१७ निर्जीवन कम्पनी अर्बपति क्लबमा: शिखर अग्रस्थानमा,नयाँमा अजोड अगाडि



काठमाडौं । निर्जीवन बीमा कम्पनीमा ३ वटा कम्पनीले बीमा शुल्क अर्ब कटाउन नसकेको देखिएको छ ।

गतवर्ष बीमा शुल्क आर्जनमा अर्बपति क्लबमा प्रवेश नगरेका अजोड,एभरेष्ट तथा यूनाइटेडलेले यो पटक बीमा शुल्क आर्जन एक अर्ब कटाउन सफल भएका छन् ।

निर्जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्षमा ३१ अर्ब ७० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । २० वटा निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९ अर्ब २८ करोड रुपैयाँ रहेको छ ।

निर्जीवन बीमा कम्पनीमा गतवर्षहरुमा जस्तै बीमा शुल्क आर्जनमा पहिलो स्थानमा शिखर इन्स्योरेन्स रहेको छ । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३ अर्ब ९७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

दोस्रो स्थानको लागि सगरमाथा,नेको र सिद्धार्थ इन्स्योरेन्सबीच प्रतिस्पर्धा देखिएको छ । बीमा शुल्क आर्जनमा दोस्रो स्थानमा रहेको सगरमाथाले गतवर्ष २ अर्ब ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको नेकोले २ अर्ब ४१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कुनैबेला दोस्रो स्थानमा रहने सिद्धार्थ इन्स्योरेन्स बीमा शुल्क आर्जनमा चौथो स्थानमा झरेको छ । सिदार्थले २ अर्ब ३२ करोड बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै विदेशी कम्पनीको शाखामा रुपमा रहेका ओरियन्टलले १ अर्ब १६ करोड तथा नेशनल इन्स्योरेन्सले ८७ करोड बीमा शुल्क आर्जन गरेको छ ।

सबैभन्दा पुरानो निर्जीवन बीमा कम्पनी नेपाल इन्स्योरेन्सले १ अर्ब २७ करोड बीमा शुल्क आर्जन गरेको छ ।

हिमालयन जनरलले १ अर्ब ३० करोड तथा यूनाइटेडले १ अर्ब ५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रिमियरले १ अर्ब ९० करोड तथा एभरेष्ट इन्स्योरेन्सले १ अर्ब १ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । प्रभु इन्स्योरेन्सले १ अर्ब ३५ करोड तथा आइएमई जनरलले १ अर्ब ५२ करोड तथा पु्रडेन्सियलले १ अर्ब २८ करोड बीमा शुल्क आर्जन गरेको छ ।

लुम्बिनीले १ अर्ब ३६ करोड तथा एनएलजीले २ अर्ब ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले १ अर्ब ६३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ कम्पनीको रुपमा अजोड इन्स्योरेन्सले १ अर्ब २७ करोड तथा जनरल इन्स्योरेन्सले ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सानिमा जनरल इन्स्योरेन्सले ६५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु