स्प्रेडको नयाँ गणनाविधिले बैंकहरुको १७ अर्ब बढी आम्दानी घट्ने, कुन बैकको कति घट्छ ? (सूचिसहित)



काठमाडौं । चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा नविल बैंकले २ अर्ब १७ करोड ६८ लाख रुपैयाँ नाफा कमायो । यो अवधिमा बैंकले १ खर्ब ३९ अर्ब २८ करोड रुपैयाँ निक्षेप संकलन गरेर १ खर्ब ३० अर्ब ७१ करोड रुपैयाँ कर्जा प्रबाह गर्यो ।

यो अवधिमा बैंकले ३ अर्ब ८ करोड रुपैयाँ सञ्चालन आम्दानी गर्यो ।

पुस मसान्तमा बैंकको कर्जा-पुँजी-निक्षेप अनुपात (सीसीडी रेसियो) ७८.५० प्रतिशत छ । अर्थात् नविल बैंकले १०० रुपैयाँ निक्षेप लिएर ७८.५० रुपैयाँ मात्रै ऋण दियो ।

स्प्रेडको नयाँ गणनाविधिले बैंकको आम्दानी ३२% ले घट्ने

बाँकी रहेको २१ रुपैयाँ ५० पैसामध्ये ४ रुपैयाँ बिनाब्याज अनिवार्य नगद मौज्दात राख्यो भने १७ रुपैयाँ ५० पैसा ३/४ प्रतिशत ब्याज आउने सरकारी बण्डहरुमा लगानी गर्यो । सरकारी बण्डमा गरिएको लगानीबाट आउने आम्दानी बैंकको कूल ब्याज आम्दानीको भारित औषतलाई ०.८५ प्रतिशत मान्दा बैंकको स्प्रेड दर ५.६२ प्रतिशत हुन आउँछ । पुस मसान्तमा बैंकको स्प्रेड दर ४.७७ प्रतिशत छ ।

राष्ट्र बैंकको स्प्रेडसम्बन्धी नयाँ नीतिले सरकारी बण्डमा गरिएको लगानीबाट प्राप्त आम्दानीलाई स्प्रेडमा गणना गर्न पाइँदैन ।

स्प्रेड घटाएर बैंकहरुको आम्दानीमा अंकुश लगाइरहेका बेला व्यवसायीहरुले बैंकको ब्याज बढी भएको भन्दै आन्दोलन गरे । व्यवसायी आन्दोलनमा उत्रिएपछि बैंकहरुले स्प्रेडको गणनाविधि नै परिवर्तन गर्यो । नयाँ गणनाविधिले बैंकहरुको मोटो आम्दानी घट्दा नाफा ह्वात्तै घट्ने देखिएको छ ।

बैंकहरुले अहिले स्प्रेड दर ५ प्रतिशतसम्म कायम गर्न पाउँछन् । तर, ०७६ असार मसान्तसम्ममा स्प्रेड दर ४.५० प्रतिशतमा झारिसक्नु पर्ने भएको छ । जसअनुसार नविल बैंकले आगामी असार मसान्तसम्मा १.१२ प्रतिशतले स्प्रेड दर घटाउनुपर्ने हुन्छ । यो स्प्रेडदर घटाउँदा अहिलेको वासलातको आधारमा बैंकको आम्दानी १ अर्ब ४६ करोड रुपैयाँले घट्छ । जबकी बैंकको नाफा नै २ अर्ब १७ करोड छ ।
यो त एउटा उदाहारण मात्रै हो ।

सबैभन्दा बढी असर त कृषि विकास बैंक बैंकलाई पर्छ । स्प्रेडको नयाँ गणनाविधि अनुसार कृषि विकास बैंकको आम्दानी ३ अर्ब १५ करोड ४९ लाख रुपैयाँ आम्दानी घट्छ ।

