नविल बैंकले विनोद चौधरीलाई मात्रै अर्बपति होइन, ६ हजार रुपैयाँ लगानी गर्नेलाई करोडपति बनायो



काठमाडौं । विश्वविख्यात म्यागेजिन फोर्ब्सले डलर अर्बपतिको सूचिमा समावेश गरेका एकमात्र नेपाली व्यवसायी हुन् विनोद चौधरी ।
चौधरीलाई अर्बपति बनाउन सबैभन्दा ठूलो भूमिका के ले खेल्यो होला भन्ने जिज्ञासा तपाईंको मनमा आउन सक्छ । किनभने उनी फोर्ब्सको अर्बपतिको सूचिमा परेका पहिलो नेपाली व्यवसायी हुन् । जसकारण उनको चर्चा हुन स्वभाविक नै हो ।
चौधरीलाई अर्बपतिको सूचिमा पुर्याउन मूख्य भूमिका खेल्ने संस्था हो नविल बैंक ।  चौधरी र उनको परिवार नबिल बैंकको सबैभन्दा ठूलो सेयरधनी हो ।
अहिले नविल बैंकको बजार पुँजीकरण ८३ अर्ब ७० करोड ८६ रुपैयाँ रहेको छ ।
अब तपाईंको मनमा अर्को प्रश्न उठ्न सक्छ- चौधरीलाई अर्बपति बनाउन ठूलो भूमिका खेल्ने नविल बैंकले सर्वसाधारण लगानीकर्तालाई के दियो ? यो समाचारमा खासगरी तपाईंको मनमा उठेको यही खुल्दुली मेटाउने प्रयास गरेका छौं ।
के नविल बैंकले चौधरीलाई अर्बपति मात्रै बनायो त ? अहँ । नविलले धेरै स-साना लगानीकर्तालाई समेत करोडपति बनाएको छ ।

नविल बैंकको सेयरमा ६ हजार रुपैयाँ लगानी गरेको मान्छे आज करोडौंको मालिक भएको तथ्यांकले देखाउँछ । र, यही तथ्यांकलाई हामीले विस्तृतमा प्रस्तुत गरेका छौं ।

सन् १९८४/८५ मा स्थापना भएको बैंकले  ३४ वर्षअघि प्रतिकित्ता ६० रुपैयाँका दरले साधारण सेयर (आइपिओ) निष्काशन गरेको थियो । जसअनुसार त्यो समय ६ हजार रुपैयाँ लगानी गरेर १०० कित्ता सेयर किन्ने लगानीकर्ता सेयर नबेची बसेको छ भने आज उसँग नविल बैंकको २८ हजार २ सय ६ कित्ता सेयर छ ।
अहिले नविल बैंकको प्रतिकित्ता सेयर मूल्य ८ सय ३० रुपैयाँ छ । जसअनुसार २८ हजार २ सय ६ कित्ता सेयरको मूल्य अहिले २ करोड ३४ लाख रुपैयाँ पर्छ भने उसले ४३ लाख ११ हजार रुपैयाँ बराबर नगद लाभांशबापत बुझेको देखिन्छ ।
यसरी हेर्दा ३५ वर्षको अवधिमा ६ हजार लगानी गर्ने व्यक्तिलाई नविल बैंकले २ करोड ७७ लाख रुपैयाँको मालिक बनाएको छ । यो अवधिमा लगानीकर्ताको सम्पत्ति ४ हजार ६ सय १६ गुणाले बढेको छ ।
राम्रो कम्पनीको सेयरमा सानो लगानी गरेर चुपचाप बस्ने हो भने सहजै करोडपति बन्न सकिन्छ भन्ने एउटा बलियो उदाहरण हो यो । नाफा र लाभांशका हिसाबले नविल बैंक प्रायजसो देशकै नम्बर वान बैंकमा पर्न सफल भइरहेको छ ।
यसरी लगानीकर्तालाई उच्च प्रतिफल दिन सफल बैंकमा काम गर्ने कमर्चारीलाई पनि राम्रो तलब-भत्ता तथा सेवा-सुविधादिँदै आएको छ ।
नेपाल अरब बैंकको रुपमा स्थापना भएको नबिल बैंकमा युएईका लगानीकर्ता बाहिरिएपछि त्यसको बहुमत स्वामित्व बिनोद चौधरीको परिवारमा आएको हो ।
