छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले मिशन टप टेन रणनीति मार्फत बैंकले धेरै सूचकहरूमा उल्लेखनीय सुधार गरेको बताए ।

बैंकले आफ्नो प्रक्रिया र प्रणालीलाई डिजिटल रूपान्तरण गर्ने आधार तयार गरिसकेको छ र बैंकको डिजिटल रूपान्तरण रणनीतिलाई निर्दिष्ट समयसीमा सहित डिजिटल रूपान्तरणका लागि २२ सम्भावित क्षेत्रहरू स्पष्ट रूपमा राखेको बैंकले जनाएको छ । बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहक ग्राहक महानूभावहरुलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेको छ ।

साथै बैंकले डिजिटल बैकिंलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकको सहजताका लागि कार्ड लेस क्यास विथड्रल सेवाकोे सुरुवात गरेको जनाएको छ ।


क्लिकमान्डु