मर्जरका लागि धेरैले सिभिल बैंकमाथि आँखा लगाएका छन्ः प्रतापजंग पाण्डेको बिचार



अहिलेको अवस्थामा मर्जर अपरिहार्य देखिएको छ । मर्जरको विकल्प छैन । मर्जरले सिनर्जी आउँछ भन्ने कुरा सबैले बुझ्न जरुरी छ ।

सानो आकारमा बसेर सञ्चालन खर्च बढाउनुभन्दा ठूलो भएर सञ्चालन खर्च घट्दा सेयरधनीलाई बढी प्रतिफल आउँछ । यस आधारमा पनि मर्जर आवश्यक छ ।

र, अर्को कुरा मर्ज भएपछि संस्था ठूलो हुन्छ । ठूलो संस्था बलियो पनि हुन्छ । मर्जअघि ५ रेक्टरको भूकम्प थाम्नसक्ने क्षमता भएको बैंक मर्जपछि भने ८ रेक्टरको भूकम्प थाम्न सक्ने हुन्छ ।

मर्जर भनेको स्वतस्फूर्त हुनुपर्छ । फोर्स मर्जरले राम्रो परिणाम दिँदैन । किनभने मर्जर तथा एक्विजिशन भनेको भावनात्मक मिलन पनि हो ।

यो बैंकको पुँजी पर्याप्तता अनुपात खुकुलो छ । सिभिलसँग मर्ज हुने बैंकले ग्रोथका लागि पर्याप्त लगानी बढाउन सक्ने अवसर छ । त्यसैले धेरै बैंकहरुले सिभिलमाथि आँखा लगाएका छन् ।

मर्ज त गर्ने तर मेरो पद गुम्छ कि गुम्दैन भन्ने हाम्रो मानसिकता छ । यदि आफू अध्यक्ष, सञ्चालक वा सीइओ भईँदैन भने किन मर्जरमा जाने ? भन्ने हाम्रो मानसिकताका कारण राष्ट्र बैंकले सोचेजसरी बैंकहरु मर्जरमा नगएका हुन् ।

ग्लोबल आइएमइ बैंक र जनता बैंक आपसमा गाभिएपछि मेगा मर्जरको बाटो खुलेको छ । यसबीचमा नेपाल राष्ट्र बैंकले बैंकहरुमा लगातार जसो मर्जरको फलोअप पनि गरिरहेको अवस्था छ । बैंकहरु पनि मर्जर कमिटि बनाएर विभिन्न संस्थाहरुसँग विभिन्न प्रकारका छलफलमा व्यस्त छन् ।

तर, मेरो बिचारमा मर्जरपछि अध्यक्ष, सञ्चालक र सीइओ को बन्ने ? अनि बैंकको नाम के रहने ? जस्ता विशुद्ध व्यक्तिगत स्वार्थमा अल्झिएकै कारण मर्जरमा ठोस प्रगति हुन नसकेको हो ।

म आफैं सिभिल बैंकको मर्जर कमिटिको सदस्य छु । वितेका ६ महिनायता हामीले धेरैवटा संस्थासँथ मर्जरका लागि छलफल गर्यौं । करिब दर्जन वाणिज्य बैंक र सोहीको हाराहारीमा विकास बैंकसँग मर्जरका कुराकानी नभएका भने होइनन् । अझै पनि प्रयास जारी नै छ ।

मर्जर सोच बिचार गरेर गरिने निर्णय हो । फ्याट्ट निर्णय गर्दा कहिलेकाहीँ दुर्घटना पनि हुन सक्छ । हामी सोचबिचार गरेर निर्णय गर्ने भएकाले केही समय लागेको हो । हाम्रो तयारी तीब्र छ ।

सिभिल बैंक बिग्रेको वाणिज्य बैंक चाहीँ होइन । पछिल्लो समय खराब कर्जा घटाउँदै लगेको छ भने कर्पोरेट क्लाइन्ट कम गर्दै लगेको छ । राष्ट्र बैंकका नीति निर्देशनहरुको पालना गर्दै यहाँसम्म अघि बढेको बैंक हो ।

