दोबाटोमा तिब्बतः बैंकर दिनेश थकालीको यात्रा संस्मरण

दिनेश थकाली २०७६ वैशाख २९ गते ११:५७ मा प्रकाशित

त्रिभुवन विमानस्थलको प्रस्थानद्धारमा अंगालो आल्दै दिदीले भनिन्- आमा घुम्नुभयो अब बुवालाई पठा एक पटक बेलायत डुल्नलाई ।

दिदीले भनेको कुरा साँझ घर पुगेर बुबालाई भनेँ । मेरो कुरा भुईंमा खस्न नपाउँदै बुबाले भन्नेभयो- ‘जाँदिन बेलायत । बरु तिब्बत लैजा ।’

अनौठो तर मलाई नि मन पर्ने माग आयो । त्यो मिस्टिकल म्याजिक ल्हालासा मेरो पनि चेक लिस्टमा जानै पर्ने ठाउँको सूचिमा थियो ।

भोलिपल्ट २/४ जना साथीभाईलाई सोधेँ कसरी जान सकिन्छ ? केही पत्तो लागेन । सामाजिक संजालको प्रयोग गरे, फेसबुक पोस्टमा दिदी सोविताको रिप्लाई आयो हाम्रो रोयल माउन्टेन बिर्सेको ? तिब्बत पर्मिटको प्राप्तिपछि चीनको गु्रप भिसाको लागि आवेदन गरियो ।

तमा उज्यालो धपक्क बलेको दरबार घुम्दै मनमनै सोचें पश्चिमाहरुले भने जस्तो धर्म र स्वतन्त्रताको पथतिर लम्कन्छ होला तिब्बत पनि । फेरि सोचेँ- तिब्बतीहरुले अहिले स्वास्थ्यको कारणले खान छाडेको बटर टि (नुनचिया) जस्तै धर्मभन्दा विकास तर्फ नै लम्कन्छन् कि आफ्नो सन्ततीको प्रगतीका लागि । कस्तो दोबाटोमा छ तिब्बत ?

एयर चाइनाको विमानद्धारा डेढ घण्टाको उडानमा ३,५०० मिटरमा अवस्थित विश्वकै १३औं अग्लो ल्हासाको गोङ्गर विमानस्थलमा उत्साहका साथ अवतरण गर्यौं ।

आकाशमा हिमाल नै हिमालमाथि उडिरहँदा बुवाले समय समयमा भिडियो बना त भन्दै उहाँले आफ्नो चीनमै बनेको हुवावे फोन दिनुहुन्थ्यो । विहान मर्निङ्ग वाकमा जाँदा साथीभाईलाई तथा घरमा भेट्न आउने नातेदारलाई देखाउने उहाँको मेसो मैले बुझिहालेँ । र, मैले उहाँले भने अनुसार नै गरेँ ।

पतृ खुसी त भगवान पनि खुसी ।

तिब्बतको राजनैतिक संवेदनशिलता, हाम्रो मंगोलियन अनुहार त्यो माथि मुस्ताङ्गको मूल, केही समस्या हुने हो कि भन्ने त्रासदी मनमै थियो । अध्यागमनमा त्यो सत्य सावित भयो । अमेरिका, जापान, युकेमा भ्रमणको भिसा भएको मेरो नेपाली पासपोर्ट देख्ना साथै छेउको कोठामा लगिहाले । भिजिटिङ्ग कार्ड खल्तिमै राखेको थिएँ, यही प्रयोजनलाई । र, दिएँ । अरु पद र पढाई नजरअन्दाज गरेर एलएलबि देखेसी ओह लयर भनेर छाडि दिए । संसार भर जस्तै वकिलको इज्जत यहाँ काम गर्यो ।

