सानिमा बैंकको शेयर मूल्य समायोजन



काठमाडौं । सानिमा बैंकको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा समायोजन भएको छ ।

बैंकको १० प्रतिशत बोनस शेयरपछिको सेयर मूल्य समायोजन भएको हो । प्रतिकित्ता ३२० रूपैयाँ कायम हुने गरी शेयर मूल्य समायोजन भएको नेप्सेले जनाएको छ ।

नेप्सेका अनुसार आइतबारको कारोबार मूल्य ३५२ रुपैयाँका आधारमा मूल्य समायोजन भएको हो ।

बैंकले लगानीकर्तालाई चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ३.६० प्रतिशत नगद सहित १३.६० प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।


क्लिकमान्डु