सीइओ अनिल शाह भन्छन्- ‘संस्थापक तथा संचालकहरुको संस्थागत सुशासनप्रति प्रतिवद्वता, राम्रो व्याबसायिक अनुभव, सक्षम नेतृत्व, अनुभवी, प्रतिवद्व र कर्मठ कर्मचारी, जोखिम व्यबस्थापनमा सजगता, नियामकको निर्दैशनको मर्मको आधारमा बसेर निर्दैशनहरुको अनुपालना, प्रतिस्पर्धी पोडक्ट तथा सेवा, सन्तुष्ट ग्राहकहरुको निरन्तर साथको जगमा बसेर बैंक संचालनमा रहेकाले सबै हितग्राहिको सन्तुष्टिसँगै निरन्तर राम्रो प्रतिफल दिन सफल भएको छ।’
सन् १९८४ मा स्थापना भएको नबिल बैंकले सेयर निष्कासन प्रतिकित्ता ६० रुपैयाँको दरले १९८७ मा निष्काशन गरेको थियो । त्यो आधारमा १०० कित्ता सेयर पाउनका लागि ६ हजार रुपैयाँमात्रै खर्च भयो ।
नबिल बैंकले सन् १९९१/९२ मा सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर दिएको थियो । यस आधारमा १०० कित्ता सेयर भएको व्यक्ति १४० कित्ता सेयरको मालिक भयो ।
त्यसपछि अर्कोवर्ष १९९२/९३ मा बैंकले सेयरधनीलाई ३१ प्रतिशत बोनस सेयर दिएको छ । अब १४० कित्ता भएको सेयरधनीसँग १८३.१९ कित्ता सेयर भयो ।
सन् १९९४/९५ मा नबिल बैंकले १०० प्रतिशत बोनस सेयर दियो । १०० प्रतिशत बोनस सेयर दिएपछि १८३.१९ कित्ता सेयर भएको सेयरधनीसँग ३६६.३८ कित्ता सेयर भयो ।
त्यसपछि नबिल बैंकले सन् १९९६/९७ सेयरधनीलाई १०० प्रतिशत बोनस सेयर दियो । त्यसपछि ३६६.३८ कित्ताको सेयरधनी ७३२.७७ कित्ता सेयर हुन्छ । सन् १९९७/९८ मा नबिल बैंकले ५० प्रतिशत बोनस सेयर दियो । सेयरधनीसँग १ हजार ९९.८३ कित्ता सेयर भयो ।
नबिल बैंकले एकैपटक सन् २०००/०१ मा सेयरधनीलाई २५ प्रतिशतले बोनस सेयर दिएपछि सेयरधनीसँग १३७६.६३ कित्ता सेयर हुन्छ । नबिल बैंकले त्यसको ६ वर्षसम्म लगातार सेयरधनीलाई बोनस सेयर नदिएर नगद लाभांश दिन्छ । सन् २००७/०८ देखि अहिलेसम्म भने नबिल बैंकले सेयरधनीलाई बोनस सेयरपनि नगद लाभांश पनि दिएको देखिन्छ ।
सन् २००७/०८ मा ४० प्रतिशत बोनस सेयर दिएपछि सेयरधनीसँग १९२९.८० कित्ता सेयर हुन्छ । २००८/०९ मा नबिल बैंकले सेयरधनीलाई ४० प्रतिशत नै बोनस सेयर दिन्छ । त्यसपछि सेयरधनीसँग सेयर स्वामित्व २७ सय ४.०९ कित्ता सेयर स्वामित्व हुन्छ । बैंकले २००९/१० मा सेयरधनीलाई ५० प्रतिशत बोनस सेयर दिएको छ । त्यसपछि सेयरधनीसँग सेयर स्वामित्व ४ हजार ५६ कित्ता सेयर हुन्छ ।
२०१०/११ मा नबिल बैंकले ४० प्रतिशत बोनस सेयर दिन्छ भने सेयरधनीसँग ५ हजार ६ सय ८० कित्ता सेयर स्वामित्व हुन्छ । २०११/१२ मा सेयरधनीलाई नबिल बैंकले २० प्रतिशत बोनस सेयर दिन्छ भने सेयरधनीसँग ६ हजार ८ सय २० कित्ता सेयर स्वामित्व पुग्छ ।
