लक्ष्मी बैंकलाई एडिबीद्वारा अग्रणी साझेदार बैंकको रुपमा सम्मान
काठमाडौं । लक्ष्मी बैंकले एसियाली विकास बैंकको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स प्रोग्रामबाट सन् २०२० को लागि नेपालको अग्रणी साझेदार बैंकको रुपमा सम्मान पाएको छ ।
सन् २०१९ जुलाई १ देखि २०२० जुन ३० को अवधिमा नेपालबाट सर्वाधिक कारोबार गरेवापत सम्पन्न एक भर्चुअल कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो ।
लक्ष्मी बैंकको संजाल ४८ जिल्लामा १२१ शाखा, ७ वटा एक्स्टेन्सन काउण्टर, ४ हस्पिटल सेवा काउन्टर, १५१ एटिएम, २५०० भन्दा बढि रेमिटेन्स् एजेन्टतथा ६१ शाखा रहित बैंकिङ्ग एजेन्टहरुमा रहेको छ ।