सनराइज बैंकको एकै दिनमा ३ शाखा बिस्तार



काठमाडौं । सनराइज बैंकले देशका विभिन्न भागमा एकै दिन तीन वटा शाखा कार्यालय थपेको छ ।

बैंकले बाग्मती प्रदेशको सूर्यविनायक, गण्डकी प्रदेशको अमरसिंह र लुम्बिनी प्रदेशको योगीकुटीमा शाखा सञ्चालनमा ल्याएको हो ।

नयाँ शाखा विस्तारसँगै बैंकको १३९ वटा शाखा, ५१ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा एटिएम मार्फत ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु सञ्चालन गर्ने योजना रहेको जनाएको छ ।


क्लिकमान्डु