एनआइसी एशिया बैंकले चालू आर्थिक वर्षको पुस मसान्तसम्मा १ खर्ब ७५ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४९ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो अवधिमा बैंकले १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ नाफा कमाएको छ ।

जबकी नयाँ गणना विधिअनुसार एनआइसी एशिया बैंकको आम्दानी १ अर्ब ९८ करोड ५७ लाख रुपैयाँले घट्ने देखिन्छ । किनभने पुस मसान्तसम्ममा यो बैंकको स्प्रेड दर ४.९८ प्रतिशत छ ।

नयाँ गणनाविधिले गर्ने औषत असर ०.८५ प्रतिशत हो । त्यसलाई जोड्दा बैंकको कूल स्प्रेड दर ५.८३ प्रतिशत हुन्छ । राष्ट्र बैंकले भनेको ४.५० प्रतिशतमा झार्न बैंकले १.३३ प्रतिशतले स्प्रेड दर घटाउनु पर्ने देखिन्छ ।

उद्योगी/व्यवसायीको दबाबमा परेर राष्ट्र बैंकले गरेको एउटा व्यवस्थाले वाणिज्य बैंकहरुको १७ अर्ब रुपैयाँभन्दा बढी आम्दानी घट्ने देखिएको हो ।

राष्ट्र बैंकले बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड दर) मा गरेको कडाइले बैंकहरुको अर्बौं बराबरको आम्दानी घट्ने भएको हो ।

बैंकहरुको नाफा बढी भएको भन्दै आलोचना भइरहेका बेला स्प्रेडको गणनाविधि परिवर्तन गरेर राष्ट्र बैंकले बैंकको नाफामा अंकुश लगाउने नीति अबलम्बन गरेको हो ।

वित्तीय क्षेत्र विकास रणनीतिले बैंकहरु स्प्रेडदर घटाउँदै लैजाने नीति लिएको छ । उक्त नीतिलाई राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिमार्फत नै बैंकहरुको स्प्रेडदर घटाउने उल्लेख गरेको थियो ।

मौद्रिक नीतिले ०७६ असार मसान्तसम्ममा स्प्रेड दर ४.५ प्रतिशत भन्दा बढी राख्न नपाइने भनेको छ । राष्ट्र बैंकले गत पुसमा परिपत्र जारी गर्दै ०७५ चैत मसान्तसम्ममा बैंकहरुको स्प्रेड दर ४.७५ प्रतिशतमा झार्नुपर्ने व्यवस्था गरिसकेको छ ।

‘सबैले बैंकहरुले अर्बौं नाफा कमाएको मात्रै देखे तर कति लगानी गरेर कति नाफा कमाएका छन् भनेर कसैले देखेनन्,’ सानिमा बैंकका सीइओ भुवन दाहालले भने, ‘पछिल्लो ५ वर्षमा अधिकांश बैंकहरुको सम्पत्तिमाथिको प्रतिफल (आरओइ) घटिरहेको छ ।’

यसअघि बैंकहरुले स्प्रेड दर ५ प्रतिशतसम्म राख्न पाउँथे । स्प्रेड घटाएर बैंकहरुको आम्दानीमा अंकुश लगाइरहेका बेला व्यवसायीहरुले बैंकको ब्याज बढी भएको भन्दै आन्दोलन गरे ।

व्यवसायी आन्दोलनमा उत्रिएपछि बैंकहरुले स्प्रेडको गणनाविधि नै परिवर्तन गर्यो । नयाँ गणनाविधिले बैंकहरुको मोटो आम्दानी घट्दा नाफा ह्वात्तै घट्ने देखिएको छ ।

‘ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिको मध्यावधि समीक्षामा राष्ट्र बैंकले भनेको छ ।

स्प्रेडको नयाँ गणनाविधि अनुसार औषतमा बैंकहरुको स्प्रेड दर ०.८५ प्रतिशतले घट्ने देखिएको प्राइम बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर बताउँछन् ।