मर्जरमा नगइ सिभिल बैंक टिक्न सक्ला र ? भन्ने प्रश्नहरु पनि बेलाबेलामा सुनिरहन्छु । मलाई के लाग्छ भने मर्जरमा नगई पनि हामी टिक्न सक्छौं । आजसम्म टिकिरहेकै छौं पनि । सिभिल बैंकको ग्रोथ अलि कम भएकाले पनि यस्ता किसिमका टिक्काटिप्पणीहरु भएका हुन सक्छन् ।

एउटा उदाहारण दिऔं । नेपालका दुई छिमेकी चीन र भारत ठूला छन् । दुई ठूला देशको बीचमा नेपाल टिकिरहेको छैन र ? के भोलिका दिनमा उनीहरुसँग नेपालले प्रतिस्पर्धा गर्न सक्दैन र ? मज्जाले सक्छ । संसारमा स-साना राष्ट्रहरुले पनि ठूला राष्ट्रको भन्दा राम्रो प्रगति गरिरहेको त हामी देख्न सक्छौं ।

तर, अरु बैंकको पुँजी पर्याप्तता अनुपात टाइट छ । सिभिल बैंकको पुँजी पर्याप्तता अनुपात निकै खुकुलो छ । यसको अर्थ के हो भने सिभिल बैंकले पर्याप्त मात्रामा कर्जा दिन सक्छ । यसकारण ग्रोथको राम्रो संभावना भएका थोरै संस्थाहरुमध्ये सिभिल बैंक पनि एक हो । सोच बदलेर अलिकति मिहेनत गर्ने हो भने सिभिल बैंकले राम्रो प्रगति गर्न सक्छ ।

पछिल्लो समयमा राष्ट्र बैंकले मर्जरको फलोअप केही कम गरेको छ । र, छिट्टै नै राष्ट्र बैंकको नेतृत्व परिवर्तन हुँदैछ । बैंकहरुले राष्ट्र बैंकमा कस्तो नेतृत्व आउँछ र उसले मर्जरलाई कसरी लिन्छ भनेर पर्ख र हेरको अवस्थामा छन् ।

पछिल्लो समयमा राष्ट्र बैंकले मर्जरको फलोअप केही कम गरेको छ । र, छिट्टै नै राष्ट्र बैंकको नेतृत्व परिवर्तन हुँदैछ । बैंकहरुले राष्ट्र बैंकमा कस्तो नेतृत्व आउँछ र उसले मर्जरलाई कसरी लिन्छ भनेर पर्ख र हेरको अवस्थामा छन् ।

यद्यपि बैंकहरुले आन्तरिकरुपमा ब्यापक तयारी गरिरहेका छन् । उपयुक्त समय र उपयुक्त पार्टनर आएपछि मर्ज नगर्ने भन्ने कुरै छैन ।

सिभिल बैंककै कुरा गर्ने हो भने पहिलो पुस्ता, दोस्रो पुस्ता र तेस्रो पुस्ता सबैसँग मर्जरको कुराकानी गरिरहेकै छ । सञ्चालकहरुले मेरो के हुन्छ भनेर भन्दा पनि बैंकको भविष्य के हुन्छ भनेर हेर्नुपर्छ । मेरो सवालमा कुरा गर्नुहुन्छ भने म मर्जरमा जाँदा सञ्चालक पद छाड्न तयार छु ।

सिभिल बैंक धेरै बैंकका लागि आकर्षक संस्था हो । किनभने यो बैंकको पुँजी पर्याप्तता अनुपात खुकुलो छ । सिभिलसँग मर्ज हुने बैंकले ग्रोथका लागि पर्याप्त लगानी बढाउन सक्ने अवसर छ । त्यसैले धेरै बैंकहरुले सिभिलमाथि आँखा लगाएका छन् ।

सिभिल बैंक बिग्रेको वाणिज्य बैंक चाहीँ होइन । पछिल्लो समय खराब कर्जा घटाउँदै लगेको छ भने कर्पोरेट क्लाइन्ट कम गर्दै लगेको छ । राष्ट्र बैंकका नीति निर्देशनहरुको पालना गर्दै यहाँसम्म अघि बढेको बैंक हो ।  (कुराकानीमा आधारित)


क्लिकमान्डु