भारतीय निर्वाचनः लाखौं डलर खर्चेर फेसबुकमा घृणाको प्रचार, कता जाँदैछ लोकतन्त्र ?



एजेन्सी । हालैमात्र भारतका ५ प्रदेशमा विधानभसाको निर्वाचन सकिएको छ । नयाँ शक्तिको रुमपा देखिएको आम आदमी पार्टी (आप)ले पञ्जाबमा ठड्याएको विजयको झण्डालाई धेरैले सकारात्मकरुपमा लिएका छन् । भारतीय राजनीतिमा कंग्रेस आईको विकल्पको रुपमा आप उदाएको तर्क पनि गरिएको छ ।

तर, यस आलेखमा भारतका विभिन्न ४ राज्यमा भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको विजयलाई भन्दा पनि आपको उदयलाई नयाँ तरिकाले हेरिएको बारेमा पनि उल्लेख गर्न खोजिएको छ । यसैबीचमा सामाजिक सञ्जालको दुरुपयोग गरेर भारतमा भारतीय जनता पार्टीले कसरी लोकतन्त्रको हत्या गरिरहेको छ भन्ने बारेमा पनि उत्तिकै चासो देखिन्छ ।

भारतको चुनावमा मनी, मसल र प्रविधिको असाध्यै बढी प्रयोग हुन्छ । चुनाव जित्ने विभिन्न उपायहरुको प्रयोग गरिन्छ । साम-दाम-दण्ड-भेद यी सबै रणनीति निर्वाचनको समयमा प्रयोग हुन्छ । त्यसमाथि अब सामाजिक सञ्जाल पनि जोडिएको छ ।

विरोधीलाई खुइलयाउनका लागि भारतमा असाध्यै ठूलो मात्रामा सामाजिक सञ्जालको प्रयोग गरिन्छ । फेसबुकमा कसले के कति मात्रामा फेक सामग्री प्रचार प्रसार गर्यो भन्ने कुराले पनि निर्वाचन प्रभावित हुने गरेको छ । विभिन्न व्यवसायिक फर्मलाई प्रयोग गरेर चुनाव प्रभावित गरिएको सम्बन्धी समाचार विवरणहरु पनि यसबीचमा सार्वजनिक भएका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यम अल जजिराले यस बारेमा लामो र मिहिन तरिकाले खोज गरेको छ ।

सो खोजमा भारतीय कांग्रेस आईलाई पारिवारिक पार्टी भन्नेदेखि विगतमा उसको सरकारले गरेका गलत कामलाई असाध्यै बढाई चढाई गरेर प्रचार प्रसार गर्ने गरिएको उक्त समाचार विवरणमा जनाइएको छ ।

भरतीय कांग्रेस आईकी अध्यष सोनिया गान्धीले पनि सामाजिक सञ्जालको गलत प्रयोग गरेर लोकतन्त्रको हत्या गरिएको टिप्पणी गरेकी छिन् । उनले प्रायोजित समाचार प्रवाह गराएर वा गलत प्रचार प्रसार गराएर लोकतन्त्रको धज्जी उडाइएको भन्दै त्यसबाट नजोगिए भारतको लोकतन्त्र धरापमा पर्ने उल्लेख गरिएको छ ।

एक विवरणमा जनाइएअनुसार भाजपाले चुनाव प्रचारमा मात्रै १९ अर्ब रुपैयाँभन्दा बढी लगानी गरेको पाइएको छ । त्यसमा झण्डै ४८ प्रतिशत रकम सामाजिक सञ्जालमा प्रयोग गरिएको छ ।
कांग्रेसले भाजपाको अभियानलाई प्रचार गर्ने फेसबुकको मिडिया रिपोर्टलाई उद्धृत गर्दै चुनावको समयमा विभाजनकारी प्रोक्सी विज्ञापनहरू मार्फत् सत्तारूढ दलको प्रचार गरेर लोकतन्त्रको हत्या भएको आरोप लगाएको छ ।