नेपालमा वकिलसावहरुको यत्ति इज्जत होला त ? मनमनै सोचेँ ।

अध्यागमनकै एक महिला प्रहरीले नमस्ते तिब्बतमा स्वागत छ, एकछिन बस्नुस् तपाईको गाइड आएर लैजान्छ भनिन्, नेपालीमा नै फरर । भर्खर अध्यागमनमा केरकारमा परिएका बुवा झन्डै ढल्नु भएन चिनियाँ टोनमा नेपाली सुनेर । बुझ्दै जाँदा पछि थाहा भयो, तातोपानी नाकामा बसेका चिनियाँ तथा तिव्बतीहरु मज्जाले नेपाली बोल्दा रहेछन् ।

पोटाला दरबार तथा रैथाने तिब्बेतनहरुले आफ्नो धार्मिक राजनैतिक स्वतन्त्रताका साथै गुमाएका आस्थाका केन्द्र धर्मगुरु दलाई लामालाई मिस गरे जस्तो लाग्यो ।

गाईड केल्साङ्गले खादा लगाइदिँदै गर्दा बुवाले सोध्नु भयो, ढ्होक्पा र्हे ? अर्थात् तिब्बेतियन हो ? ती गाईड नि कस्सो फेन्ट भएनन् !

तिब्बेतियन भाषा सुनेर । पोखरा पृथ्विचोकमा क्याम्प रहेकोले गुम्वा गइरहने बुवालाई केही भाषा ज्ञान भएकोमा मलाई चाहीँ उहाँले तिब्बेतियन बोल्दा डिपोर्ट हुने हो कि भन्ने डरले पिरोल्न थाल्यो । अझ केल्साङ्गले ब्रिफिङ गरे- राजनैतिक कुरा नगर्नु, गाइड बिना गुम्वावा दरवार नजानु, जहाँ पायो त्यहीँ फोटो नखिच्नु, सरकारी चिन्ह भएको बिल्डिङ वरिपरि नबस्नु तथा दलाई लामाको कुरा नगर्नु ।
मनको उत्साहमा चिसो खन्याए झैं भयो ।

अचानक उचाइमा जाँदा लेक लाग्ने भएकाले एक दिन ‘एक्लिमेटाईजेशन’ का लागि बस्नु पर्ने आइटनरी रहेछ । बेलुकी बसेको याक होटलबाट पश्चिमतर्फको चोकनिर बाबुछोरा टहलियौं । साच्चै, चिसो स्वच्छ हावा, मनमोहक दृश्य, कलात्मक कुँदिएका भवनहरु । मन आनन्दित भयो । झट्ट फोन निकालेँ । खिच्न मिल्ने हो कि होइन, अन्यौल परेँ । जे परे पर्छ भनेर हिँड्दा हिँड्दै बुवाको फोटो र आफ्नो सेल्फी लिए । मनमनै पक्राउ परिने हो कि भन्ने भय हुँदाहुँदै पनि ।

तिब्बतको आफ्नै भाषा, कला, सभ्यता तथा राजनैतिक धार्मिक इतिहास छ । तिब्बेतियन राजाहरुमध्ये ७औं राजा स्रोङ्गचन गम्पोको धेरै योगदान देखिन्छ । १४औं राजा दलाई लामाले सन् १९५९मा देश छोड्दासम्म बसेका पोटाला दरबार लगायत सो अगाडी तिब्बतको प्रशासनिक कार्यको प्रयोग भएको ड्रेपुङ्ग दरबार, नोर्बुलिङ्कका दरबार र सेरा गुम्वामा समेत उनै राजाको मूर्ति निकै महत्वका साथ राखिएको छ ।

गोङ्गर एयरपोर्टबाट निक्लेर ल्हासासम्मको ६२ किलोमिटरको यात्रामा नै दर्जन बढी टनेल बनेको पाईया, जसले हाम्रो देश पहाडले गर्दा पछाडी परेको रहेनछ भन्ने आभाष दिलायो । ६,१६८ मिटरको उचाइमा अवस्थित सिचुवान–तिब्बत हाइवेमा नै ७ किलोमिटरसम्मको टनेल बनेको रहेछ ।

