मर्दीको उकालो चढ्दा बैंकर दिनेश थकालीलाई फुरेका ५ व्यवस्थापकीय शूत्र

दिनेश थकाली २०७५ फागुन ९ गते १३:१२ मा प्रकाशित

गतसाता प्रकृतिले सम्पूर्ण डाँडा सेताम्मे हुनेगरि खुला दिलले दिएको पूर्णहिमपातले जुम्ला र मुस्ताङका स्याउबारीलाई झैं मेरो मानसपटलमा केहीअघि म र मेरी जीवन संगिनीले गरेको मर्दी भ्रमणको स्मरण भयो । हामीआज जे छौं, त्यो हरेक अन्य मानिससँगको अन्तरक्रिया, विभिन्न आरोह-अवरोहको अनुभवको संगालो, समय तथा वातावरणसँगको घर्षणले खारिएर बनेको हुन्छ भन्ने मेरो मान्यता हो ।

यस भ्रमणले पनि केही मात्रामा व्यवस्थापनका मिहिन तर महत्वपूर्ण शूत्रहरु पुनराबृत्ति गरी मनन गर्न सहयोग गरेको छ ।

लिनियर प्रक्षेपण भ्रामिक हुनसक्छः एकाबिहानै पोखराबाट ट्याक्सीमा फेदीहुँदै धम्पुस पुगियो । हेम्जामा फिर्केखोला दाहिने हुँदै फेदीसम्म लगभग समथरमा गुडेको मारुतीलाई त्यसपछि धम्पुसको उकाली चढ्न हम्मे-हम्मे भयो । धम्पुसदेखि पैदल पोथनासम्म फेरी मत्थर उकालो लागेका हामीलो क्याम्पको ३०५० मिटरको उकालीमा पुग्दा पृथ्वीको गुरुत्वकार्षण भर्सेस/पिँडूलाको शक्तिको राम्रै मापन भयो ।

काम फत्ते भयो भन्ने महशुस भएर हो वा त्यति धेरै हिँडेर मेहनतको फल मिठो हुन्छ भन्ने उखान चरितार्थ भएर हो । दुई पलमै मिठो निन्द्रामा परेछु, बिनाएसीको बातानुकुलित चिसो सिरेटोमै । काम नगर्ने खाली खोइरो खन्ने प्रबृत्तिकाले बुझ्नु पर्ने अन्तिम चुरो कुरो ।

व्यवस्थापनमा धेरैजसो कार्य प्रक्षेपणको आधारमा गरिन्छ । प्रक्षेपण सामान्यतया लिनियर गरिन्छ । अर्थात् निश्चित अनुपातमा बृद्धि वा कम हुने भन्ने अनुमान गरिन्छ । यदि पोखरादेखि पोथनासम्मको लगभग १५ डीग्रीको उचाईलाई प्रक्षेपण गर्ने हो भने तेस्रो दिन पुगिने बेस क्याम्पको ४५०० मिटरको उचाईमा जम्मा तल्लो क्याम्पको उचाईको अनुमानित लक्ष्य हुन्छ । यसले २ दिनको अनुमान चुक (प्रोजेक्सन इरर) हुन जाने देखिन्छ ।

तर तात्पर्य प्रक्षेपणहरु काम नै लाग्दैनन् भन्ने होइन । प्रक्षेपणहरु मोटामोटी अन्दाजका लागि उपयुक्त हुनसक्छ । र, सम्पूर्ण जानकारी सहित गरिएको प्रक्षेपणमा चुकको सम्भावना कम हुन्छ ।

उकाली गाह्रो, ओराली सजिलोः मेरो जन्मथलो नभएपनि सम्पूर्ण थकालीहरुको पुर्ख्यौली हो मुस्ताङ । अहिले जस्तो सहज बाटो नहुँदा घोडाको प्रयोग बढी हुन्थ्यो । घोडाको उकाली चढ्ने क्षमता पनि मान्छेको जस्तै असंगती हुन्छ । मुल्य त्यसै अनुसार फरक पथ्र्यो । उकालीमा सुस्ताउने घोडालाई ‘ल्ह्न्च्या’ अर्थात् अल्छी भनिन्छ । उकालीमा सजिलो गरि बोक्नेलाई ‘ल्ह्म्बु’ अर्थात् लिडर वा नेता भनिन्छ ।