रिलायन्स समूहको लगानीमा चलेको कम्पनीले फेसबुकमा बीजेपीको प्रचार प्रसार गरेको समाचारले दाबी गरेको छ ।

सीपीआई (एम) का महासचिव सीताराम यचुरीले यसलाई हाम्रो लोकतन्त्रको जगको विनाश भनेका छन् । प्रतिवेदनलाई ट्याग गर्दै उनले सूचना प्रणालीको दुरुपयोग गरी घृणा फैलाउने प्रचार गरेको बताएका छन् ।

उनले भने, ‘भारतीय लोकतन्त्रलाई ध्वस्त पार्न बहुराष्ट्रिय कम्पनी र ठूला उद्योगधन्दा मिलेर काम गरिरहेको तथ्यलाई निर्वाचन आयोगले ध्यान दिनुपर्छ ।’

भारतको सबैभन्दा ठूलो समूहले २०१९ संसदीय चुनाव र नौ राज्यको चुनावमा बीजेपीको पहुँच र लोकप्रियता बढाउन सरोगेट प्रयोग गरेको दाबी गर्ने अलजजीराको रिपोर्टलाई लिएर विपक्षी नेताहरूले भाजपालाई प्रहार गरेका छन । पछिल्लो निर्वाचनमा समेत यस्तै गरिएको विवरणमा जनाइएको छ । रिपोर्टका अनुसार जियो प्लेटफमर्स लिमिटेडको सहायक कम्पनी हो, जसको स्वामित्व अरबपति मुकेश अम्बानीको रिलायन्स समूह हो ।

फेसबुकले धेरै सरोगेट विज्ञापनदाताहरूलाई गोप्यरूपमा बीजेपीको अभियानमा कोष गर्न अनुमति दियो, जसले पार्टीलाई जवाफदेही बिना धेरै मानिसहरूसम्म पुग्न अनुमति दियो।

फेसबुकले ठूलो संख्यामा गुमनाम र सरोगेट विज्ञापनदाताहरूलाई भारतीय जनता पार्टीको चुनावी अभियानमा गोप्य रूपमा पैसा खर्च गर्न र भारतको सत्तारूढ दलको दृश्यता बढाउन अनुमति दिइएको छ । पछिल्ला २२ महिना र १० निर्वाचनमा यस सामाजिक सञ्जालमा दिइएका विज्ञापनको विश्लेषणबाट उक्त खुलासा भएको जनाइएको छ ।

यी विज्ञापनदाताहरूले मुख्य रूपमा भारतको सत्तारूढ दल वा यसका नेताहरूलाई प्रचार गर्ने विज्ञापनहरू देखाउन फेसबुकलाई करोडौं रुपैयाँ तिरेका थिए । यी विज्ञापनदाताहरूले या त आफ्नो पहिचान लुकाए वा भाजपासँगको आफ्नो सम्बन्ध लुकाए ।

भारतको सत्तारुढ दलले दिएको विज्ञापनलाई जति पटक हेरिएको थियो, त्यति नै गुमनाम वा सरोगेट विज्ञापनहरू हेरिएको बताइएको छ । यद्यपि, यी सरोगेट विज्ञापनहरूले उनीहरूको सामग्री वा उनीहरूमा खर्चको जिम्मेवारी नलिई पार्टीको उपस्थितीलाई दोब्बर बनाइएको उल्लेख गरिएको छ ।

भारतमा आधारित गैर नाफामुखी मिडिया संस्था द रिपोर्टर्स कलेक्टिभ(टीआरसी) र सामाजिक सञ्जालमा राजनीतिक विज्ञापनहरूको अध्ययन गर्ने एडवाचले राजनीतिक विज्ञापनहरूमा ५ लाख भारु अर्थात् ८ लाख नेपाली रुपैयाँ बराबरको खर्च एक पटकमा गरिएको थियो । यस्तो खर्च निर्वाचन घोषणा भएपछि लगातार ६० दिनसम्म गरिएको थियो ।

