कमाएको पैसा कसरी बचत गर्ने ? प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचनले दिए यस्तो टिप्स



काठमाडौं । तपाईं आफूले कमाएको पैसा बचत गर्न सकिरहनु भएको छैन ? यदि त्यसो हो भने तपाईंलाई यो टिप्स निकै उपयोगी हुनसक्छ ।

पछिल्लो समय नेपालको व्यावसायिक जगतमा उल्लेख्य सफलता हासिल गरी स्थापित भएका व्यवसायी देवी प्रकाश भट्टचनले कसरी बचत गर्ने भनेर टिप्स दिएका छन् ।

प्रभु ग्रुपका अध्यक्ष भट्टचनका अनुसार मनोरञ्जनमा खर्च गर्न सकियो भने मात्रै कमाएके पैसा बचत गर्न सकिन्छ ।

‘प्रविधिसँगै अघि बढेर जाँदा मनोरञ्जन गर्दै अघि बढियो भने मात्रै ठूलो रकम बचत हुन्छ,’ राजधानीमा भएको एक कार्यक्रममा भट्टचनले भने, ‘मनोरञ्जनमा समय दिन सकिएन भने त्यो समय रक्सी, बियर वा मनोरञ्जनका अन्य साधनहरुमा दिमाग डाइभर्ट हुन्छ । र, बचत हुँदैन ।’

भारत र दक्षिण कोरियाबाट रेमिट्यान्स भित्र्याउनका लागि प्रभु बैंकलाई युके एड सक्षमले सहयोग गर्ने सम्बन्धि साइनिङ सेरेमोनि कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

यस्तो छ भट्टचनको भाषणा

दक्षिण कोरिया, भारतबाट रेमिट्यान्स भित्र्याउन विशेष सहयोगका लागि प्रभु बैंकलाई छनौट गर्नु भएकोमा युके एड र सक्षमलाई धन्यबाद दिन चाहन्छु । यहाँहरुले विश्वास गरेर सक्षम ठानी भारत र दक्षिण कोरियाबाट नेपालमा रेमिट्यान्स भित्र्याउन प्रभु बैंकसँग सहकार्य गर्नुभएको छ ।

म एउटा स्मरण गराउन चाहन्छु । प्रभु मनि ट्रान्सफरले २००४ सालमा दक्षिण कोरियामा गएर रेमिट्यान्स भित्र्याउने पहिलो कदम चालेको थियो । राष्ट्र बैंकबाट कोरियामा भएका वाणिज्य बैंकहरुको सहकार्यमा कोरियाको बैंकबाट प्रभु मनि ट्रान्सफरमा रकम पठाउन मिल्ने व्यवस्था हामीले गरेका थियौं ।

जुन बेलामा हामी दक्षिण कोरियामा रेमिट्यान्सको कारोबार गर्न गयौँ, त्यहाँका कारोबारीहरुले नेपालको विनियमदर भन्दा २ रुपैयाँ कममा रकम उठाएर आफ्नो व्यवसाय संचालन गरेका थिए । हामीले नेपालको बैंकिङ माफर्त कारोबार शुरु गर्यौ । त्यो समय नेपालमा पाउने रेट भन्दा करिब १ रुपैयाँदेखि माथि उठाउने ती व्यवसायीहरु रिसाउन थालेपछि हामी हाम्रो कारोबार बन्दगरि नेपालमा फिर्ता आएका थियौं ।

रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको रकम आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउन, स्वास्थ्यउपचार गर्नमा खर्च भएको छ । केही रकम सिनेमा हेर्न, नयाँ सारी लगाउन, नङ पालिस लगाउन पनि प्रयोग भएको छ । विदेशमा पसिना बगाएकाहरुले भविष्यमा आफ्ना सन्ततिले यस्तो भोग्न नपरोस् भनेर बचत गरिरहेका छन् ।

नेपाल र भारतको प्रगाढ सम्बन्ध पार्सलकोरुपमा पहिला भरतिय रुपैयाँ र घरमा पुर्याउने चलन थियो । घरायसीरुपमा अथवा वैदेशिक रोजगारमा जाने व्यक्तिले पार्सल पुर्याउन जाने चलन थियो । भारतको कुनै ठाँउमा काम गर्ने नेपाली युवाहरुले पालो गरेर दशै तिहारमा र आउँने साथीहरुलाई पर्सलको रुपमा भारतीय रुपैयाँ नेपालमा रहेका परिवारलाई पठाउने गर्दथे । भारतबाट जो नेपाल आउँछ उसैको हातमा भारतिय रुपैयाँ नेपाल पठाउने प्रचलन थियो । यसो गर्दा कतिपय नेपालीहरु भारतिय बस, रेलमा लुटिने सम्भावना धेरै थियो ।

त्यसपछि भारतिय सीमानामा भारतिय शुरक्षाकर्मीहरुबाट पनि रकमको विवरण दिन लगाइने र केही रकम उनीहरुबाटै दायावाया हुने अवस्था थियो । नेपालको पनि भन्सारमा विभिन्न असुविधाहरु थियो । त्यस पश्चात सम्बन्धित ठाँउमा पुर्र्याउन विभिन्न समस्याहरु र असुरक्षाका साथै पैसा ल्याउँदा हुने खर्च जसले पैसा ल्याएर आएको हुन्छ उसैको नाममा पर्ने हुन्थ्यो । व्यक्तिले पठाएको पैसालाई सम्बन्धित ठाँउ वा व्यक्तिसम्म यसरी पठाउनु वाध्यतालाई हामी अन्त्य गर्याै ।

