स्प्रेडको नयाँ गणनाविधिले बैंकको आम्दानी ३२% ले घट्ने



काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत् बैंकहरुले निक्षेपमा दिने र कर्जामा लिने ब्याजदर बीचको अन्तर (स्प्रेड दर) गणनाविधि परिवर्तन गरेको छ ।

राष्ट्र बैंकले गरेको नयाँ गणनाविधि अनुसार बैंकहरुको ब्याज आम्दानी ३२ प्रतिशतले घट्ने देखिएको बैंकरहरु बताउँछन् ।

‘ब्याजदर अन्तर गणना गर्ने विद्यमान विधिमा परिमार्जन गरी कर्जा र निक्षेपको भारित औसत ब्याजदरका आधारमा ब्याजदर अन्तर गणना गर्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीतिको मध्यावधि समीक्षामा राष्ट्र बैंकले भनेको छ ।

केन्द्रिय बैंकले व्यवसायीमैत्री नीति लिँदा बैंकहरुलाई समस्या परेको बैंकरहरुको ठहर छ । त्यसैले नेपाल बैंकर्स संघले आफ्ना २८ वटै सदस्यहरुलाई भोलि (बुधबार) बिहान साढे ९ बजे बैठकका लागि बोलाएको छ ।

बैठकको एजेण्डा मौद्रिक नीतिको मध्यावधि समीक्षा भएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाले जानकारी दिए ।

‘बुधबार संघको पूर्ण बैठकपछि हामी हाम्रो आधिकारिक धारणा सार्वजानिक गर्छौं,’ अध्यक्ष ढुंगानाले क्लिकमाण्डूसँग भने ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालका अनुसार राष्ट्र बैंकले गरेको ब्याज अन्तरको नयाँ गणनाविधिले बैंकहरुको ३२ प्रतिशतले आम्दानी घट्ने देखिन्छ ।

‘पूरानो गणनाविधि भन्दा नयाँ गणनाविधिमा १.२० प्रतिशतले ब्याज आम्दानी घट्छ, यो भनेको बैंकको ब्याज आम्दानी ३२ प्रतिशतले घटेको हो ।’

पूरानो गणनाविधि अनुसार कुनै बैंकले ७ प्रतिशत ब्याजदरमा १०० रुपैयाँ निक्षेप लिएर ७८ रुपैयाँ १३.०४ प्रतिशतमा कर्जा लगानी गर्थ्यो । र, १६ रुपैयाँ सरकारी बण्डहरुमा ४ प्रतिशत ब्याजदरमा लगानी गर्थ्यो भने ६ रुपैयाँ बिनाब्याज अनिवार्य नगद मौज्दात राख्थ्यो । यसो गर्दा बैंकको कुल ब्याज आम्दानी १०.८१ प्रतिशत हुन्थ्यो । यो ब्याज आम्दानीमा निक्षेपमा खर्च गरिएको ७ प्रतिशत ब्याजदर घटाउँदा बैंकको खुद ब्याज आम्दानी ३.८१ प्रतिशत हुन्थ्यो ।

४.५ प्रतिशतसम्म स्प्रेड दर राख्न पाइन्छ ।

राष्ट्र बैंकले गरेको नयाँ गणनाविधि अनुसार अब कुनै बैंकले ७ प्रतिशत ब्याज दिएर १०० रुपैयाँ निक्षेप लियो भने ७८ प्रतिशत रकम ११.५ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने हुन्छ । त्यसैगरी, १६ प्रतिशत रकम ४ प्रतिशतमा सरकारका बण्डहरुमा लगानी गर्छ । ६ रुपैयाँ बिनाब्याज अनिवार्य नगद मौज्दात राख्छ ।

पूरानो गणनाविधि अनुसार कर्जा लगानीबाट १०.१७ र सरकारी बण्डहरुमा लगानी गरेर ०.६४ प्रतिशत ब्याज आम्दानी गरी कुल ब्याज आम्दानी १०.८१ प्रतिशत गर्थ्यो ।

पछिल्लो ५ वर्षमा बैंकहरुको सम्पत्तिमाथिको प्रतिफल लगातार घट्दै गएको छ । जसकारण लगानीकर्ताहरुले फाइदा लिन सकिरहेका छैनन् ।

‘तर, नयाँ गणनाविधि अनुसार कर्जा लगानीबाट ८.९७ प्रतिशत मात्रै ब्यजा आम्दानी गर्न सक्ने अवस्था रहन्छ,’ सीइओ दाहालले क्लिकमाण्डूसँग भने ।

सरकारी बण्डहरुमा ४ प्रतिशत ब्याजदरमा गरिएको १६ प्रतिशत रकमबाट ०.६४ ब्याजदर प्राप्त हुन्छ । यो समेत जोड्दा बैंकको कूल ब्याज आम्दानी ९.६१ प्रतिशत हुन्छ ।

बैंकले ७ प्रतिशत ब्याजमा निक्षेप लिएको हुन्छ । कूल ब्याज आम्दानी (९.८१ प्रतिशतमा) निक्षेपको लागत ७ प्रतिशत घटाउँदा खुद ब्याज आम्दानी २.६१ प्रतिशत मात्रै हुन्छ ।

४.५ प्रतिशतसम्म स्प्रेड दर राख्न पाइन्छ ।

‘पूरानो गणनाविधि भन्दा नयाँ गणनाविधिमा १.२० प्रतिशतले ब्याज आम्दानी घट्छ,’ दाहालले भने, ‘यो भनेको बैंकको आम्दानी ३२ प्रतिशतले घटेको हो ।’

बैंकहरुको ब्याज आम्दानी ३२ प्रतिशतले घट्दा बैंकिङ क्षेत्रको कन्तबिजोक नै हुने उनको भनाई छ ।

‘नयाँ गणनाविधिले बैंकहरुको कन्तबिजोक नै हुने देखिन्छ,’ दाहालले भने ।

पछिल्लो ५ वर्षमा बैंकहरुको सम्पत्तिमाथिको प्रतिफल लगातार घट्दै गएको छ । जसकारण लगानीकर्ताहरुले फाइदा लिन सकिरहेका छैनन् ।

सेवाशुल्क लगायतका विषयमा राष्ट्र बैंकले कडाइ गर्दा बैंकको आम्दानी अझै घट्नसक्ने बैंकरहरुको अनुमान छ ।

यस्तो छ गणनाविधि


पुष्प दुलाल