फेब्रुअरी २०१९ देखि नोभेम्बर २०२० मा ६ हजार ५२९ अमेरिकी डलर दैनिक खर्च गरिएको विषयमा छानबिन गरिएको छ ।

अनुसन्धानले एड लाइबे्ररी एप्लिेकशन इन्टरफेस (एपीआइ)को प्रयोग गर्यो । यो, एक पारदर्शी उपकरण हो जसले सबै फेसबुक प्लेटफर्ममा राजनीतिक विज्ञापन डेटामा पहुँच अनुमति दिन्छ । लोकसभा चुनाव बाहेक, पछिल्ला दिनमा दिल्ली, ओडिशा, बिहार, हरियाणा, महाराष्ट्रमा पनि निर्वाचन भयो । यस्तै, पञ्जाल, गोवा, उत्तराखण्ड, उत्तरु प्रदेश र मणिपुरमा समेत निर्वाचन भयो ।

रिपोर्टर्स कलेक्टिभले पत्ता लगायो कि बीजेपी र यसका उम्मेदवारहरूले आधिकारिक रूपमा २६ हजार २९१ विज्ञापन गरेका थिए । जसको लागि कम्तिमा १०.४ करोड भारु बराबरको खर्च भएको बताइन्छ । तिनीहरूलाई फेसबुकमा १.३६ बिलियन बराबरको भ्यूहरू दिइएको थियो ।
यसबाहेक २३ जना बेनामी र सरोगेट विज्ञापनदाताहरूले पनि फेसबुकमा ३ हजार ८८४ विज्ञापनहरू राखेका थिए । जसको लागि उनीहरूले फेसबुकलाई ५.८३ करोड भारुभन्दा बढी रकम भुक्तानी गरिएको थियो ।

यी विज्ञापनदाताहरूले मुख्य रूपमा भाजपाले विपक्षीविरुद्ध प्रचार गर्ने विज्ञापन तयार गरिएको थियो । तिनीहरूको वास्तविक पहिचान वा पार्टीसँगको सम्बन्ध खुलाएका थिएनन् । ती विज्ञापनले उत्कृष्ट तरिकामा १.३१ बिलियन भन्दा बढी भ्यूजहरू पाएका थिए ।

तुलनात्मक रूपमा, भाजपाको प्रमुख प्रतिपक्षी दल कांग्रेसका लागि बेनामी वा सरोगेट विज्ञापनदाताहरूको संख्या एकदमै कम थियो । कांग्रेस र यसका उम्मेदवारले आधिकारिक रूपमा कम मात्रै विज्ञापनमा खर्च गरेर ३० हजार ३७४ विज्ञापन सार्वजनिक गरेको जनाएको छ । त्यसबाट १ अर्ब १ करोडमात्रै भ्युज पाएका थिए ।

केवल दुई सरोगेट विज्ञापनदाता जसले विज्ञापनहरूमा ५ लाख भन्दा बढी खर्च गरेर कांग्रेस पार्टीसँग आफ्नो सम्बन्ध प्रकट नगरी कांग्रेस समर्थक पृष्ठहरूमा राख्न खर्च गरिएको थियो ।

अर्को पृष्ठले १ हजार ३६४ विज्ञापनमा ४९.५ लाख भारु खर्च गरेको थियो । जसले ६.२६ करोड बढी भ्यूहरू पाएको थियो । मुख्यतया गत वर्ष अप्रिलमा पश्चिम बंगालको चुनावमा मोदी विरुद्धको नकारात्मक अभियानको लागि पनि केही रकम खर्च गरिएको थियो ।

प्रतिवेदनमा भनिएको छ कि कानुनी कमजोरीको फाइदा उठाएर फेसबुकले आफ्ना केही प्रचार नियम मार्फत काम गरेको थियो । त्यसमा मुकेश अम्बानीको स्वामित्वमा रहेको रिलायन्सले लगानी गरेको कम्पनीले काम गरेको थियो । सो कम्पनीले आम चुनाव र धेरै विधानसभा चुनावहरूमा फेसबुकमा समाचारको रूपमा बीजेपी समर्थक विज्ञापन बनाएर पठाएको थियो । जुन सरासर गलत थियो । ती गलत जानकारी र गलत कथाहरूले भरिएको झुटको पुलिन्दा थियो ।

