माछापुच्छ्रे बैंकको एटिएम फोड्न खोज्ने व्यक्ति लागू औषधसहित पक्राउ



तनहुँ । व्यास नगरपालिका–४ ट्राफिक चोकस्थित माछापुच्छ्रे बैंकको एटिएम बक्स तोडफोड गर्दै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पर्सा पटेर्वा सुगौली गाउँपालिका–२ रंगपुरटाढी घर भएका १९ वर्षीय किरण बानियाँलाई प्रहरीले नियन्त्रित लागूऔषध १ सय ३५ ट्याब्लेट नाईट्राभेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

बानियाँले पैसा लुट्ने योजनाको साथ उक्त एटिएमको पिनहरू स्क्रुपको सहायताले खोल्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले बानियाँलाई प्रक्राउ गर्दा झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त लागू औषध र ग ११ प ९९६५ नम्बरको मोटरसाइकलसहित समेत प्रहरीले पक्राउ गरेको छ । बानियाँ उपर थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।


क्लिकमान्डु