कुन कम्पनीको सेयर किन्ने ? धितोपत्र बोर्डका अध्यक्ष ढुंगानालाई सोध्नू



काठमाडौं । धितोपत्र बोर्डले मंगलबार अचम्मको अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

बोर्डले ५१ वटा कम्पनी जसको एक वर्षमा मूल्य ३०० प्रतिशतसम्म बढेको पीई रेसियो १०० प्रतिशतभन्दा बढी भएको तथा प्रतिसेयर आम्दानी ऋणात्मक भएको कम्पनीहरुको अस्वभाविक रुपले मूल्य बढेको बोर्डको निष्कर्ष छ । साथै, बोर्डले ती संस्थामा इन्साइडर ट्रेडिङ भएको र कर्नरिङ गरेर मूल्य बढाएको निचोड निकालेको छ ।

सेयर बजारमा सूचिकृत यस्ता कम्पनीको सेयर सप्लाई कम भएको आधारमा केही लगानीकर्ताले कर्नरिङ मूल्य बढाएका छन् । शिवम् सिमेन्टदेखि नेपाल टेलिकम तथा गोर्खाज फाइनानसमा कुन लगानीकर्ता तथा समुहले कर्नरिङ गरेर सेयर मूल्य बढाएको हो त्यसको जानकारी सेयर बजारमा चासो राखेर अध्यय गर्ने सबैलाई थाहै छ ।

टेलिकम र शिवमले बोनस दिने हल्ला चलाउने लगानीकर्ता हुन् या १५ सय रुपैयाँ पुर्याइदिने भनेर कुनै राजनीतिक दलको ठूला नेताको परिवारबाट पैसा ल्याएका लगानीकर्ताले गरेको कर्नरिङ बजारमा चासो राख्नेलाई प्रष्ट थाह छ ।

सेयर बजारलाई स्वच्छ ढंगले चलाउने काम धितोपत्र बोर्डको हो । किनभने धितोपत्र बोर्ड समग्र पुँजी बजारको नियामक निकाय हो ।

तर, बोर्डले एकैपटक ५१ कम्पनीको सेयर मूल्य बढी भएको र लगानीकर्ता जोखिममा रहेको भन्ने विज्ञप्तिले लगानीकर्तालाई थप डुबाउने छ ।

जसरी फुटबलमा रेफ्रिले गल्ती गर्ने खेलाडीलाई सचेत बनाउन पहेँलो र सचेत बनाएर पनि गल्ती गर्दा रेड कार्ड दिएर गेमबाट निस्कन भन्छ । गल्ती गर्ने खेलाडीलाई कारवाही भएपनि टिमलाई कारवाही हुँदैन भने एउटा समुहमा रहेको खेलाडीले गल्ती गर्दा अर्को समुहलाई विजेता घोषणा गरिँदैन । त्यस्तो गरेर धितोपत्र बोर्डले कुनै कम्पनीमा सेयरको इन्साइडर ट्रेडिङ तथा कर्नरिङ गर्नेलाई कारवाही नगरेर इन्साइडर भयो भनेर सबैलाई कारवाही गरेको छ । बोर्डको यो विज्ञप्ति खेदपूर्ण छ ।

अजोड इन्स्योरेन्सले हकप्रद सेयर निकाल्ने सूचना आउनु अगाडि नै यसको सेयर मूल्य बढ्यो । केही लगानीकर्ताले उजुरी गरेपछि धितोपत्र बोर्डले अध्ययन गर्ने भन्यो । जबकी, अजोड इन्स्योरेन्सको संचालक संलग्न रहेको अन्य कम्पनीले हकप्रदको निर्णय आउनु अगाडि नै सेयर किनेका थिए । त्यो प्रष्टसँग देखिने गरेको इन्साइडर ट्रेडिङ थियो । यद्यपी बीमा समितिसँग स्वीकृति नलिएको तथा सेयर बजारमा सूचिकृत भएको वर्ष नै हकप्रद निकाल्न लागेको भनेर बीमा समितिले अजोडको हकप्रद रोक्यो ।

धितोपत्र बोर्डसँग कुन लगानीकर्ताले सेयर किने भन्ने जानकारी प्रष्ट हुन्छ । उदाहरणका लागि अजोडको सेयर हकप्रदको सूचना सार्वजनिक हुनु अगाडि कुन व्यक्ति, कम्पनी तथा म्युचुअल फण्डले किनेको थियो । त्यो प्रष्ट थियो ।

तर, बोर्डले यसमा खासै अध्ययन पनि गरेन भने अब यो कुरा सकियो भनेर कारवाही नै गरेन । जबकी, धितोपत्र बोर्डलाई यसमा कारवाही गर्ने अधिकार छ ।

यस्तै हिमालयन पावर पार्टनरको सेयर सोही कम्पनीका लगानीकर्ता रहेको एनआरएन इन्फ्रास्ट्रचरले बेच्यो । हिमालयन पावर पार्टनर एनआरएनमा एउटै समुहको लगानी छ । तर, यसरी सेयर बेच्दा धितोपत्र बोर्डले कुनै कारवाही गरेन । राधी जलविद्युत्को सेयर लमजुङ इलेक्ट्रिसिटीले बेच्दासमेत कारवाही भएन ।

धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीको सेयर मूल्यमा चलखेल, लगानीकर्ता जोखिममा (सूचिसहित)

