विदेशीको गुनासो नेपालीले ट्रेडमार्क चोरे, ६ महिनामा ट्रेडमार्क चोरीको ६८ वटा उजुरी



काठमाडौं । नेपाली बजारमा ट्रेडमार्कको नक्कल गर्दै सामान उत्पादन बेच्ने कम्पनीहरुको संख्या बढेको छ । उद्योग विभागका अनुसार ट्रेडमार्कको नक्कल गर्नेहरुमा विदेशी भन्दा पनि नेपाली कम्पनीहरु धेरै रहेका छन् ।

विभागको कानुन शाखाका उपसचिव टंक बहादुर महतका अनुसार ट्रेडमार्कको नक्कल गरेको भन्दै हाल सम्म विभागमा ६८६ वटा उजुरी परेका छन् । ‘२०७५ यतामात्र ३११ वटा उजुरी परेको छ भने आव २०७५/७६ मा ६८ वटा उजुरी परेको छ’, उपसचिव महतले भने । उजुरी गर्नेमा विशेष गरी अमेरिकी, बेलायती र भारतीय कम्पनीहरु रहेको विभागले जनाएको छ ।

विभागमा परेका उजुरीहरु मध्ये हाल सम्म ७० वटा भने फैसला भइसकेको बताइएको छ । विभागमा दुई प्रकृतिका उजुरी आउने गरेको छ । उपसचिव महतले भने, ‘ एउटा ट्रेडमार्क दर्ता आवेदन ब्रदर गरी पाँउ र अर्को भनेको ट्रेडमार्क दर्ता ब्रदर गरी पाँउ भन्ने रहेको छ । ट्रेडमार्क दर्ता बदर भन्दापनि टेडमार्क दर्ता आवदेन बदर गरी पाँउ भन्ने उजुरीको संख्या धेरै आउने गरेको छ ।’ उजुरी गर्दा एउटै कम्पनीले पनि १५÷२० वटा सम्म उजुरी गरेको पाईन्छ ।

विभागका अनुसार यो आर्थिक वर्षमा ट्रेडमार्क दर्ता आवेदन बदर गरी पाँउ भनेर विभागमा ६ देखि ७ वटा मुद्धा परेकोे छ भने ट्रेडर्माक दर्ता बदर गरी पाँउ भनेर उजुरी गर्नेको संख्या २ देखि ३ वटा रहेको छ ।

ट्रेडमार्क दर्ता आवेदन ब्रदर गरी पाँउ भनेर विभागमा ६ देखि ७ वटा मुद्धा परेकोमा २ देखि ३ वटा मुद्धा फैसला भइसकेकोे विभागले जनाएको छ ।
आवदेन बदर गरी पाँउ भनि उजुरी दिनेमा पनि विदेशी कम्पनीहरु धेरै रहेकोे छ । ‘ट्रेडमार्क दर्ता संख्या विदेशीको धेरै हुदाँ उजुरीको संख्या पनि विदेशीको धेरै हुने गरेको हो,’ उपसचिव महतले भने ।

कम्पनीहरुले नेपालीबजारमा लत्ताकपडा, रक्सी, दुरसञ्चारका सामग्री, खाद्यसामग्री लगायतमा ट्रेडमार्क नक्कल गर्दै उपभोक्ता ठगी गर्दै आएको आएको छ ।
‘ट्रेडमार्क नक्कल गरेसँगै उपभोक्ताले ब्रान्डेड भनेर किनेको सामान नक्कली पर्न जान्छ जसले गर्दा गुणस्तरीय , टिकाउ नहुने हुदाँ उपभोक्तामारमा पर्ने गरेको छ,’ उप सचिव महतले भने ।

यस्ता गिरोहमा नेपाली कम्पनीमात्र नभएर विदेशी कम्पनीहरु समेत रहेको उद्योग विभागको तर्क छ । नेपालमा धेरै जसो सामग्री चीन र भारतबाट आउने हुदाँ त्यहाँका कम्पनीहरुले ट्रेडमार्क चोरी गरी सामग्री नेपाली बजारमा बेचेको हुन सक्ने आशंका समेत गरिएको छ ।

विश्वस्तरमा ख्याति कमाएका विशेष गरी नाईक , एडिडास, नर्थ फेस, क्यासियो , युनिलिभर , जिसक जस्तो ब्रान्डहरु नेपाली बजारमा पनि देखिन्छ जुन टेडमार्क मात्र नक्कल गरी नेपाली बजारमा सामग्री बेचिरहेका मात्र हुन् ।

यद्यपी यस्तो कार्य रोक्न विभागले भन्सार कार्यालयसँग समन्वय गरी टे«डमार्क नक्कल गरेको सामान भन्सारबाट जफत गर्ने गरेको छ ।

ट्रेडमार्क नक्कल गरिएको वा कोहि सँग मिल्ने गएमा विभागले आवेदनकर्ताले ट्रेडमार्कको जानकारी सहित ९० दिनको समयसीमा राख्दै सूचना प्रकाशित गर्दछ उक्त समय भित्र उजुरी पेश भएमा सोहि आधारमा विभागले प्रक्रिया अघि बढाउने गरेको छ ।


क्लिकमान्डु