बीमा गर्दै हुनुहुन्छ ? यी कुरामा ध्यान दिनुहोस्



काठमाडौं । पछिल्लो समय नेपाली समाजमा बीमा गराउनेको संख्या बढ्दै गएको छ । बीमा सम्बन्धि ज्ञान भएर होस् वा नभएर नै किन नहोस, बीमा गराउनेको संख्या बढ्दै गएको बीमा कम्पनीहरुको भनाई छ ।

बीमाको विषयमा अहिलेका नागरिकमा चेतना बढ्दै गएसँगै बीमा गराउनेको संख्या बढेको हो । बीमा गराउनेको संख्या बढेसँगै बीमा कम्पनीहरुको संख्या पनि बढिरहेको छ ।

आम मानिसमा यतिबेला कुनै दुर्घटना वा त्यस्तै प्रकृतिका घटना घटेमा पाउने क्षतिपूर्तिका लगि बीमा आवश्यक रहेको बुझाई छ । कुनै दुर्घटना वा अन्य कारणले गर्दा शरीरमा चोटपटक लागेको खण्डमा उपचार गराँउदा क्षतिपूर्ति पाउने हुदाँ आर्थिक रुपमा सहज हुने सर्वसाधारणको बुझाई छ । जीवन बीमासँगै हाम्रो समाजमा पशुबीमा, कृषि बीमा लगायतका बीमाका पोलिसीहरु पनि बनि रहेका छन् ।

त्यसैले बीमा गर्नु अघि कस्तो संस्थामा गर्ने, कुन पोलिसी लिने लगायतका विषयमा जानकारी हुनु आवश्यक छ । बीमा गर्नु अघि यी विषयमा ध्यान दिनु आवश्यक छ ।

प्रस्ताव फारममा खुलाउनुपर्ने सम्पूर्ण विवरणहरु स्पष्टसँग खुलाई भर्ने गर्नुपर्दछ । बीमालेखमा उल्लेखित सम्पूर्ण शर्त एवं सुविधाबारे जानकारी लिएर मात्र बीमा भर्ने, बीमितले आफ्नो पेशा, व्यवसाय एंव आर्थिकस्तर समेतलाई मध्यनजर गरी बीमालेख खरिदगर्ने गर्नुपर्छ ।

बीमितले बीमा शुल्क बुझाउने, बीमालेख नवीकरण गर्ने समय, इच्छाएका व्यक्तिको नाम, बीमालेख वापत रकम पाउने÷नपाउने जस्ता विषयमा बीमालेख खरिद गर्नु अगाडी नै बुझ्नुपर्दछ , बीमिले बीमा शुल्क बुझाएपछि यसको आधिकारिक भर्पाइ वा रसिद लिनुपर्दछ ।

बीमा सम्बन्धी प्रस्ताव फारम बीमित स्वयंले भर्नुपर्छ । बीमित निरक्षर वा प्रस्ताव फारम भर्न नसक्ने भएमा निजले ताकेको व्यक्तिले प्रस्ताव फारम भर्नुपर्छ । बीमितले आफूले बीमा गर्न लागको बीमा कम्पनीको बारेमा राम्रोसँग बुझेर मात्र बीमा गर्नुपर्दछ ।

बीमालेख नवीकरण गर्न समय ख्याल गरी सममयमै बीमालेख नवीकरण गर्नुपर्नेछ भने बीमा सम्बन्धी नीति नियमहरुबारे सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ ।

आफूले खरिद गरेको बीमालेखसँग सम्बन्धित सम्पूर्ण कागजातहरु सुरक्षित राख्नुपर्दछ भने प्रविधिको विकाससँग विभिन्न बैंक तथा एसएमएस लिएर मात्र गर्नुपर्छ ।

बीमले आफ्नो आवश्यकता र आम्दानीको स्रोतलाई ध्यानमा राखेर मात्र बीमा गर्नुपर्दछ । अन्यथा समयावधि पूरा नहुँदै बीमालेखलाई निरन्तरता दिन नसकिने हुन सक्दछ । बीमा गरिसकेपछि आफूले बीमा गरेको बारेमा परिवारका सदस्य तथा इच्छाएको व्यक्तिलाई जानकारी गराउन भुल्नु हुँदैन । बीमा गर्ने मान्छेले यी विषयमा सँधै ध्यान दिनुपर्दछ ।


क्लिकमान्डु