सन् २००६ सालतिर नेपालका अर्थमन्त्री भारत गएको समयमा नेपालमा कसरी रेमिट्यान्स भित्र्याउन सकिन्छ भनेर छलफल गर्नु भयो । नेपालको संसद चलिरहेको बेलामा भएको अर्थमन्त्रीको त्यो भारत भ्रमणले भारतिय रुपैयाँ नेपालमा वैधानिक तवरबाट नै भित्र्याउन मिल्ने भयो भनेर घोषणा भयो ।

सरकारी तवरबाट घोषणा भएतापनि कानुनी प्रक्रियाहरु धेरै लामो थियो । त्यसपछि रिर्जब बैंक अफ इण्डिया र नेपाल राष्ट्र बैंकबीच विभिन्न चरणमा छलफलहरु शुरु भएको थियो । धेरै छलफल पश्चात भारतिय रिर्जव बैंकले भारतका विभिन्न वाणिज्य बैंकबाट रकम उठाएर नेपालको राष्ट्र बैंकमा दिने र त्यो रकम राष्ट्र बैंकले नेपालको विभिन्न वाणिज्य बैंकहरु मार्फत भुक्तानी दिनु पर्ने व्यवस्था गर्नु पर्ने शर्त राखेको थियो । त्यस समय नेपालमा त्यो अभ्यास अलि सम्भव नहोला जस्तो थियो । तर त्यसको शुरुवात पनि प्रभु मनि ट्रान्सफरले २००७ सालमा गरेको थियो । भारतबाट रकम पठाई भारतीय रेमिट्यान्सको शुरुवात हामीले नै गरेका हौँ ।

त्यस्तै नेपालमा हामीले रेमिट्यान्स डेविट कार्डको पनि शुरुवात गरेका हौँ । भारतबाट मात्रै नेपालमा प्रभु मनि ट्रान्सफरमार्फत् मासिक ९० करोड रुपैयाँ भित्र्याउँदै आएका छौं । हाल प्रभु बैंक लगायत अन्य बैंकहरुले पनि यो कार्यको शुरुवात गरिसकेको छन् ।

सक्षमले अनुसन्धान गरेर नै प्रभु बैंकलाई दक्षिण कोरिया र भारतबाट रेमिट्यान्स भित्र्याउन सहयोग गरिरहेको छ । प्रभु बैंकले दक्षिण कोरियामा करिब १ महिनाअघि नै ४ जना कर्मचारी पठाएर कामको शुरुवात गरिसकेको छ । त्यस्तै, भारतको नयाँ दिल्लीमा विगत केही वर्षदेखि प्रभु बैंकको शाखा खार्यालय छ । र, छिट्टै भारतमा प्रभु बैंकको प्रतिनिधि कार्यालय पनि राखिने छ । पुस सम्ममा प्रतिनिधि कार्यालय स्थापना गरिने छ ।

हामीले विदेशमा गएका नेपाली दाजुभाई दिदीबहीनीहरुलाई खर्च कसरी कम गर्ने र बचत गर्ने भनेर सिकाइरहेका छौं । सन् २००७ सालमा प्रभु फाइनान्स शुरु गरेका थियौं । र, त्यो बेला नै फाइनान्स कम्पनीमध्ये सबैभन्दा पहिला रेमिट कार्ड र इन्टरनेट बैंकिङ शुरु गरेका थियौं ।

त्यसपछि राष्ट्र बैंकले मर्जर तथा एक्विजिसन नीति ल्यायो । उक्त नीतिमा हामीले सक्रिय सहभागीता जनाइरहेका छौं । र, भविष्यमा पनि मर्जरमा सहभागीता जनाइरहने डेपुटी गभर्नरज्यूलाई प्रतिवद्धता व्यक्त गर्न चाहन्छु ।

रेमिट्यान्सका रुपमा नेपाल भित्रिएको रकम आफ्नो छोराछोरीलाई राम्रो स्कुलमा पढाउन, स्वास्थ्यउपचार गर्नमा खर्च भएको छ । केही रकम सिनेमा हेर्न, नयाँ सारी लगाउन, नङ पालिस लगाउन पनि प्रयोग भएको छ । विदेशमा पसिना बगाएकाहरुले भविष्यमा आफ्ना सन्ततिले यस्तो भोग्न नपरोस् भनेर बचत गरिरहेका छन् ।

उनीहरुलाई पैसा बचत गराउने उद्देश्यले उनीहरु रहेकै ठाउँमा मनोरञ्जनका साधन पुर्याउने काम गरिरहेका छौं । अब विदेशमा बस्ने नेपालीहरुले नेपाटी टेलिभिजन बाहेक विभिन्न देशबाट प्रशारण हुने १५० च्यानलहरु महिनाको १०० रुपैयाँमै हेर्न सकिने गरी प्रभु टिभी सञ्चालन गरिरहेका छौं । प्रविधिसँगै अघि बढेर जाँदा मनोरञ्जन गर्दै अघि बढियो भने मात्रै ठूलो रकम बचत हुन्छ ।

नोरञ्जनमा समय दिन सकिएन भने त्यो समय रक्सी, बियर वा मनोरञ्जनका अन्य साधनहरुमा दिमाग डाइभर्ट हुन्छ । र, बचत हुँदैन । तर, त्यस्ता व्यक्तिहरुलाई नेपाली कन्टेन्ट दिएर मनोरञ्जन प्रदान गर्न सकियो भने मोटो रकम बचत हुनेछ ।


क्लिकमान्डु