एक वर्षमा साढे ५ सय अपार्टमेन्ट किनबेच



काठमाडौं । पहिलो लहरको कोरोना भाइरस महामारीले गर्दा निकै प्रभाव परेको अपार्टमेन्ट किनबेचमा दोस्रो लहरमा केही समारात्मक देखिएको छ । आर्थिक वर्ष २०७६/७७ को अन्त्यमा कोरोना महामारीले गर्दा आर्थिक मन्दी भएकाले अपार्टमेन्ट किनबेचमा निकै प्रभाव परेको थियो ।

तर, पहिलो कोरोना लहर पश्चात भने अपार्टमेन्ट किनबेच र माग बढ्दै गएको व्यवसायीहरू बताउँछन् । त्यसैगरी, २०७२ सालको भुकम्पपश्चात नयाँ आवास अर्थात् अपार्टमेन्ट निर्माण परियोजना रोकिए पनि भएकै अअपार्टमेन्टको किनबेच भने भइरहेको छ ।

नेपालमा अपर्टामेन्टमा बसोबास गर्ने प्रवृत्ति विकास भइसकेको छैन । तर, बिस्तारै अपार्टमेन्ट तिर आकर्षण बढ्दै गएको व्यवसायीहरू भनाइ छ । साथै, नेपालमा शहर लक्षित अपार्टमेन्टको माग बढ्दै गएको व्यवसायीहरूले बताएका छन् ।

त्यस्तै, आर्थिक वर्ष २०७७÷७८ मा देशभरबाट साढे ५ सय अपार्टमेन्ट किनबेच भएको छ । विभागको एक आर्थिक वर्षको तथ्याङ्क अनुसार ५ सय ४९ अपार्टमेन्ट किनबेच भएको हो ।

विभागका अनुसार उक्त अपार्टमेन्ट देशका विभिन्न मालपोत कार्यालयबाट लिखत पारित भएको छ । जसमा झापा मालपोत कार्यालयबाट १, लगनखेलबाट २ सय ७१, कास्कीबाट ५१, कलंकीबाट २७, चावहिलबाट ३८, डिल्लिबजारबाट १ सय १ र टोखाबाट ४२ वटाको लिखत पारित भएको छ ।

विभागका अनुसार एक आर्थिक वर्षमा १८ सय ८२ वटा गुठी अधीनस्थ जग्गाको लिखत पारित भएको छ भने ३ सय ३४ गुठीको जग्गाको नामसारी भएको छ । साथै १ सय २० वटा गुठी अधीनस्थ जग्गाको दाखिला खारेज भएको विभागको तथ्याङ्कले देखाउँदछ ।

त्यस्तै एक वर्षमा देशभरका मालपोत कार्यालयबात ३६ सय ६२ गैर घर÷जग्गा सम्बन्धी लिखत पारित गरेको छ ।


क्लिकमान्डु