भिजिट भिसामा जाने हो? यी कागजपत्र चाहिन्छ



काठमाडौं । खातामा पर्याप्त पैसा हुँदा पनि विदेश भ्रमणका लागि भिसा पाउन गाह्रो भइरहको हुन्छ ? कतिपय अवस्थामा हामीले भिसाका लागि पेश गर्नुपर्ने आवश्यक कागतपत्र र प्रक्रिया नमिल्दा पनि सम्बन्धित देशको दूतावास (एम्बेसी)ले भिसा नदिएको हुन्छ ।

यदी तपाई विश्वका कुनैपनि देश भ्रमणका लागि जान चाहनुहुन्छ भने सबैभन्दा पहिला सम्बन्धी कन्सल्टेन्सीबाट राम्रोसँग परामर्श लिनु आवश्यक हुन्छ । कन्सल्टेन्सीले माग गरेको सम्पूर्ण कागजपत्र पेश गरेर त्यहाँबाट भिसा शुल्क तिरेर भिसा दिनुपर्छ ।

पर्यटकीय गन्तव्यका देशले पर्यटक आकर्षित गर्न भ्रमण भिसाको शुल्क न्यून राखेका हुन्छन् । कन्सल्टेन्सीले तोकेको भिसाको शुल्क र भ्रमण गर्न जान चाहेको देशले तोकेको भ्रमण भिसा शुल्क पनि बुझ्न आवश्यक हुन्छ ।

बाह्य पर्यटकलाई आर्कषित गर्नका लागि भ्रमण भिसाको शुल्क थोरै तोकेका देशहरुले पर्यटकहरु भने धेरै पैसा भएका मात्र भ्रमणमा आफ्नो देशमा प्रवेश गरुन भन्ने चाहन्छन् । त्यसैले सस्तो भ्रमण भिसा शुल्क तिर्नुपर्ने देशहरुमा पनि पर्याप्त बैंक ब्यालेन्स देखाउन सकिएन भने भिसा लाग्दैन ।

जब तपाईं एक देशमा भ्रमण भिसाका लागि आवेदन दिनुहुन्छ, तपाईले त्यो देशमा आफू आर्थिक रुपमा सम्पन्न छु भनेर पनि प्रमाण दिनुपर्छ । जसका लागि तपाईले जुन देशमा जाने हो त्यसैको कन्भर्टेबल करेन्सीमा क्यास डिपोजिट अथवा क्रेडिट कार्ड वा अन्य कुनै माध्यमबाट आफूसँग भएको रकमको सुनिश्चितता गराउनु पर्नेहुन्छ ।

भ्रमण गरिने जुन सुकै देशको १ दिनको खर्च औषतमा ६० युरो हो । त्यसदेखी बाहेकका खर्च व्यक्तिअनुसार फरक पर्ने हुँदा बढी खर्चका लागि सम्बन्धित देशको एमबेसीमा सम्वन्य गरी बढी रकम जम्मा गर्न सकिन्छ ।

भ्रमण भिसाको प्रक्रिया

– भ्रमण गरिने देशको भिसा सोही देशको वाणिज्य दूतावास वा भिसा केन्द्रमार्फत् जारी हुन्छ । जसकारण हामीले भ्रमण भिसा अनलाइनबाटै आवेदन दिन मिल्ने देशमा भ्रमण भिसाको निवेदन दिन उपयुक्त हुन्छ ।

– दूतावास÷वाणिज्य दूतावास र भिसा आवेदन केन्द्र (भिएसी)मा भिसाका लागि आवेदन दिनको साथै, तपाइँको अप्वाइन्टमेन्ट पनि बुक गर्नुपर्दछ । अधिकांश देशहरू अनलाइन अप्वाइन्टमेन्ट बुक गर्छन् ।

– तपाईले केही कागजातहरू जस्तै राहदानी वा यात्रा कागजातहरू, पासपोर्ट साइजका २ वटा रंगिन फोटो, भ्रमण भिसा आवेदन दिनको उद्देश्य वा कारण, मेडिकल रिपोर्ट र यात्रा बीमा अनिवार्य रुपमा पेश गर्नुपर्ने हुन्छ । बीमाका लागि शुल्क भने देश अनुसार फरक पर्न सक्छ ।

– आवेदन दिँदा आवेदनसहित भिसा शुल्क पनि सोही समयमा नै भिसा आवेदन केन्द्र (भिएसी) बुझाउनुपर्ने हुन्छ । साथै भिसा भिएसीका सेवा शुल्क पनि सोही समयमा तिर्नुपर्ने हुन्छ । यस्तो प्रकारकोे सेवा शुलक भिसा शुल्कमा जोडिएको हुदैन र देश अनुसार फरक पर्ने हुन्छ ।

– यदी भ्रमण भिसामा आवेदन दिने आवेदक केही पनि जागिर वा व्यपार व्यवसायमा आवद्ध छैन भने उसलाई कुनैपनि देशले भ्रमण भिसा दिदैन् । तर उसको बैंक खातामा पर्याप्त ब्यालेन्स रहेको प्रमाण दिन सकेमा भने भिसा लाग्ने सम्भावना हुन्छ ।

–यदि सेवानिवृत्त भएमा, पेन्सन प्रमाणपत्रको एक प्रतिलिपि पनि आवेदनसँगै पेश गर्नु पर्छ । भने नाबालिगका लागि भिसाका लागि सोही अनुसारको कागजातहरू पनि आवश्यक पर्छ ।

– यदि तपाईंको आवेदन स्वीकृत भयो भने भिसा आवेदन केन्द्रबाट तपाईंको राहदानी फिर्ता लिने । केही देशहरूले यसका लागि पासपोर्ट कुरियर सेवा पनि प्रस्ताव गरेका हुन्छन् ।


क्लिकमान्डु