ज्योति विकास बैंक संस्थापक सेयरलाई सर्वसाधारणमा परिणत गर्दै
काठमाडौं । ज्योति विकास बैंकले संस्थापक सेयरलाई सर्वसाधारण सेयर परिणत गर्ने भएको छ ।
बैंक सञ्चालक समितिले संस्थापक समूहको ५४.३५ प्रतिशत सेयर मध्ये ३.३५ प्रतिशत सेयर सर्वसाधारणमा परिवर्तन गर्ने निर्णय गरेको छ ।
योसँगै बैंकको संस्थापक ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर हुने भएको छ ।
उक्त काम अघि बढाउनको लागि राष्ट्र बैंकबाट स्वीकृति लिन प्रमुख कार्यकारी अधिकृतलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।