एउटा म्यासेज पठाएर ३ हजार कर्मचारी निकाल्ने बेटर डट कमका विशालले यसरी बनाए ६४ अर्बको कम्पनी



सन् २०२२ मार्च ८ तारिखमा अमेरिकी कम्पनी वेटर डट कममा कार्यरत ३ हजार कर्मचारीको पेरोल एपमा एउटा म्यासेज आयो । यो म्यासेज कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीइओ) विशाल गर्गले पठाएका थिए ।

तर जब कर्मचारीहरुले म्यासेज क्लिक गरेर हेरे उनीहरु आश्चर्यचकित भए । किनभने त्यो म्यासेजमा उनीहरु सबैलाई एकसाथ ‘फायर’ गरिएको थियो । अर्थात् जागिरबाट निकालिएको दुःखद् समाचार थियो ।

एकै साथ ठूलो संख्यामा कर्मचारी कटौती गर्नका लागि सीइओ गर्गका लागि कुनै नयाँ विषय थिएन । उनले सन् २०२१ को मे महिनामा २ मिनेट चलेको जुम मिटिङबाटै एकैसाथ ९०० जना कर्मचारीलाई जागिरबाट निकालेका थिए । पछिल्लो तीन महिनामा उनले ३ हजार ९०० कर्मचारीलाई कम्पनीबाट निकालिसकेका छन् ।

कर्मचारीहरुले निकै सुस्त काम गरेको भन्दै गर्गले जागिरबाट निकालेको दाबी गरेका थिए । उनले मार्केट क्यापासिटी, उत्पादकता तथा कर्मचारीको प्रदशर्नलाई जिम्मेवार बताएका थिए ।

यो कम्पनीले के काम गर्छ ?
बेटर डट कम होम ओनरसिप प्लेटफर्म हो । सोझो भाषामा भन्दा यो होम लोन दिने कम्पनी हो । घर खरिद गर्न चाहनेहलाई मोर्गेज लोन दिने कम्पनी हो । होम लोन तथा इन्स्योरेन्स प्रडक्ट पनि कम्पनीले उपलब्ध गराउँछ ।

भारत तथा अमेरिकामा यो कम्पनीमा अहिले ८ हजार स्टाफ काम गर्छन् । यसका सीइओ तथा फाउण्डर विशाल गर्ग हुन् । ७ वर्षको हुँदा उनी भारतबाट अमेरिका पुगेका थिए ।

भारतमा बेटर डट कममा कर्मचारीको अनुपात सन् २०२१ मा बढेर ४४ प्रतिशत पुगेको छ । जुन कर्मचारी कटौती गर्नुभन्दा अघि ३८ प्रतिशत थियो । भारतमा कम्पनीको हेड भवेश शर्मा छन् ।

जब कम्पनीले ९०० भारतीय कर्मचारीलाई जागिरबाट निकालेको थियो तत्कालीन समयमा उनको चर्को आलोचना पनि भएको थियो । त्यसपछि कम्पनीले नयाँ कर्मचारी भर्ना समेत गरेको थियो ।

सन् २००० मा विशाल गर्गले आफ्नो हाइस्कुलका साथी रजा खानसँग मिलेर एउटा निजी लोन कम्पनी स्थापना गरेका थिए । जसले विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराउँथ्यो ।

कम्पनीको नाम माइ रिच अंकल राखिएको थियो । यसै समयमा उनले न्यूयोर्क विश्वविद्यालयको स्टर्न स्कूल अफ बिजनेशमा भर्ना भएका थिए । तर उनले पढाइ बीचमै छाडे । उनको कम्पनी सन् २००५ मा पब्लिक कम्पनी बन्यो ।

जब २००७/२००८ मा अमेरिकामा आर्थिक मन्दि आयो तब विशालको कम्पनी माइ रिच अंक टाट पल्टियो । त्यसपछि रजा खान र विशाल गर्गले इआइएफसी नामको नयाँ प्रोजेक्ट शुरु गरे । यो कम्पनीले पनि अघिल्लो कम्पनी माइ रिच अंकलले जस्तै घर मालिकलाई कर्जा लिनका लागि बैंकका शर्तहरु जानकारी दिन्थ्यो ।

सन् २०१३ मा कम्पनीका पार्टनर रजा खान र विशालबीच कम्पनीको वित्तीइ अवस्थालाई लिएर मतभेद बढ्यो । विशाल कम्पनीको लेनदेन अर्थात् फाइनान्सियल पार्ट हेर्दथे ।

रजाले विशालमाथि बिजनेस ट्याक्स दिनुको साथै ३ मिलियन डलर कम्पनीको अकाउण्टबाट निकालेर आफ्नो खातामा हालेको आरोप लगाए । विवाद बढ्दै गएपछि गर्गले पत्नीसँग मिलेर नयाँ कम्पनी शुरु गर्ने योजना बनाए ।

सन् २०१२ मा कम्पनीका सीइओ विशाल गर्गको दोस्रो पटक पिता बन्दै थिए । त्यसै समयमा उनले घर किन्ने योजना बनाए । त्यसका लागि उनी घर खोज्दै हिँड्न थाले ।

कैयन प्रयासपछि एउटा घर मन पर्यो । ब्रोकरसँग कुराकानी गर्ने प्रयास गरे । यसका लागि कैयन पटक फोन गरेर र इमेल पनि गरे । तर कुनै रेस्पोन्स मिलेन ।

विशालले त्यसपछि मालिकसँग सिधै सम्पर्क गरे । तर मालिकले गर्गलाई गम्भीर रुपमा लिएनन् । घर मालिकले उनलाई मार्गेज प्रि–अप्रुभल दिनुपर्ने बताए ।

त्यसपछि उनले कैयन वेवसाइटमा बिस्तृतरुपमा जानकारी अपलोड गर्दा पनि उनलाई प्रि-अप्रुभल कसैले दिएन । त्यसपछि मात्रै विशाललाई होम ओनरसिप कम्पनी बनाउने आइडिया फुरेको थियो ।

कम्पनीको ब्राण्ड भ्याल्यू ६४ अर्ब
बेटर डट कमका अनुसार कम्पनीको लोन भ्याल्यू २४ अर्ब डलर बराबरको छ । साथै ब्राण्ड भ्याल्यू ६४ अर्ब रुपैयाँभन्दा बढीको छ ।

सोसल मिडिया लिस्टिङमा लिंक्डइनमा सन् २०२० तथा २०२१ मा टप स्टार्टअप कम्पनीमा पहिलो स्थान प्राप्त भएको थियो ।
फोर्ब्स २०२० को रिपोर्ट अनुसार ३ कम्पनीहरु अमेरिकन एक्सप्रेस भेञ्चर्स, गोल्डेन एली फाइनान्सियलले कम्पनीकमा २५.४ करोड डलरभन्दा बढी फन्डिङ गरेको थियो ।

गर्गका अनुसार अहिले उनको कम्पनीमा प्रि-अप्रुभल ३ मिनेटमै प्राप्त हुन्छ ।


क्लिकमान्डु