४८ हजार ऋणीले पाए पुनरकर्जा, कुन बैंकले कति दिए ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले दिएको पुनरकर्जा सुविधा ४८ हजार ऋणीले उपयोग गरेको देखिएको छ ।

केन्द्रीय बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा पहिलो र दोस्रो किस्ता गरी चालु आर्थिक वर्षको फागुन मसान्तमा १ खर्ब ४४ अर्ब रुपैयाँ पुनरकर्जा स्वीकृत भएको छ । जसमध्ये ८३ अर्ब रुपैयाँ पहिलो किस्तामा र ६१ अर्ब रुपैयाँ दोस्रो किस्तामा स्वीकृत भएको हो ।

जसमध्ये पहिलो किस्तामा ३३ अर्ब रुपैयाँ र दोस्रो किस्तामा १९ अर्ब रुपैयाँ ग्राहक ऋणी अनुसारको पुनरकर्जा स्वीकृत भएको छ । एकमुष्ट पहिलो किस्तामा ५० अर्ब रुपैयाँ र दोस्रो किस्तामा ४२ अर्ब रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जानकारी दिएको छ ।

दोस्रो पटक गरिएको पुनरकर्जाको आह्वानमा एकमुष्ट पुनरकर्जाको आवेदन बैंकहरुले दिए पनि ग्राकहऋणी अनुसारको आवेदन भने उल्लेख्य रूपमा नआएको राष्ट्र बैंकमा अधिकारीहरू बताउँछन् ।

कोरोना प्रभावित भएको भन्दै ९३ होटलले लिए साढे १२ अर्ब बढी पुनरकर्जा, कुनले कति ?

हालसम्म एकमुष्ट पुनरकर्जा १ खर्ब २ अर्ब रुपैयाँ र ग्राहक ऋणीअनुसार ४२ अर्ब ११ करोड रुपैयाँ स्वीकृत भएको. छ । एकमुष्ट पुनरकर्जा स्वीकृत भएकोमा १० अर्ब रुपैयाँ लघुवित्त कम्पनीहरूको र बाँकी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत माग भएको पुनरकर्जा राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

एकमुष्ट पुनरकर्जामा बैंक तथा वित्त कम्पनीबाट ग्राहकबाट प्राप्त आवेदनको आधारमा ऋणीको संख्या सहित पुनरकर्जा मागको राष्ट्र बैंक स्वीकृत गर्छ । स्वीकृत पुनरकर्जा बैंकले ऋणीको व्यावसायिक योजना र आवश्यकता मूल्याङ्कन गरी प्रदान गर्छ ।

पहिलो किस्तामा कुन बैंकले कति पुनरकर्जा ?

ग्राहक ऋणीअनुसारको पुनरकर्जामा बैंक तथा वित्त कम्पनीले ग्राहक ऋणीले दिएको आवेदनलाई नै राष्ट्र बैंक पठाएर सो आवेदनको मूल्याङ्कन केन्द्रीय बैंकले नै गरी प्रदान हुन्छ ।

एकमुष्ट पुनरकर्जामा बैंक तथा वित्त कम्पनीबाट ग्राहकबाट प्राप्त आवेदनको आधारमा ऋणीको संख्या सहित पुनरकर्जा मागको राष्ट्र बैंक स्वीकृत गर्छ । स्वीकृत पुनरकर्जा बैंकले ऋणीको व्यवसायीक योजना र आवश्यकता मूल्याङ्कन गरी प्रदान गर्छ ।

९ मिडिया हाउसले कोरोना प्रभावित भएको भन्दै साढे ८७ करोड पुनरकर्जा लिए, कसले कति ?

ग्राहक ऋणीअनुसारको पुनरकर्जामा बैंक तथा वित्त कम्पनीले ग्राहक ऋणीले दिएको आवेदनलाई राष्ट्र बैंक पठाउँछन् । सोे आवेदनको मूल्याङ्कन गरी राष्ट्र बैंकले माग गरिएको पुनरकर्जा प्रदान गर्छ । जस राष्ट्र बैंकले वर्गीकरण गरेको क्षेत्रमा परेकामा ऋणीले पुनरकर्जा न्यूनतम १ प्रतिशतदेखि ५ प्रतिशत ब्याजदर अनुदानमा उपयोग गर्न पाउँछन् ।

