एभरेष्ट बैंकले १०.५३ प्रतिशत लाभांश दिने
काठमाडौं । एभरेस्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले लगानीकर्तालाई १०.५३ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।
बैंकले ५.५३ प्रतिशत नगद (करसमेत) र ५ प्रतिशत बोनस गरी जम्मा १०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकको बुधबार साँझ बसेको बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो । बैंकले गत वर्ष २५ प्रतिशत लाभांश दिएको थियो ।