२०१२/१३ मा नबिल बैंकले २५ प्रतिशतले बोनस सेयर दिन्छ । सेयरधनीसँग त्यो हुँदा ८ हजार ५ सय २८ कित्ता सेयर स्वामित्व हुन्छ । २०१३/१४ मा नबिल बैंकले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिएको छ । त्यसपछि १० हजार २३४ कित्ता सेयर स्वामित्व हुन्छ ।
स्थापनाको वर्ष ५ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको बैंकले क्रमशः नाफा बढाउँदै गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ ।
२०१४/१५ मा नबिल बैंकले सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर दिएपछि सेयरधनीसँग १३ हजार ३०५ कित्ता सेयर स्वामित्व हुन्छ । २०१५/१६ मा पनि नबिल बैंकले ३० प्रतिशत बोनस सेयर दिएको छ । यसरी सेयरधनीसँग १७ हजार २९६ कित्ता सेयर स्वामित्व हुन्छ । २०१६/१७ मा पनि नबिल बैंकले ३० प्रतिशत बोनस सेयर दिन्छ । त्यसपछि सेयरधनीसँग २२ हजार ६८५  कित्ता सेयर पुग्छ ।
आर्थिक वर्ष २०१७/१८ मा नबिल बैंकले १२ प्रतिशत बोनस सेयर दिएको छ । सेयरधनीसँग २५ हजार १८३ कित्ता सेयर स्वामित्व हुन्छ । सन् २०१८/१९ मा नबिल बैंकले १२ प्रतिशत बोनस सेयर दिएको छ । यसरी सेयरधनीसँग अहिले २८ हजार २ सय ६ कित्ता सेयर छ ।
गत आर्थिक वर्षको नाफाबाट बैैंकले यो वर्ष ३० प्रतिशत लाभांश दिने क्षमता राख्छ ।
स्थापनाको वर्ष ५ लाख ३५ हजार रुपैयाँ नाफा कमाएको बैंकले क्रमशः नाफा बढाउँदै गत आर्थिक वर्षमा ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ पुर्याएको छ ।
त्यस्तै स्थापनाकालमा २ करोड ८२ लाख ८९ हजार रुपैयाँ रहेको नेटवर्थ गत आर्थिक वर्षसम्म आइपुग्दा बढाएर २५ अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ ।
त्यसैगरी, २ करोड ८१ लाख ८२ हजार ४ सय २० रुपैयाँ हरेको चुक्ता पुँजी गत वर्षसम्म आइपुग्दा १० अर्ब ९ करोड ७५ लाख रुपैयाँ पुगेको छ भने रिजर्भ १२ अर्ब ६६ करोड रुपैयाँ छ ।
स्थापनाको वर्ष १४ करोड ६० लाख रुपैयाँ निक्षेप संकलन गरी १३ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको बैंकले गरेको बैंकले गत आर्थिक वर्ष १ खर्ब ९० अर्ब ८० करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गर्न गर्न सफल भएको छ ।
बैंकले कसरी यति ठूलो सफलता हासिल गर्यो त ?
सीइओ अनिल शाह भन्छन्- ‘संस्थापक तथा संचालकहरुको संस्थागत सुशासनप्रति प्रतिवद्वता, राम्रो व्याबसायिक अनुभव, सक्षम नेतृत्व, अनुभवी, प्रतिवद्व र कर्मठ कर्मचारी, जोखिम व्यबस्थापनमा सजगता, नियामकको निर्दैशनको मर्मको आधारमा बसेर निर्दैशनहरुको अनुपालना, प्रतिस्पर्धी पोडक्ट तथा सेवा, सन्तुष्ट ग्राहकहरुको निरन्तर साथको जगमा बसेर बैंक संचालनमा रहेकाले सबै हितग्राहिको सन्तुष्टिसँगै निरन्तर राम्रो प्रतिफल दिन सफल भएको छ।’


आशीष ज्ञवाली