नेपाल टेलिकमले पायो फाइभजी परीक्षणको अनुमति, एक वर्ष परीक्षणकाल



काठमाडौं । नेपाल टेलिकमले बुहप्रतिक्षित मोबाइल इन्टरनेट फाइभजीको परीक्षण गर्ने अनुमति पाएको छ ।

नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरले नेपाल टेलिकमलाई फाइभजी परीक्षण गर्न अनुमति दिएको हो । प्राधिकरणका सहायक निर्देशक अच्युतानन्द मिश्रले टेलिकमलाई फाइजी परीक्षणको अनुमति दिएको बताए ।

नेपाल टेलिकमका प्रबन्ध दिर्नेशक डिल्ली अधिकारीले मंगलबार अनुमतिको पत्र प्राप्त भएको बताए ।

अब केही प्रक्रिया पूरा गर्दा अबको ४ महिनमा परीक्षण शुरु हुने अधिकारीले जानकारीदिए ।

‘भेन्डरसँग कुरा गरेर सामान आयातको लागि प्रकृया पूरा गर्नुपर्छ,’ उनले भने, फ्रिक्वेन्सी र सामान आयात मिलाउँदा चार महिनामा परीक्षण शुरु हुनेछ ।’

प्राधिकरणले टेलिकमलाई २६ सय मेगाहर्ज फ्रिक्वेन्सीमा ६० मेगाहर्ज व्यान्डमा फाइभजी परीक्षण गर्ने अनुमति दिएको हो । नेपाल टेलिकमले एक वर्षसम्म फाइजीको परीक्षण गर्ने छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पहिलो चरणमा नेपाल टेलिकमलाई फाइभजीको परीक्षण गर्न दिने निर्णय गरेको थियो । एनसेले पनि फाइभजी परीक्षणका लागि अनुमति मागेको छ ।

सरकारले नेपाल टेलिकमबाट फाइभजी परीक्षण गर्ने निर्णय गरेसँगै प्राधिकरणल परीक्षणको मोडालिटी मागेको थियो ।
सोहीअनुरुप टेलिकमले परीक्षणको मोडालिटी तयार गर्न अध्ययन समिति बनाएको थियो ।

उक्त अध्ययन समितले फ्रिक्वेन्सी, साइट, मोडालिटी, एप्लिकेसन सबैको बारेमा स्पष्ट पारेर प्राधिकरणसमक्ष पेश गरेको थियो ।

यसअघि प्राधिकरणले ७०० मेगाहर्ज र २.६ गिगाहर्ज ब्याण्ड प्रयोग गर्न सकिने बताएको थियो । भारतले ७०० मेगाहर्ज, ३.३–३.६ गिगाहर्ज र २४.२५–२८.५ गिगाहर्ज ब्याण्डमा परीक्षण गरिरहेको छ ।

ग्लोबल सिस्टम फर मोबाइल कम्युनिकेसन एसोसियसन (जीएसएमए) ले ३० गिगाहर्जसम्मको फाइजीको लागि उपयुक्त हुने बताएको छ ।

पछिल्लो समय अन्तर्राष्ट्रिय अभ्यासलाई आधारमान्दा तीनवटा ब्यान्डमा फाइजी परीक्षण र प्रयोग भइरहेको छ । पहिलो एक गिगाहर्जभन्दा तलको लोअर व्यान्ड हो भने दोस्रो एक गिगाहर्जभन्दा माथि मिड व्यान्ड र २४ गिगजाहर्जभन्दा माथिको हाइ ब्यान्ड हो ।


सन्तोष न्यौपाने