७ औं शताब्दीतिर त्यसताका नेपालकी राजकुमारी भृकुटीलाई बिवाह गरेका राजा स्रोङ्गचन गम्पोले ज्होखाङ्ग गुम्बा बनाएको पाईन्छ । सन् १९६० ताका सांस्कृतिक क्रान्तिको मौकामा धेरै गुम्बा, धार्मिक किताब तथा मूर्तिहरु तोडफोड भएकोमा सो को अवशेषको रुपमा केही जलेको कालो काठहरु अहिले पनि सो गुम्बाको प्रबेशमा देखिन्छ ।

मानव समबेदनाले होला नेपाली चेलीको दरबार भनेपछि अर्कै लाग्यो, पोटाला दरबार भन्दा ज्होखाङ्ग दरबार मलाई बढी आस्थावान लाग्यो । अन्य सबै गुम्बा तथा दरबारहरु दक्षिण फर्केकोमा सो गुम्बा नेपाली संस्कृती अनुसार पूर्व फर्केको छ । त्यसमा नेपालबाट नै लगिएको मूर्ति फुटाइएकोमा पुनरुत्थान गरेर हाल उत्तरमा रहेको रामोच्छे गुम्बामा राखिएको छ ।

तिब्बतमा पाइला टेकेदेखि नै वि च्याट, टिकटक लगायत चीनले प्रबद्र्धन गरेका बाहेक अन्य विधुतिय सामाग्री मेरो फोनमा चलेको थिएन । काठमाण्डौंभित्र नै पनि जुनसुकै नयाँ ठाँउमा जानु पर्दा गुगल म्याप चलाउनु पर्ने तथा जे पनि गुगल सर्च गर्ने बानी भएकोमा भ्रमण नै कस्तो तरकारीमा नुन नभएको तथा उकुस-मुकुसयुक्त जस्तो लाग्यो ।

पोटाला दरवारमा छिरेपछि एक घण्टामा बाहिर निक्लिसक्नु पर्ने रहेछ । कारण, तिब्बत अटोनोमस क्षेत्रमामात्र सन् २०१८ मा मात्र ३ करोड पर्यटकले भ्रमण गरे । जसबाट पर्यटन क्षेत्रको मात्र आम्दानी ७.२ अर्व अमेरिकी डलर रह्यो । २०१९ मा सो संख्या ४ करोड पुग्ने अनुमान गरिएको छ । पोटालाको भिडलाई व्यवस्थापन गर्न सो समय तोकिएको रहेछ । चौथौं दिनमा ब्रम्हपुत्र किनार हुँदै याम्द्रुक छो तालको भ्रमणमा निक्लिदाँ तिब्बतको त्यो धार्मिक राज्यमा भौतिक प्रगतिका लागि चीनले गरेको लगानीको स्पष्ट झलक देखियो । हिमाल नै रहेको करिव ४६०० मिटरको उचाईमा समेत हाम्रो राजमार्गभन्दा राम्रो पिचबाटो बनेको छ ।

मर्दीको उकालो चढ्दा बैंकर दिनेश थकालीलाई फुरेका ५ व्यवस्थापकीय शूत्र

दाँयाबाँया हिमाल अनि बीचमा बाटो हुँदै गुड्दा प्रकृति र विकासको उत्कृष्ट सम्मिश्रणको महशुस भयो । गोङ्गर एयरपोर्टबाट निक्लेर ल्हासासम्मको ६२ किलोमिटरको यात्रामा नै दर्जन बढी टनेल बनेको पाईया, जसले हाम्रो देश पहाडले गर्दा पछाडी परेको रहेनछ भन्ने आभाष दिलायो । ६,१६८ मिटरको उचाइमा अवस्थित सिचुवान–तिब्बत हाइवेमा नै ७ किलोमिटरसम्मको टनेल बनेको रहेछ ।

