पहिलो त्रैमासमा निर्जीवन बीमा कम्पनीले आर्जन गरे साढे ७ अर्ब, शिखरको अग्रता



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २० वटा निर्जीवन बीमा कम्पनीले ७ अर्ब ५८ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

बीमा समितिका अनुसार असोज महिनामा मात्रै २ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् ।

यो अवधिमा सबैभन्दा बढी शिखर इन्स्योरेन्सले ९० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १९ वटा निर्जीवन बीमा कम्पनीलाई उछिन्दै बीमा शुल्क आर्जनमा शिखर इन्स्योरेन्स अग्रस्थानमा देखिएको छ ।

शिखर इन्स्योरेन्सलाई पछ्याईरहेको सगरमाथा इन्स्योरेन्स असोज महिनामा बीमा शुल्क आर्जनमा दोस्रो बनेको छ । सगरमाथाले चालु आवको तेस्रो त्रैमासमा ७३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै नेपाल इन्स्योरेन्सले ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यता ओरियन्टल इन्स्योरेन्सले ३२ करोड नेशनल इन्स्योरेन्सले ३१ करोड, नेशनल लाइफले २८ करोड, हिमालयन जनरल इन्स्योरेन्सले १८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै यूनाइटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २७ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ भने प्रिमियर इन्स्योरेन्सले ४५ करोड, एभरेष्ट इन्स्योरेन्सले २७ करोड, नेको इन्स्योरेन्सले ६८ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

यता प्रभु इन्स्योरेन्सले ३६ करोड, आईएमई इन्स्योरेन्सले ३४ करोड, प्रुडेन्सियल इन्स्योरेन्सले ३१ करोड, लुम्बिनी इन्स्योरेन्सले ३६ करोड, एनएलजी इन्स्योरेन्सले ५६ करोड, सिद्धार्थ इन्स्योरेन्सले ६२ करोड, जनरल इन्स्योरेन्सले १९ करोड, अजोड इन्स्योरेन्सले ३३ करोड र सानिमा इन्स्योरेन्सले १२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

सरकारी लगानीको राष्ट्रिय बीमा कम्पनीको तथ्यांक भने बीमा समितिले पाएको छैन । जसले गर्दा कम्पनीको तथ्याङक यहाँ उल्लेख गरिएको छैन ।


क्लिकमान्डु