प्रभु बैंकको शाखा नवलपरासी पूर्वको प्रगतिनगरमा
काठमाडौं । प्रभु बैंकले नवलपरासी पुर्व जिल्लाको देवचुली नगरपालिका–१५ स्थित प्रगतिनगरमा २११ औं शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले आप्mनो सेवा विस्तार गर्ने क्रममा नवलपरासी जिल्लामा पनि सेवा विस्तार गरेको छ । बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरुले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखा रहित बैंकिङ्ग सेवा मार्पmत् अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गरिरहेको छ ।