एनएमबि बैंकको एनएमबि सापटी योजना सुरु



काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी याेजना सुरू गरेकाे छ । याे एक आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा शुरू गरेको छ । जसले कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल विना डिजिटल रूपमै गर्न सकिने छ ।

यो २४ सैँ घण्टा, सातै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा सुविधा हो । उक्त सेवा बैंकसम्म नधाई मोवाइलको प्रयोग बाट नै प्राप्त गर्न सकिन्छ ।

एनएमबि सापटी ग्राहकहरुको व्यक्तिगत र आपतकालीन वित्तीय आवश्यकताहरुको परिपुर्तिको लागी प्रदान गरिने एक छोटो अवधिको धितो विनाको व्यक्तिगत कर्जा हो ।

एनएमबिमा तलव खाता भएका कर्मचारीहरुलाई १ लाख रुपैयाँसम्म २४ सै घण्टा र सातै दिन तुरुन्त कर्जा उपलब्ध गराइने छ । ग्राहकहरुले आफ्नो सहज र सुविधाको आधारमा कर्जा रकम र कर्जा चुक्ता अवधि छनौट गर्न सक्नेछन् ।

एनएमबि सापटी मोबाइल फोन प्रयोग गरेरै लिन सकिन्छ । जसले यस विषम परिस्थितिमा पनि ग्राहकलाई व्यक्तिगत र आपातकालीन वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि सुरक्षित र प्रत्यक्ष सम्पर्क रहित माध्यमको रुपमा प्रस्तुत गर्ने बैंक प्रमुख कार्यकारी अधिकृत सुनील केसीले बताए ।


क्लिकमान्डु