फेसबुकको नियम र प्रक्रियाहरूको छनौटको प्रयोगले भारतको सबैभन्दा ठूलो व्यापार समूहलाई यी सरोगेट विज्ञापनहरू प्रवद्र्धन गर्न लाखौं रुपैयाँ खर्च गर्न अनुमति दिएको छ । प्रत्यक्ष रूपमा कुनै राजनीतिक उम्मेद्वार वा उम्मेद्वारद्वारा अधिकृत नगरिएको भएपनि पसा तिरेर सबै काम गरिएको छ ।

ती विज्ञापन यी थिए कि प्रधानमन्त्री नरेन्द्र मोदी र भाजपाको पहुँच र लोकप्रियतालाई बढावा दिन २०१९ को संसदीय चुनाव र नौ राज्यहरूमा विधानसभा चुनावमा पनि सबैभन्दा बढी फेसबुकमा खर्च गरिएको थियो ।

राज्यसभामा विपक्षी दलका नेता मल्लिकार्जुन खर्गेले पनि रिलायन्सले फेसबुकमा बीजेपीको अभियान पृष्ठ मार्फत नक्कली समाचारलाई किन पैसा दिइरहेको छ भनेर आम जनतालाई जानकारी दिइनुपर्ने बताएका थिए ।

रिलायन्स द्वारा वित्त पोषित फेक न्यूजले कांग्रेस र राहुल गान्धीलाई मात्र लक्षित गर्दैन । बरु भारतमा साम्प्रदायिक असमानता सिर्जना गर्ने प्रयास पनि गरेको छ ।

आफ्नो आधिकारिक ट्विटर ह्यान्डलमा, कांग्रेसले भनेको छ- देशको लोकतान्त्रिक मूल्य मान्यतामा आक्रमण गर्न सामाजिक सञ्जालमा दुरुपयोग नयाँ होइन । यो बीजेपीको कार्यप्रणाली हो । यो सरासर गलत छ ।

यो घृणा, धोखा र विचलित भाजपाको सबैभन्दा बलियो हतियार बनेको छ । कंग्रेसले फेसबुकको खिल्ली उडाएको छ । एक विश्वव्यापी कम्पनीले आफ्नो प्लेटफर्मलाई घृणा र प्रचार फैलाउन अनुमति दिन सक्छ कि भनेर अनुमान गर्न सकिन्छ ? तर जे हुँदैन भनिएको थियो, त्यही भयो ।
विशेष गरी जब यो घृणा र प्रचार लोकतन्त्रलाई हेरफेर गर्न को लागि गरिएको छ । फेसबुकले किन कुनै दलको प्रचारप्रसारलाई प्राथमिकता दिइरहेको छ ? भन्ने बारेमा छानबनि गरिनुपर्ने माग उठेको छ ।

भाजपाले आफ्नो अक्षमता लुकाउने र सत्ता कायम राख्ने एकमात्र तरिका भनेकै विपक्षीहरूलाई बदनाम गर्नु गरेको छ । यसले दिएको पीडा देशले गम्भीरताका साथ भोग्नुपर्छ ।

फेसबुकले भाजपाका नेताको भतिजाको नेतृत्वमा रहेको रिलायन्स जियोले लगानी गरेको कम्पनीले चुनावको समयमा विभाजनकारी प्रोक्सी विज्ञापनहरू मार्फत सत्तारूढ बीजेपीको लागि प्रचार गर्न स्वीकृति किन दिन्छ ? यो प्रश्न आफैंमा महत्वपूर्ण छैन । किनकी, यहाँ सबै घृणाको व्यापारमा लागेका छन् ।


क्लिकमान्डु