एसबिआई बैंकको प्रमुख सञ्चालक अधिकृतमा यादभेन्द्र कान्त नियुक्त, शुभकान्त भारत फिर्ता
काठमाडौं । नेपाल एसबिआई बैंकको प्रमुख सञ्चालक अधिकृत तथा नायव प्रखुम कार्यकारी अधिकृतमा यादभेन्द्र कान्त नियुक्त भएका छन् ।
बैंकका अनुसार भारतीय स्टेट बैंक ( एसबिआई)को तर्फबाट आएका कान्तले कात्तिक १५ गतेदेखि लागु हुनेगरी पदबहाली गरेका छन् ।
यसअघिका प्रमुख सञ्चालक अधिकृत तथा नायव प्रखुम कार्यकारी अधिकृत शुभकान्त कानुनगोले आफ्नो कार्यकाल पुरा गरी कात्तिक १५ गते भारत फिर्ता गएका छन् । उनको ठाँउमा सोही दिनदेखि लागु हुनेगरी कान्तले पदबाहल गरेका हुन् ।
साथै बैंकको नायव कार्यकारी प्रमुखमा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमलाई तोकिएको छ ।