उद्यमशिलता प्रतियुवाको आकर्षण बढ्दो, १०० स्टार्टअप सहभागि मेलाको पाँचहजारभन्दा बढिले गरे अवलोकन



काठमाडौं  । भारतमा ईन्जिनियरिङ अध्ययन सकेर नेपालफर्केका संगम सिंह अन्लाईन सपिङ कम्पनीखोल्न चाहन्थे । तर बजार अध्ययनगर्दै जाँदा अन्लाईनमा सामान बेच्ने कम्पनीका एउटा साझा समस्या थाहापाए,ग्राहकले अन्लाईनमा अर्डर गरेको सामान उनिहरुको दैलोमापुर्याउने र सामानको पैसा भुक्तानी लिने (क्यास अन डेलिभरी) सेवाको असहजता ।

त्यसपछि उनले ई–कमर्स कम्पनीखोल्ने योजना त्यागेर बजारमा अगाडी नै उपस्थिति जनाइसकेका कम्पनीहरुलाई उक्त क्यास–अन–डेलिभरी सेवा प्रदान गर्ने कम्पनी ‘नेप–एक्सप्रेस’को स्थापना गरे ।

सन्तोष पाण्डे र उनका साथीले विदेशमा रहेका नेपालीले पठाएका उपहारहरू तिनका साथी र परिवारलाई पठाइदिने व्यवसाय सुरु गर्ने योजना बनाए । तर व्यवसाय सुरु गर्नु अगाडि यसका विभिन्न पक्षबारे पढ्दै जाँदा थाहापाए कि संसारमा ‘सरप्राइजउद्योग’को क्षेत्र पनि एकदम ठूलो भइसकेको रहेछ । यसको दायरा अझ फराकिलो हुँदै रहेछ । अनि उनिहरुले सुरुमा सोचे भन्दा भिन्न कम्पनी ‘अफरिङ् ह्याप्पिनेस’ खोल्न पुगे ।

दिपेश खेतान र उनका साथीहरु मिलेर भर्खरै एउटा ’एड्माना’नामक डिजिटल एडभर्टाइजिङ कम्पनी खोलेका छन् जसले डिजिटल विज्ञापनदाता र प्रकाशकलाई जोड्ने काम गर्छ । यसमा विज्ञापनदाताले उक्त विज्ञापनबाट आएको परिणाम (व्यापार)अनुसार मात्रै पैसा भुक्तानीगर्न मिल्ने सुविधा छ ।

आर्सलन अख्तर लेख्नमा सौखिनथिए । साथै ल्यादरका सामान (ब्याग, बिन ब्याग, ल्याप टेबल आदि) बनाउने व्यवसायगर्ने सोच आयो । त्यसपछि उनले उक्त सामान उत्पादनगर्ने र ति सामानहरुमा विभिन्न सन्देशहरु लेख्ने कम्पनी ‘टुडेज टेलिग्राम’ सुरु गरे । अहिले बजारमा उनले उत्पादन गरेकाति सामानहरु एकदमै रुचाइएको छ ।

नेप–एक्सप्रेस, अफरिङ् ह्याप्पिनेस, एड्माना र टुडेज टेलिग्रामलगायतका १०० भन्दा बढी नवउद्यमहरुले पौष २१ गते शनिबार ग्यालेक्सी पब्लिक स्कुलको परिसरमा आफुले उत्पादन गरेका सामान र प्रदान गर्ने सेवाहरुको प्रदर्शनी गरे ।

’जिबिजिबिजफेस्ट’ नामदिइएको उक्त प्रदर्शनीआयोजना गरेको थियो काठमाडौंका प्रविधी व्यबसायीहरुको समुह गुगल बिजनेस ग्रुपले । जसमा मुख्य सहकार्य थियो ‘खल्ती डिजिटल वालेट’को ।

भारतमा सिए अध्ययन सकेर भर्खरै मात्र नेपाल फर्केकी वर्षा दुलाल पनि उक्त प्रदर्शनीअवलोकन गर्ने क्रममा भेटिइन् । नेपाली युवाहरुले के–कस्ता स्टार्टअप गर्दै छन् र आफ्ना उत्पादन तथा सेवामार्फत समाजका के कस्ता समस्या समाधान गर्दै छन् भन्ने उनलाई जिज्ञासा थियो । सहभागि नवउद्यमीका स्टलहरु घुमिसकेपछि र उनीहरुका उत्पादन अवलोकन गरिसकेपछि उनी नेपाली युवाउद्यमीको काम देखेर उत्साहित थिइन् ।