पोटाला दरबारबाट पूर्वतर्फको चोकमा केएफसीमा टन्नै चिनियाँ तथा तिब्बेतियनहरु खाइरहेको भेटियो । अलि तल बर्गर किङ्ग, पुमा, जिप, एडिडास लगायतका बिदेशी दोकानहरु थिए । त्यहीमाथि पोटाला दरबारमा छैठौं/सातौं शताब्दीमा बनेका बिशाल सुनजडित हजारौं मूर्तिहरु, सुनको अक्षरमा लेखिएका धार्मिक आलेखहरु, ठूल्ठूला लामाहरुको अस्तुहरु, कलात्मक मण्डलाहरु तथा बडेमानका स्तुपाहरु थिए । पुरानो मात्र होइन आगामी दनमा पुनरागमन हुने मैत्रेय बुद्धको समेत मूर्ति कल्पना गरेर राखिएको छ ।

ज्होखाङ्ग गुम्बाको वरिपरि बर्खोर बजार रहेको छ जुन यहाँको असन बजार जस्तै तिबेतियनहरुको परम्परागत बजार । छुर्पी, चिया, चौंरीको घ्यू, याकको मासु, परम्परागत पहिरनहरु, पारा (तिबेतियनहरुले खेल्ने सामाग्री), खादा, धुप तथा पूजाका सामाग्रीहरु, भाँडाकुँडा एवं जडीबुडीहरु बेच्न राखिएको सो बजारको चोकमा पुरानो चलन अनुसारको गहनाको मार्केट पनि रहेछ । सो मार्केटमा उभिएरै व्यापार हुने, किन्ने र बेच्ने नबोलीलामो कपडाको बाहुलाभित्र हात छिराई भित्र नै इशाराको माध्यममा मूल्य छिन्ने रहेछ । सो क्षेत्र रैथाने तिब्बती बौद्धहरुको बाहुल्यता पाएँ । अन्य ठाउँमा चिनियाँ समुदायले व्यापार ओगटेको देखिन्छ ।

यसरी मूल्यांकन गर्दा तिब्बतले बाटो, शिक्षा, पर्यटन, प्रविधि, हाइड्रोलगायतमा राम्रो प्रगती गरी आर्थिक सबलता तथा स्थायीत्वतिर लम्केको देखिन्छ भने पोटाला दरबार तथा रैथाने तिब्बेतनहरुले आफ्नो धार्मिक राजनैतिक स्वतन्त्रताका साथै गुमाएका आस्थाका केन्द्र धर्मगुरु दलाई लामालाई मिस गरे जस्तो लाग्यो ।

तिब्बतमा पाइला टेकेदेखि नै वि च्याट, टिकटक लगायत चीनले प्रबद्र्धन गरेका बाहेक अन्य विधुतिय सामाग्री मेरो फोनमा चलेको थिएन । काठमाण्डौंभित्र नै पनि जुनसुकै नयाँ ठाँउमा जानु पर्दा गुगल म्याप चलाउनु पर्ने तथा जे पनि गुगल सर्च गर्ने बानी भएकोमा भ्रमण नै कस्तो तरकारीमा नुन नभएको तथा उकुस-मुकुसयुक्त जस्तो लाग्यो ।

नेपाल फर्किनेको अघिल्लो रात एक्लै राति पोटाला दरबारलाई परिक्रमा लगाएँ । रातमा उज्यालो धपक्क बलेको दरबार घुम्दै मनमनै सोचें पश्चिमाहरुले भने जस्तो धर्म र स्वतन्त्रताको पथतिर लम्कन्छ होला तिब्बत पनि । फेरि सोचेँ- तिब्बतीहरुले अहिले स्वास्थ्यको कारणले खान छाडेको बटर टि (नुनचिया) जस्तै धर्मभन्दा विकासतर्फ नै लम्कन्छन् कि आफ्नो सन्ततीको प्रगतीका लागि । कस्तो दोबाटोमा छ तिब्बत ?

चार्टर्ड एकाउन्टेन्ट दिनेश थकाली प्रभु बैंकको प्रमुख संचालन अधिकृत (सीओओ) हुन् ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स