धितोपत्र बोर्डले इन्साइडर ट्रेडिङ गर्नेलाई कारवाही गर्ने अधिकार छ । नियमले दिएको अधिकार प्रयोग नगरेको धितोपत्र बोर्डले ५१ वटा कम्पनी सेयर लगानी जोखिम रहेको र चलखेल गरेको भनेको छ । जबकी, यो चलखेल भयो भनेर मिडियाले पहिलेदेखि भनिरहेको छ ।

धितोपत्र बोर्डको काम चलखेल गर्नेलाई कारवाही गर्ने हो । चलखेल भयो भनेर विज्ञप्ती निकाल्ने होइन । बोर्डको विज्ञप्तिले अबदेखि कुन कम्पनीको सेयर किन्ने भनेर लगानीकर्ताले अध्यक्ष भिष्मराज ढुंगानलाई सोधेर निर्णय गर्नुपर्ने देखिन्छ ।

जसरी फुटबलमा रेफ्रिले गल्ती गर्ने खेलाडीलाई सचेत बनाउन पहेँलो र सचेत बनाएर पनि गल्ती गर्दा रेड कार्ड दिएर गेमबाट निस्कन भन्छ । गल्ती गर्ने खेलाडीलाई कारवाही भएपनि टिमलाई कारवाही हुँदैन भने एउटा समुहमा रहेको खेलाडीले गल्ती गर्दा अर्को समुहलाई विजेता घोषणा गरिँदैन । त्यस्तो गरेर धितोपत्र बोर्डले कुनै कम्पनीमा सेयरको इन्साइडर ट्रेडिङ तथा कर्नरिङ गर्नेलाई कारवाही नगरेर इन्साइडर भयो भनेर सबैलाई कारवाही गरेको छ । बोर्डको यो विज्ञप्ति खेदपूर्ण छ । आम लगानीकर्ताको हितमा छैन ।

खासमा सेयर बजारलाई बजारको सिद्दान्तले चल्न दिनुपर्छ । सेयर बजार बियरिस ट्रेण्डमा रहेको बेला सेयर किन्नुहोस् भनेर विज्ञप्ती जारी गर्न लगाउने आफुलाई सेयर बजारको लगानीकर्ताको समूह भनेर चिनाउनेले गर्दा बजार स्वतन्त्र रुपमा चल्न सकेको छैन । रेफ्रिको काम खेल्न आएकालाई नियममा राखेर खेलाउने हो । को खेल्न आउँछ या आउँदैन त्यसमा रेफ्रिको भूमिका हुँदैन । र, एउटाले गल्ती गर्दा सबैलाई कारबाही गर्न कुनचाहीँ कानूनको सिद्दान्तले दिन्छ ?

निश्चितरुपमा बोर्डले जोखिमपूर्ण क्षेत्रमा राखेका कतिपय कम्पनीको अवस्था राम्रो नभए पनि सेयर मूल्य बढेको हो । कुन लगानीकर्ताको समुहले कर्नरिङ गर्यो त्यसलाई बोर्डले कारवाही गर्ने हो । तर, किन बोर्डले ती व्यक्ति वा समूहलाई कारबाही नगरी आम लगानीकर्तालाई कारबाहीको भागिदार बनायो ? के यो न्यायसंगत छ ? आफ्नै पार्टीका केही सांसदहरुले सहयोग गरेनन् भनेर प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरे जस्तै भएन र यो निर्णय त ?

धितोपत्र बोर्डले सेयर निष्कासनको अनुमति दिएपछि दोस्रो बजारमा सेयर कारोबार गर्न सबैले अनुमति पाउँछन् । नियमित विवरण प्रकाशित नगर्ने कम्पनीलाई धितोपत्र बोर्डले कारवाही गर्नुपर्छ । तर, बोर्डले नियमित विवरण सार्वजनिक नगर्ने कम्पनीलाई सामान्यसमेत सचेत बनाउने काम गर्दैन ।

हेक्का रहोस्, धितोपत्र बोर्डको अध्यक्षको रुपमा काम गरेका ढुंगानाको काम मेरो कार्यकालमा नेप्से यति अंकले बढ्यो, यति रकमको कारोबार भयो भनेर मात्र पुरा हुँदैन ।

खासमा सेयर बजारलाई बजारको सिद्दान्तले चल्न दिनुपर्छ । सेयर बजार बियरिस ट्रेण्डमा रहेको बेला सेयर किन्नुहोस् भनेर विज्ञप्ती जारी गर्न लगाउने आफुलाई सेयर बजारको लगानीकर्ताको समूह भनेर चिनाउनेले गर्दा बजार स्वतन्त्र रुपमा चल्न सकेको छैन । रेफ्रिको काम खेल्न आएकालाई नियममा राखेर खेलाउने हो । को खेल्न आउँछ या आउँदैन त्यसमा रेफ्रिको भूमिका हुँदैन । र, एउटाले गल्ती गर्दा सबैलाई कारबाही गर्न कुनचाहीँ कानूनको सिद्दान्तले दिन्छ ? यो प्रश्नको जवाफ बोर्डका अध्यक्ष ढुंगाना र अन्य उच्च अधिकारीहरुले दिनुपर्छ ।

के भोलिदेखि आम लगानीकर्ताले कुन कम्पनीको सेयर किनौं भनेर बोर्ड अध्यक्ष ढुंगानालाई सोध्नुपर्ने हो ?


पुष्प दुलाल