पूरानो गणनाविधि अनुसार कुनै बैंकले १०० रुपैयाँ निक्षेप लिएर ७९/८० रुपैयाँ ऋण दिन्थ्यो । ४ रुपैयाँ बिनाब्याज अनिवार्य नगद मौज्दात (सीआरआर) राख्थ्यो भने १६ रुपैयाँ सरकारी बण्डहरुमा लगानी गर्थ्यो । सरकारी बण्डहरुमा लगानी गर्दा कम ब्याजदर पाइन्छ ।

जसअनुसार कूल ब्याजदरमा सरकारी बण्डहरुमा गरिएको लगानीबाट बैंकहरुलाई हुने आम्दानीको हिस्सा ०.८५ प्रतिशत हुन्थ्यो ।
बैंकहरुले १०० रुपैयाँ निक्षेप लिएर ८० प्रतिशत लगानी गर्दा उक्त ८० प्रतिशत ऋणमा ०.८५ प्रतिशत जोडेर ब्याज लिन्थे । तर, अब यो आम्दानी घट्ने भएको छ ।

तत्कालिन गभर्नर खतिवडाले ९ महिनापछि सच्याएको सुत्र राष्ट्र बैंकले ५ बर्षपछि पूरानै अवस्थामा फर्किएको छ ।

स्प्रेडको नयाँ गणना विधिअनुसार बैंकहरुले सरकारी बण्डमा गरेको लगानीलाई जोडेर स्प्रेड दर मिलाउन नपाउने भएका छन् । अब कायम हुने स्प्रेड दर बैंकहरुले १०० रुपैयाँ निक्षेप संकलन गर्दा तिरेको ब्याज र ८० रुपैयाँ लगानी गर्दा ऋणीसँग लिने ब्यादर बीचको अन्तर चैत मसान्तमा ४.७५ प्रतिशत र असार मसान्तमा ४.५० प्रतिशतभन्दा बढी राख्न पाइने छैन ।

‘स्प्रेडको नयाँ गणनाविधि लागू भएपछि बैंकहरुको निकै धेरै आम्दानी घट्छ’ सीइओ मानन्धरले क्लिकमाण्डूसँग भने, ‘आम्दानी घटेपछि नाफा घट्छ । नाफा घटेपछि लगानीकर्ताले पाउने प्रतिफल पनि घट्छ ।’

पछिल्ला वर्षहरुमा बैंकहरुको प्रतिफल घटिरहेको अवस्थामा आएको यो नीतिले बैंकिङ क्षेत्र धारासायी हुने बैंकरहरु बताउँछन् ।

‘सबैले बैंकहरुले अर्बौं नाफा कमाएको मात्रै देखे तर कति लगानी गरेर कति नाफा कमाएका छन् भनेर कसैले देखेनन्,’ सानिमा बैंकका सीइओ भुवन दाहालले भने, ‘पछिल्लो ५ वर्षमा अधिकांश बैंकहरुको सम्पत्तिमाथिको प्रतिफल (आरओइ) घटिरहेको छ ।’

अर्थतन्त्रको मेरुदण्ड मानिने बैंकिङ क्षेत्र धारासायी हुँदा अर्थतन्त्र नै धारासायी हुन्छ भनेर बुझ्नु पर्ने उनको भनाई छ । त्यसैगरी, सेयर बजारको ७५ प्रतिशतभन्दा बढी बैंकिङ क्षेत्रको हिस्सा छ । बैंकको प्रतिफल घट्ने वित्तिकै सेयर बजारमा ठूलो संकट आउने जानकारहरु बताउँछन् ।

स्प्रेड दरको नयाँ गणनाविधि अनुसार नेपाल बैंकको १ अर्ब १४ करोड ९७ लाख, नेपाल एसबिआइ बैंकको १ अर्ब १० करोड ९२ लाख र प्रभु बैंकको १ अर्ब ७ करोड ५० लाख रुपैयाँ आम्दानी घट्ने देखिएको छ ।

