मजदुरको नाममा फर्म दर्ता गरेर अग्रवालद्वयले १ अर्ब २९ करोड रुपैयाँ कर छले



काठमाडौं । निम्न आर्थिक स्तर भएका मजदुरको नाममा फर्म दर्ता गरेर नक्कली भ्याट बिल प्रयोग गर्ने व्यवसायीलाई राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ ।

राजस्व अनुसन्धान विभागले कलैया नगरपालिका वडा नं।(४ भई हाल ललितपुर महानगरपालिका वडा नं ३ धोबिघाट बस्ने बिनोद कुमार अग्रवाल , जिल्ला झापा साविक अनारमनी गाविस वडा नं ३ स्थायी ठेगाना भई हाल ललितपुर महानगरपालिका वडा न २३ हात्तिवन बस्ने विकास अग्रवाल विरुद्द मुद्दा दायर  गरेको हो ।

उनीहरुले म्न आर्थिक अवस्था भएका मजदुरहरुको नाममा फर्म दर्ता गरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजकको प्रयोग गरी १ अर्ब अर्ब उनान्तीस करोड छत्तीस लाख एक हजार पाँच सय बैसठ्ठी राजस्व चुहावट गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। अग्रवालद्वयले विभिन्न व्यक्तिका नाममा आर्यन ट्रेडिंग कन्सर्न, अनामिका ट्रेडर्स, अमिशा ट्रेडिंग कन्सर्न, प्रसुमा सप्लायर्स प्रा।लि।, स्मारिका जनरल सप्लायर्स, नाईस ट्रेडिङ्ग, जेनिशा ट्रेड एण्ड सप्लायर्स, सुशीम ट्रेड इन्टरप्राईजेज प्रा।लि।, सीमस ट्रेड इन्टरनेशनल, निशिला ट्रेडिंग, अविन ट्रेडिङ, किशा ट्रेड ईन्टरप्राईजेज, श्रीअन्तु जनरल सप्लायर्स समेतका १३ वटा विभिन्न फर्म र कम्पनीहरु दर्ता गरी वास्तविक रुपमा मालबस्तु खरिद बिक्री नै नगरी विभिन्न फर्महरुलाई झुट्टा तथा नक्कली मूल्यअभिबृसिद्ध कर विजक बिक्री गरेका थिए ।
उनीहरुले १ अर्ब २९ करोड रुपैयाँ रजास्व छलेका थिए ।

सो कार्य राजस्व चुहावट ९अनुसन्धान तथा नियन्त्रण० ऐन २०५२ को दफा ३ ले निषेधित ऐ ऐनको दफा ४ को उपदफा ९क० र ९ख० बमोजिमको कसूरजन्य कार्य भएको हुँदा निज प्रतिवादी विनोद कुमार अग्रवाल समेत २१ (एक्काइस) जना विरुद्द निजहरुले गरेको झुट्टा तथा नक्कली मूअ कर बिजकको प्रयोगबाट चुहावट भएको राजस्व रकम बमोजिम १ अर्ब २९ करोड एक अर्व उनान्तिस करोड छत्तिस लाख एक हजार पाँच सय बैसठ्ठी मात्र० लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा २९छ१० बमोजिम विगो कायम गरी निज प्रतिवादीहरुबाट असूल उपर गर्न र निजहरुलाई कसूरको मात्रा हेरी अभियुक्तहरुलाई सोही ऐनको दफा २३९१० बिगोको दोब्बरसम्म जरिवाना र तीनवर्षसम्म कैद सजाय र मतियारलाई ऐ ऐनको २३९२० बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुन मागदावी सहित अदालतमा मुद्दा दायर गरेको हो।


क्लिकमान्डु