काठमाडौंको एउटा कलेजमा ११ कक्षामाअध्ययनगर्दै गरेका राहुल यादवपनि उत्साहका साथ मेला अवलोकन गर्दै थिए । उनले स्टार्टअपहरुका स्टल घुम्नुका साथै उक्त मेलाको अवसरमा आयोजित विभिन्न प्रविधी विशेषज्ञहरुले प्रस्तुत गर्ने कार्य शालाकक्षामा उपस्थित भएर ‘गुगल’का बिभिन्नप्रविधी र टुलहरु पनि सिक्ने मौका पाएको बताए । उनले आफ्नो पनि निकट भविष्यमा स्टार्ट अप कम्पनी खोल्ने सोच रहेको र उक्त मेला एकदमै उपलब्धिमुलक रहेको बताए ।
वर्षा र राहुल जस्ता पाँचहजार भन्दा बढी स्टार्टअपहरुमा रुची भएका युवाहरुले उक्त मेलाअवलोकन गर्नुका साथै स्टार्टअप संस्थापकहरुसँग प्रत्यक्ष अन्तरकृया गरेका थिए ।

बिजफेस्टको अवसरमादेखिएको उक्त दृश्यले नेपाली युवाहरुमा स्टार्टअप प्रतिको रुचीकति रहेछ र आँफैले नवउद्यम खोल्न कति इच्छुक रहेछन् भन्ने दर्शाउँछ ।

उक्त मेलाले नेपालमा स्थापना भएका सबै प्रकारका स्टार्टअपहरुलाई एउटै ठाउँमा ल्याउने जमर्को गरेको थियो । मोबाईल गेम बनाउने कम्पनीहरु, एनिमेसन, डिजिटल मार्केटिङ,अन्लाईन सपिङ, अन्लाईन शिक्षा प्रदानगर्ने, अन्लाईन स्वास्थय सेवाप्रदानगर्ने, नेपाली ब्रान्डका लुगा उत्पादनगर्ने देखि आधुनिक कृषिमा संलग्न कम्पनीहरु उक्त मेलामा सहभागि थिए । मेलाले विद्यार्थी र भविष्यमा आफ्नै स्टार्टअप गर्ने सोच बनाएका युवाहरुलाई स्टार्टअप सुरु गरिसकेकाहरुसँग अन्तरकृया गर्ने र उनिहरुबाट सिक्ने अवसर प्रदान गरेको थियो ।
उल्लेखनिय संख्यामा स्टार्टअपहरु तथा स्टार्टअपगर्न इच्छुक युवाको उपस्थिति देखेर उत्साहित मेलाका संयोजक तथा गुगलबिजनेस ग्रुपका ठमाडौंका प्रबन्धक अमितअग्रवालले भने,’नेपालमा स्टार्टअपगर्ने ट्रेन्ड भर्खरै मात्र सुरु भएको छ । समाजमा विद्यमान विभिन्न चुनौतीमै अवसर देखेर तिनै समस्या समाधान गर्न स्थापना भएका स्टार्टअपहरु यत्रतत्र देख्न सक्छौँ । यद्यपि, धेरै जनालाई स्टार्टअप भनेको के हो र के–कस्ता स्टार्टअप कम्पनीहरु नेपालीबजारमाआएका छन् र तिनीहरुले के–के काम गर्छन भन्ने धेरैलाई थाहा छैन । अनि, स्टार्टअपहरुसँग महँगो प्रदर्शनीहलमागएर आफ्ना सेवाको प्रचार गर्ने क्षमता र स्रोतसाधनपनिहुँदैन । त्यसैले गुगलबिजनेस ग्रुपले नेपाली स्टार्टअपका यिनै समस्याहरुको मध्यनजर गरी सबैलाई एकै ठाउँमा ल्याउने, निःशुल्कप्रदर्शनीगर्ने र उनीहरुका संभावितग्राहकसँगजोडिने अवसर प्रदानगर्ने हेतुले खल्ती डिजिटल वालेटको मुख्य संयोजनमा यो प्रदर्शनीआयोजना गरेको हो ।”

कार्यक्रममा विशेषज्ञहरूले गुगलका विभिन्न नयाँनयाँप्रविधीसम्बन्धी प्रस्तुति पनि दिएकाथिए जुन स्टार्टअपहरुको व्यापार प्रवर्धन र विस्तार गर्न एकदमै महत्त्वपूर्ण हुनेछ ।

प्रदर्शनीमा ‘गुगलमाई बिजनेस’ लक्षित एउटा विशेष स्टल पनि रहेको थियो।सहभागिस्टार्टअपहरूले उक्त स्टलमार्फत आफूलाई गुगलको व्यापार निर्देशिका(गुगलबिजनेस डाइरेक्टरी) मा सूचीबद्ध गरेका थिए ।

उक्तनिर्देशिकामा सूचीकृत भएपश्चात ग्राहकहरूले व्यवसाय र त्यसका विवरणहरू पत्तालगाउन सक्नेछन् । यसका साथै उक्तव्यवसायहरू गुगल सर्च रिजल्ट पेजको पहिलो पृष्ठमा देखापर्ने सम्भावना बढ्नेछ ।

मेलामाआयोजित यस्ता विभिन्न कार्यक्रमहरुले नेपाली स्टार्टअपहरूको प्रवर्धन र विकासमा टेवापुगेको आयोजकको विश्वास छ ।

गुगलबिजनेस ग्रुपले नेपालमा यस प्रकारको कार्यक्रम अब वार्षिक रुपमाआयोजनागर्ने बताएको छ ।


क्लिकमान्डु