एभरेष्ट बैंकको ७७ करोड ३२ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकको ७५ करोड १७ लाख रुपैयाँ बराबरको आम्दानीमा घट्ने भएको छ ।

त्यसैगरी, स्ट्याण्र्ड चार्टर्ड बैंकको ६० करोड ६५ लाख, जनता बैंकको ५४ करोड ७३ लाख, मेगा बैंकको ५४ करोड ६५ लाख र नेपाल बंगलादेश बैंकको ५१ करोड ४० लाख रुपैयाँ आम्दानी घट्ने देखिन्छ ।

त्यस्तै, सानिमा बैंकको ४५ करोड, बैंक अफ काण्माण्डूको ३७ करोड, सिद्धार्थ बैंकको ३३ करोड, माछापुच्छ्रे बैंकको ३२ करोड र लक्ष्मी बैंकको ३० करोड रुपैयाँ आम्दानी घट्ने देखिन्छ ।

त्यसैगरी, एनएमबि बैंकको २९ करोड, एनसीसी बैंकको २५ करोड, सनराइज बैंकको २३ करोड र ग्लोबल आइएमइ बैंकको १६ करोड रुपैयाँ बराबरको आम्दानी घट्ने भएको छ ।

तर, अहिले जुन बैंकको स्प्रेड दर साढे ३ प्रतिशत छ । ती बैंकलाई भने नयाँ गणना विधिले असर गर्दैन ।

उदाहारणका लागि अहिले प्राइम कमर्शियल बैंकको स्प्रेड दर ३.६२ प्रतिशत छ । यसमा सरकारी बण्डमा लगानी गर्दा हुने औषत आम्दानी ०.८५ प्रतिशत जोड्दा ४.४७ प्रतिशत स्प्रेड दर हुन आउँछ । जबकी राष्ट्र बैंकले नै ४.५० प्रतिशतसम्म राख्न पाइन्छ भनेको छ ।

त्यस्तै, सिभिल बैंकको स्प्रेड दर ३.२३ प्रतिशत छ । यसमा ०.८५ प्रतिशत जोड्दा ४.०८ प्रतिशत हुन्छ । यो राष्ट्र बैंकले गरेको ब्यवस्थाभन्दा पनि ०.४२ प्रतिशतले कम हो । त्यस्तै, सेञ्चुरी बैंकको स्पेड दर ३.६३ प्रतिशत छ । तसर्थ सेञ्चुरीको आम्दानी पनि स्प्रेडको नयाँ गणनाविधिले असर गर्दैन ।

सिटिजन्स बैंकको स्प्रेड दर ३.४५ प्रतिशत छ । यो बैंकको आम्दानीमा पनि स्प्रेडको नयाँ गणनाविधिले असर गर्दैन ।

युवराज खतिवडाको असफलता, चिरञ्जीबी सफल होलान् ?

नेपाल राष्ट्र बैंकले ०७० असोज २४ गते पहिलो पटक निर्देशन जारी गरेर ऋणमा लिने र निक्षेपमा दिने ब्याजको अन्तर (स्प्रेड दर) कार्यन्वयनमा ल्याउन घोषणा गरेको थियो।

त्यतिखेर गभर्नर थिए अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा । उनले जारी गरेको स्प्रेड सम्बन्धी निर्देशनमा १०० रुपैयाँ निक्षेप उठाउँदा ८० प्रतिशत ऋण दिन पाइन्थ्यो। १०० को लागत र ८० रुपैयाँको आम्दानीको अन्तर ५ प्रतिशत हुनुपर्ने व्यवस्था थियो।

बैंकरहरुले तीब्र आलोचना गरे । त्यसपछि बैंकरको दबाब थेग्न जसकेर राष्ट्र बैंक ०७१ साल असार २६ गते निर्देशन सच्यायो ।

