ऋण तिर्न दवाव आएपछि उन्मुक्ति गराउन चण्डीराज ढकाल महासंघलाई प्रयोग गर्दै



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालको अर्को परिचय छ बैंक डिफल्टरको ।

कर्जा सूचना केन्द्रको ३४५४ दर्ता नम्बर र ४१९६ नम्बर चण्डिराज ढकालको परिचय हो । ऋण नतिरेर कालोसूचिमा परेको चण्डीराज ढकालको नम्बर हो ।

राष्ट्रिय वाणिज्य बैंकबाट ‘मोमेन्टो एपेरल्स’ले लिएको ऋण नतिरेको १० वर्षभन्दा बढीभइक्सो । शक्तिको आडमा नै चण्डिराज ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिन सफल भएका थिए । चण्डीजस्तै व्यापारीहरुले ऋण नतिरेपछि पूर्ण सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंक कुनैबेला धरासायी भएको थियो । सरकारले विश्व बैंकबाट ऋण लिएर वित्तीय क्षेत्र सुधार कार्यक्रम संचालन गर्नु परेको थियो ।

सर्वसाधारणले ऋण नतिर्दा लिलामीमा लैजाने बैंकले चण्डिराज ढकाललाई भने अहिलेसम्म छुट दिदै आएको छ ।

एक दशक अगाडि चण्डीराज ढकालको ऋण सेटल गर्नको लागि महासंघको टोली लागेको थियो । धेरै चरणको कुराकानीपछि ऋण तिर्नको लागि चण्डीराज सहमत भएपनि रुग्ण उद्योगमा पारेर ऋण नतिर्ने खेलमा लागेपछि त्यो वार्ता त्यतीकै सकियो ।

‘हाम्रा धेरै व्यापारीहरु बैंकको ऋण तिर्न नसकेपछि सडकमा आउनु परेको छ,सर्वसाधारणको त झन कुरा नै नगरौ,चण्डीजीलाई महासंघको आडमा सधै छुट हुँदै आएको छ,’ऋण कम गर्न कुनैबेला लागेका एक व्यवसायीले भने ।

पछिल्लो समय अर्थमन्त्रालयले जसरीपनि चण्डीराज ढकालको ऋण चुक्ता गर्नको लागि राष्ट्रिय वाणिज्य बैंकलाई दवाव दिएको छ ।

त्योसँगै वाणिज्य बैंकले असार मसान्तको सिमा तोकेर चण्डीराज ढकाललाई ऋण तिर्न आउनको लागि ताकेता गरेको । असार मसान्तसम्ममा चण्डीराज ढकाल ऋण तिर्न नआएमा बैकिङ कसुरमा मुद्दा लगाउने तयारी वाणिज्य बैंकले गरेको छ । अन्य धेरै व्यापारीहरु यसरी ऋणको दुरुपयोग गर्दा बैकिङ कसुरमा मुद्दा खेपेका छन् ।

‘अहिलेपनि महासंघको आडमा ऋण नतिर्नको लागि चण्डीराज ढकालले लबिङ गर्दै आएका छन्, राजनीतिक दवाव नहुँने भने उनलाई बैकिङ कसुरको मुद्दा लगाउन कुनै कठिनाई छैन,’वाणिज्य बैंकका एक अधिकारीले भने ।

चण्डीराज ढकालले बैंकसँग ऋण तिर्छु भन्ने र महासंघ पूर्व अध्यक्षको हैसियतले राजनीतिक लबिङ गर्दै यसलाई टार्ने काम गर्दै आएका छन् । ‘ऋण तिर्नको लागि ताकेता गर्यो,शक्तिकेन्द्रबाट फोन आएपछि पछाडि हट्नुपर्ने वाध्यता छ,’एक वाणिज्य बैंकका कर्मचारीले भने ।

चण्डीराज ढकालले वाणिज्य बैंकबाट ३० करोड ऋण लिएको दुई दशक भइसक्यो । उनले ऋणको किस्ता र ब्याज नतिरेको पनि १० वर्षभन्दा बढीभइक्सो । अहिले सावा,ब्याज र जरिवाना गरेर डेढ अर्ब रुपैयाँभन्दा बढी तिनुपर्ने छ । चण्डीले ऋण तिर्न आएमा छुट दिने बैंकले जनाएको छ ।


क्लिकमान्डु