पोथनादेखि माथि लाग्दा सबैको रफ्तारमा भिन्नता देखियो । जब उकाली आयो अनि बल्ल सबैको स्टामिना तथा कोलेस्ट्रोल लेभलबिना रक्तचापको पक्का जाँच भयो । यसले सम्झनामा ल्यायो, समथरमा त सबै हिँड्छन्, उकालीमा कुदे पो पौरखी । ठ्याक्कै त्यही कुरा व्यवस्थापनमा लागू हुन्छ, रिसाइलेन्स नै पक्का लिडरको हुनु पर्ने मुख्य गुण हो । सहज अवस्थामा नेतृत्वको जाँच हुँदैन । अप्ठ्यारो परिस्थितिमा संस्थालाई कसरी परिचालित गर्न सकिन्छ ? यसले नै लिडरसिप प्रमाणित हुन्छ ।

अंग्रजीमा  भनिन्छ- दिस इज नट दि एण्ड बट जस्ट ए टर्न । संघर्ष त्यस्तै नै हो । अनन्तः अनि निरन्तर । भर्खर क्करियर गरेकाले बुझ्नुपर्छ, धैर्यताभन्दा अर्को ठूलो शूत्र छैन सफलताको ।

नपहिल्याएको बाटोः उकाली चढ्दा विशेषतः दुईवटा बाटा हुन्छन् । एउटा सहज तेर्सो बाटो हुन्छ, उकालो बिस्तारी जाने तर लामो । यो बाटो सजिलो पहिचान हुन्छ । अर्को बाटो त्यति पहिल्याउन सहज हुँदैन । तर बाटोसँग परिचित स्थानीयहरुले प्रयोग गर्छन्, त्यो बाटोमा भीड हुँदैन । चाँडो चढ्न सकिन्छ तथा अलि असहज हुन्छ । सबैले हिँडेको बाटोले जित्न सकिन्न । उकालीको जस्तै एकल बाटोमा अरुलाई उछिन्न सकिन्न । व्यवस्थापनमा ‘जिकज्याक’ सिद्दान्त भन्ने हुन्छ ।

अरु यो कुनामा हुँदा हामी सो भन्दा अगाडी अर्को कुनामा हुन सक्नुपर्छ । अरुले जे गर्यो त्यही गरेर विजयी हुन सकिँदैन । नयाँ बाटोहरु पहिल्याएर हिँड्न सक्नु नै सफल लिडरको अर्को आवश्यक गुण हो । मर्दीको उकालीमा सम्झेको अर्को सुत्र यो पनि हो ।

संघर्ष अनन्त यात्रा होः पोथनामा चिया खान बस्दा नै मेरी जीवनसाथी बिसाउने चौतारी खोज्न थालिसकेकी थिइन । त्यसपछिको लो क्याम्पसम्मको यात्राको उकाली हामी नहिँड्नेलाई सगरमाथा चढेजस्तै भयो । एकहातमा रहेको लठ्ठी तथा अर्को छातीसम्म उठेको खुट्टाको साहारामा निरन्तर यात्रा गरियो । उकालो चढ्दा आँखाले देखुन्जेलको चोसो नै अन्तिम टुप्पोजस्तो लाग्ने । तर त्यो आशा निमेश भरलाई हुने, अलिअघि पुगेपछि फेरी थप उकाली देखिने । खुइय खुइय गर्दागर्दै करीब ४ बजे बल्ल लो क्याम्प पुगियो । मोवाइलको नेटवर्क आउने जाने थियो ।