नयाँ ब्यवस्थापछि १०० रुपैयाँबाट ८० रुपैयाँ ऋण दिएर उब्रिएको २० रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गरेर हुने आम्दानी पनि स्प्रेडदरमा मूल्यांकन गर्न पाइने व्यवस्था गरियो ।

तत्कालिन गभर्नर खतिवडाले ९ महिनापछि सच्याएको सुत्र राष्ट्र बैंकले ५ बर्षपछि पूरानै अवस्थामा फर्किएको छ । अहिले बैंकहरुले फेरि यो व्यवस्था हटाउन तीब्र दबाब दिइरहेका छन् । गभर्नर डा.चिरञ्जीबी नेपालले दबाब थेग्न सक्लान् कि नसक्लान् ?

Rs:000

Statement of Financial Position Loan and advances Deposits Profit /(loss) for the period Net Interest Spread(Current) Adjusted Net Interest Spread Impact on Income Impact on Income
 SBL     97,507,052   106,384,918   1,069,444 3.99% 4.84% 0.34%       331,524
 LBL     70,571,251     75,894,566      723,792 4.08% 4.93% 0.43%       303,456
 KBL     70,772,203     75,448,539      676,244 3.38% 4.23% 0.00%                 –
 NICA   149,303,944   175,764,356   1,511,459 4.98% 5.83% 1.33%    1,985,742
 MBL     74,653,510     85,176,247      781,379 4.08% 4.93% 0.43%       321,010
 NBBL     51,403,457     52,471,689      793,309 4.65% 5.50% 1.00%       514,035
 NCC     58,442,377     64,717,387      741,174 4.08% 4.93% 0.43%       251,302
 EBL   105,927,470   124,177,926   1,429,916 4.38% 5.23% 0.73%       773,271
 Nepal SBI     90,923,707     97,837,621   1,022,790 4.87% 5.72% 1.22%    1,109,269
 BOK     73,538,302     80,218,277      737,541 4.16% 5.01% 0.51%       375,045
 NABIL   130,710,675   149,382,011   2,176,861 4.77% 5.62% 1.12%    1,463,960
 SCB     50,968,614     65,984,118   1,145,346 4.84% 5.69% 1.19%       606,527
 NIB   127,416,902   142,106,652   1,975,571 4.24% 5.09% 0.59%       751,760
 HBL     98,836,632   106,107,324   1,367,043 NA 0.00% 0.00%                 –
 CZBIL     60,474,435     65,124,281      770,346 3.45% 4.30% 0.00%
 GBIME   102,408,455   113,175,953   1,229,387 3.81% 4.66% 0.16%       163,854
 PCBL     72,604,017     76,727,057   1,060,896 3.62% 4.47% 0.00%                 –
 SRBL     67,753,770     76,062,607      792,754 4.00% 4.85% 0.35%       237,138
 NMB     85,375,659     88,070,975   1,109,942 3.99% 4.84% 0.34%       290,277
 PRABU     88,159,869   104,981,380   1,041,816 4.87% 5.72% 1.22%    1,075,550
 JBNL     63,651,032     68,438,423      634,698 4.51% 5.36% 0.86%       547,399
 MEGA     65,849,351     70,859,462      732,045 4.48% 5.33% 0.83%       546,550
 CIVIL     43,550,637     43,084,586      359,716 3.23% 4.08% -0.42%                 –
 CCBL     58,898,024     64,127,818      518,168 3.63% 4.48% -0.02%                 –
 SANIMA     77,226,975     85,680,841      982,085 4.23% 5.08% 0.58%       447,916
 NBL     85,798,472   105,678,286   1,661,496 4.99% 5.84% 1.34%    1,149,700
 RBB   134,879,753   181,596,629   2,409,962 NA 0.00% 0.00%                 –
 ADB   107,312,576   110,132,753   1,364,294 6.59% 7.44% 2.94%    3,154,990


पुष्प दुलाल