२२ वर्षमा १९ प्रतिशत गरिबी घट्यो



काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको आर्थिक सर्वेक्षण अनुसार अझै पनि २१.६ प्रतिशत जनता निरपेक्ष गरिबीको रेखामुनी रहेको देखाएको छ ।

सार्वजनिक तथ्याकं अनुसार २८.६ प्रतिशत जनता बहुआयामीक गरिबीको चपेटामा रहेको देखिएको छ ।

आर्थिक वर्ष २०७२/७३ मा गरिबीको रेखामुनि रहेको जनताको संख्या २३.८ प्रतिशत थियो । त्यस्तै पहिलोपट आर्थिक सर्वेक्षण हुँदा २०५२/५३ मा ४८ प्रतिशत जनता गरिबीको रेखामुनि रहेका थिए ।

पछिल्लो तथ्याकं अनुसार कर्णाली प्रदेशमा सबैभन्दा उच्च गरिबी रहेको छ भने सबैभन्दा न्युन गरिबी प्रदशे नं तीनमा रहेको छ ।

सरकारले गरिबी घटाउनको लागि सन् २००३ मा गरिबी निवारण कोष समेत स्थापना गरेको थियो । यही कोष मार्फत आर्थिक वर्ष ७३/७४ मा विभिन्न २ हजार ६ सय ६३ संघ संस्थासंग सम्झौता गरेर गरिब घर परिवारलाई अर्थोपार्जनका लागि रकम समेत प्रदान गरेको छ ।

गरिब जनतालाई लक्षित गरेर सरकारले गत आर्थिक वर्षमा करिब ७ सय वटा पुर्वाधार निर्माणका परियोजना पनि संञ्चालन गरेको छ ।

चालु आर्थिक वर्षको ८ महिनामा कोषबाट ५ हजार ४ सय १ परियोजना संचालनमा ल्याएको छ । विभिन्न सामुदायीक संस्थामार्फत संञ्चालन हुने गरिबी निवारण कार्यक्रमका लागि सरकारले ८ महिनामा २८ करोड ५ लाख खर्च गरेको समेत रिर्पोटमा उल्लेख गरिएको छ ।

कोष मार्फत गत आर्थिक वर्षमा ११ हजार परियोजना संञ्चालन गरिएको थियो जसका लागि करिब २ अर्ब रकम समेत विनियोजन गरिएको थियो । तर सरकारले चालु आर्थिक वर्षमा भने यो रकम बढाएर १३ अर्ब ३३ करोड २१ लाख पुर्याएको छ ।

६० जिल्लामा गरिबी निवारणका लागि काम गरिरहेको कोषबाट १० लाख जनताले लाभ लिएको सरकारी प्रतिवेदनमा उल्लेख छ ।

यसका अलावा सरकारलेगरिब तथा बेरोजगार युवाका लागि संञ्चालन गरेको युवा तथा साना व्यवसायी कार्यक्रमबाट चालु आर्थिक बर्षको प्रथम आठ महिनामा करिब ४५ हजार युवा स्वरोजगार बनेका छन् ।

२ लाख रुपैँया सम्म विना धितो ऋण लिन पाउने सुविधा रहेको यो कायक्रमबाट चालु आर्थिक वर्षको आठ महिनामा करिब ६ अर्ब रुपैयाँ ऋण प्रवाह भएको छ ।

प्रवाह भएको ऋणको ५० प्रतिशत रकम भने सरकारले असुली गरेको रिर्पोटमा उल्लेख गरिएको छ । यही कार्यक्रम अन्र्तगत सरकारले आठ महिनामा १५ हजार २ सय ८६ जनालाई विभिन्न सिपमुलक तालिम प्रदान गरेको छ ।

प्रतिबर्ष ५ लाख नयाँ थपिने नेपाली श्रम बजारमाश्रमको अभावमा हालसम्म ४३ लाख युवा विभिन्न माध्यमबाट रोजगारिका लागि विदेश पलायन भएका छन् । अहिले दैनिक १ हजार युवा रोजगारिका लागि विदेश पलायन हुने गरेका छन् ।


क्लिकमान्डु