पहिलो किस्तामा कुन बैंकबाट कति ऋणीलाई पुनरकर्जा

पहिलो किस्तामा ४५ वटा बैंक तथा वित्त कम्पनीले ५० अर्ब ७ करोड रुपैयाँ एकमुष्ट पुनरकर्जा राष्ट्र बैंकले स्वीकृत गरेको थियो । जुन यी बैंक तथा वित्त कम्पनीका ५ हजार ८९ शाखाबाट ४० हजार ९ सय ८३ जना ऋणीले पुनरकर्जा पाएका हुन् ।

जसमा १ वटा बैंकले ५ अर्ब माथि र १८ वटा बैंकले १ अर्ब रुपैयाँमाथि पुनरकर्जा प्रवाह गरेका छन् । साथै, ५ वटा बैंकले ५० करोड रुपैयाँमाथि, १४ वटा बैंकले १० अर्ब रुपैयाँ माथि र ७ वटा बैंकले १ करोड रुपैयाँ माथि पहिलो किस्तामा पुनरकर्जा प्रवाह गरेका छन् ।

पहिलो किस्तामा ४५ वटा बैंक तथा वित्त कम्पनीका २ करोड रुपैयाँदेखी ६ अर्ब रुपैयाँबढीसम्म पुनरकर्जा वितरण गरेको छन् । जसमा सबैभन्दा बढी कृषि विकास बैंकले सबैभन्दा बढी र सबैभन्दा थोरै सप्तकोशी डेभलपमेन्ट बैंकले पुनरकर्जा प्रवाह गरेका छन् ।

कृषि विकास बैंकले २ सय ५९ वटा शाखाबाट ६ हजार ९ सय ४९ जना ऋणीलाई कुल ६ अर्ब ७४ करोड ६० लाख रुपैयाँ पुनरकर्जा प्रदान गरेको छ । साथै, सप्तकोशी डेभलपमेन्ट बैंकले पहिलो किस्तामा ३२ वटा शाखा कार्यालयबाट २९ जना ऋणीलाई २ करोड ५८ लाख रुपैयाँ पुनरकर्जा वितरण गरेको छ ।

यस्तै, पहिलो किस्तामा नेपाल बैंकले ३ हजार बढी ऋणीलाई १ सय ९२ वटा शाखा कार्यालयबाट ४ अर्ब ७१ करोड रुपैयाँ बढी पुनरकर्जा प्रवाह गरेको छ ।

दोस्रो किस्तामा कुन बैंकबाट कति ऋणीलाई पुनरकर्जा

राष्ट्र बैंकले दोस्रो किस्तामा एकमुष्ट पुनरकर्जा लिनका लागि गत मंसिरमा बै.क तथा वित्त कम्पनीलाई आह्वान गरेको थियो । जसमा ३५ वटा बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकबाट एक पुनरकर्जा लिएर १ हजार ३ सय १५ शाखा कार्यालयमार्फत् १५ लाख १९ हजार १ सय २७ जना ऋणीमा पुनरकर्जा प्रवाह गरेका छन् ।

जसमा १६ वटा बैंक तथा वित्त कम्पनीले १ अर्ब रुपैयाँमाथि, ८ वटाले ५० करोड रुपैयाँभन्दा माथि र १ अर्ब रुपैयाँभन्दा कम, ८ वटाले १० करोड रुपैयाँभन्दा बढी र ५० करोड रुपैयाँभन्दा कम र ३ वटाले ७ करोड रुपैयाँभन्दा कम पुनरकर्जा प्रवाह गरेका छन् ।

दोस्रो किस्तामा एकमुष्ट पुनरकर्जा तर्फ सबैभन्दा ग्लोबल आइएमई बैंकले र सबैभन्दा थोरै स्ट्याण्डर्ड चार्टर्ड बैंकले प्रवाह गरेका छन् । ग्लोबल आइएमई बैंकले १ सय ४० शाखा कार्यालयबाट ९ सय ९४ जना ऋणीलाई ५ अर्ब १२ करोड ८२ लाख ८४ हजार रुपैयाँ पुनरकर्जा प्रवाह गरेको छ । भने, स्ट्याण्र्डड चार्टर्ड बैंकले १ वटा शाखा कार्यालयबाट एक जना ऋणीलाई १ करोड ५१ लाख ४० हजार रुपैयाँ पुनरकर्जा प्रवाह गरेका छन् ।

 

 


क्लिकमान्डु