बिहान लो क्याम्पबाट हिँड्दा एक टाकुरो नेटवर्क देखियो । भाई राजु, जसले केही अघि त्यही उकालो नापीसकेका थिए । उनले फोन थिचे । लो क्याम्पपछि त सम्म सम्म छ सर, एकछिन हो भन्दै उनले ढाडस दिलाए ।

वातावरणसँग जति चाँडो घुलमिल हुन सक्यो, त्यति नै अस्तित्व बचाउन र आफ्नो कार्यमा रमाउन सकिन्छ

के को हुनु एकछिन ? सम्म आएजस्तो फेरी उकाली, मनमनै गाली गरे- मोरा । हाई क्याम्पमा पुगेपछि यसो बिसाएर हेरेँ । माथि बेस क्याम्पतिर मान्छे हिँडिरहेका थिए । त्यसभन्दा पनि माथि मार्दी हिमाल हाँसिरहेकी थिइन । त्यसैले अंग्रजीमा  भनिन्छ- दिस इज नट दि एण्ड बट जस्ट ए टर्न । संघर्ष त्यस्तै नै हो । अनन्तः अनि निरन्तर । भर्खर क्करियर गरेकाले बुझ्नुपर्छ, धैर्यताभन्दा अर्को ठूलो शूत्र छैन सफलताको ।

परिस्थितिजन्य समायोजनः व्यवस्थापनको अर्को महत्वपूर्ण कुरा हो, जस्तोसुकै अवस्थामा घुलमिल हुनसक्नु । सम्भवत बिहान व्युझिँदा सबैभन्दा अगाडी स्वाभाविक रुपमा मोवाइलमा हात जान्छ मेरो । अटोमेटेड रुपमा । बेलुकी सुत्दासम्म पनि मोबाइललाई नै अन्तिम गुडनाईट गरिन्छ । तर यो यात्रामा सो मोबाइल राती लघुशंका जादा टर्च बाल्ने बाहेक काम भएन । आक्कलझुक्कल नेटवर्क आउँदा बाहेक अन्य बेला फोन लागेन ।

सोलारले चार्ज भाको होटलको व्याटरी व्याकअप खाना खाइसक्दा चैट भइसकेको थियो । अँध्यारोमा छाम्दै खाट पहिल्याउनु बाहेकको बिकल्प थिएन । हाई क्याम्पमा रेष्टुरेन्टमा पोस्टर थियो, मोबाइल चार्ज गरेको २०० रुपैयाँ मात्र । मानिसजस्तो अनुकुल गर्न सक्ने जीव अन्य छैन । ए यस्तोभए बर्वादै हुन्छ भनि सोच्नु मिथ्या हो ।

समय र परिस्थितिसँग आवश्यकता सापेक्ष छ, निरपेक्ष छैन । जे चीज हामी अपरिहार्य भन्छौं त्यो नभए पनि फरक पर्दैन । त्यसैले जस्तो पर्छ, त्यस्तै टर्छ भन्छन् । वातावरणसँग जति चाँडो घुलमिल हुन सक्यो, त्यति नै अस्तित्व बचाउन र आफ्नो कार्यमा रमाउन सकिन्छ ।

हाई क्याम्प पुगेर होटलमा भारी बिसाएपछि मलिलो लागेको घाममा एक क्यान बियर लिएर नजिकको ढिस्कोबाट ढुंगा फाल्दा लाग्लाजस्तो दुरिको हिमाललाई निहालेँ । दुई पलमै मिठो निन्द्रामा परेछु, बिनाएसीको बातानुकुलित चिसो सिरेटोमै । हिँड्ने यहीसम्म हो ।

काम फत्ते भयो भन्ने महशुस भएर हो वा त्यति धेरै हिँडेर मेहनतको फल मिठो हुन्छ भन्ने उखान चरितार्थ भएर हो । काम नगर्ने खाली खोइरो खन्ने प्रबृत्तिकाले बुझ्नु पर्ने अन्तिम चुरो कुरो ।

(चाटर्ड एकाउन्टेन्टसमेत रहेका थकाली प्रभु बैंकको प्रमुख सञ्चालन अधिकृत हुन्)

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स