अर्थमन्त्री डा. खतिवडाको राजीनामा माग गर्दै शेयर लगानीकर्ता अनशन बस्ने



काठमाण्डौ । शेयर लगानीकर्ता दबाब समूहले अर्थमन्त्री डा. युवराज खतिवडाको राजीनामा माग गरेको छ ।

पूँजी बजार सुधार तथा विस्तार गरी लगानीकर्ताहरुको सम्पत्ति सुरक्षा गर्न समूहले माग गरेको छ । आफूहरुको माग वेवास्ता गरेको भन्दै अर्थमन्त्री डा. खतिवडाको राजीनामाको मुख्य माग सहित यही मंसिर २३ गते रिले अनशन बस्ने घोषणा गरिएको छ ।

शेयर लगानीकर्ता दबाब समूहको तर्फबाट गोपाल कटुवाल स्वामी सहितका ६ जनाद्वारा हस्ताक्षरित विज्ञप्तिमा अर्थमन्त्रीको राजीनामाको माग सहित अनशन बस्ने कुरा उल्लेख गरिएको छ ।

नेपाल स्टक एक्सचेन्जको कार्यालयमा मंसिर २३ गते बिहान १० बजेदेखि रिले अनशन बस्ने विज्ञप्तिमा उल्लेख छ ।


क्लिकमान्डु