१३.६० % लाभांश दिन लागेको सानिमा बैंकको बुक क्लोज कहिले ?
काठमाडौं । सानिमा बैंकको शेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) कात्तिक १७ गते हुने भएको छ ।
बैंकले शेयर लगानीकर्ताको लागि १० प्रतिशत बोनस र ३.६० प्रतिशत नगद लाभाश दिने प्रस्ताव गरिसकेको छ । त्यसको लागि कात्तिक १७ गते बुक क्लोज हुन लागेको हो ।
कात्तिक १६ गतेसम्म कायम रहेका लगानीकर्ताहरुले उक्त लाभांश पाउने छन् ।
बैंककाे साधार सभा कातिक २८ गते हुँदैछ ।