वृहत् होल्डिङमार्फत एनआरएनको लगानी भित्र्याउँछुः भट्ट



गैरआवाशीय नेपाली संघ (एनआरएनए) को आठौं विश्व सम्मेलनमा गत शनिबारदेखि काठमाडौंमा सुरु भएको छ । यो सम्मेलनले संघको आगामी कार्यकालको लागि नयाँ नेतृत्व पनि छनोट गर्दैछ । आगामी कार्यकालको अध्यक्ष पदको लागि बर्तमान उपाध्यक्ष भवन भट्टले दाबेदारी पेश गरेका छन् । संघको २ कार्यकाल उपाध्यक्ष भइसकेका भट्ट एनआरएनए स्थापनाकालदेखि नै यो अभियानमा संलग्न थिए । नेपालमा विभिन्न क्षेत्रका व्यापार व्यवसाय पनि गरिहेका भट्टले एनआरएनएको अध्यक्ष बनेर के कस्ता कामहरू गर्न खोजेका छन्, उनको आगामी कार्ययोजना के कस्तो छ र अध्यक्षमा निर्वाचित भएपछि संघलाई के कसरी अगाडि बढाउने योजना छन् भन्ने जस्ता विषयमा भट्टसँग क्लिकमाण्डूले गरेको कुराकानीः

एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिँदै हुनुहुन्छ, तपाईका विशेष एजेन्डाहरु के के हुन् ?

एनआरएनएको अध्यक्ष भएपछि गर्ने कामको बारेमा मैले केही बिषयहरु सार्वजनिक गरेको छ । एनआरएनए अब पुरानै ढर्रामा चल्न सक्दैन । यसको भर्सन २ लागू गर्नुपर्छ । त्यो भनेको आवश्यकता अनुरूप योजनाबद्ध कार्यक्रम र नतिजामूलक क्रियाकलाप गर्ने, कार्यक्रम, पद्धति तथा संरचनामा नवीनता ल्याउने र सहभागितामूलक व्यवस्थापन संयन्त्र निर्माण गर्ने मेरो योजना छ । यस्तै एनआरएनएको वृहत् विस्तार योजना अन्तरगत सदस्यतालाई दोब्बर बनाउने योजना मैले सार्बजनिक गरेको छु । एनआरएनए जुनियर सर्कल निर्माण गरेर दोस्रो पुस्ताका युवा तथा वयस्कलाई एनआरएन अभियान अन्तरगतका भाषा तथा संस्कृति, साहित्य/संगीत तथा मनोरञ्जन र खेलकुदमार्फत् समाहित गराउने भन्ने मेरो योजना हो ।

नेपालको अर्थतन्त्रमा एनआरएनएको स्मार्ट सहभागिता जरुरी भइसकेको छ । यसको लागि एनआरएनएलाई नेपालको अर्थतन्त्रसाग जोड्ने स्पष्ट, मापनयोग्य, उपलब्धीमूलक, यथार्थपरक तथा समयावधी तोकिएको कार्यक्रमहरु ल्याउनु पर्छ । विपतमा पनि विकासमा पनि एनआरएनएको सहभागिता आवश्यक छ ।

अर्काे कुरा अब सबै एनआरएनए संलग्न हुनसक्ने सामूहिक लगानी संयन्त्र निर्माण गर्ने मेरो योजना हो । यसको लागि एक वृहत होल्डिङ कम्पनी गठन गरी त्यसमार्फत् लगानी गर्ने संयन्त्र बनाउने छु । नेपालकेन्दि्रत लगानीलाई प्रबर्द्धन गर्ने तथा व्यवसायलाई सघाउने प्रकारका कार्यक्रमहरु अब एनआरएनएले संचालन गर्नुपर्छ ।

नेपालकेन्दि्रत लगानीलाई प्रबर्द्धन गर्ने तथा व्यवसायलाई सघाउने प्रकारका कार्यक्रमहरु अब एनआरएनएले संचालन गर्नुपर्छ ।

यस्तै एनआरएनए एकेडेमी निर्माण गर्ने मेरो अर्काे कार्यक्रम हो । यो कार्यक्रम अन्तरगत रिसर्च एण्ड इनोभेसन डिभिजन -खोजमूलक तथा नियमित कार्यक्रमहरुको मूल्यांकन तथा ग्लोबल बेष्ट प्राक्टिसेसहरुको आदान प्रदान) स्थापना गर्ने कार्यक्रम छ । यस्तै क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरेर विश्वभर रहेका अभियन्ताहरुको क्षमता अभिवृद्धिका लागि आवश्यकता पहिचान गरी व्यवस्थापन तथा व्यक्तित्व विकास सम्बन्धि तालिमलगायतका कार्यक्रहरु सञ्चालन गर्नेछु । साथै, वैदेशिक रोजगारी आपतकालिन कोषलाई सदुपयोग गरि गैरआवासीय नेपाली संघमा आवद्ध वैदेशिक रोजगारीमा रहेका नेपालीको बीमा गर्न पनि गृहकार्य गर्दैछु ।

तपाइले अध्यक्षमा चुनाब जित्ने आधार के कस्ता देख्नुभएको छ ?

मैले शुरुदेखि नै सबै गैरआवासीय नेपाली साथीहरुको सक्रिय सहयोग र सद्भाव पाउादै आएकोले अहिलेसम्मका पदीय जिम्मेवारीहरु पूरा गर्दै आएको छु । र, यस गैरआवासीय नेपाली संघको आठौं अन्तर्राष्ट्रिय महाधिवेशनमा पनि सबै एनआरएन साथीहरुबाट थप उत्साहका साथ सहयोग र सद्भावको अपेक्षा गर्दछु । संस्थाको जिम्मेवारीमा स्वाभाविकरुपमा खुड्किला उक्लादै अगाडि बढेको अनुभव र यो अभियानमा आफ्नो तर्फबाट सक्दो योगदान गरिरहेको अवस्थामा अझ बढी जिम्मेवारी सम्हाल्न मलाई सबैको सहयोग रहने विश्वास गरेको छु । म स्थापनाकालदेखि आजसम्म यही अभियानमा निरन्तर सक्रिय भइरहेको कारणले पनि संस्थापकहरुको भावनादेखि वर्तमान नेतृत्वको आगामी सोचसम्मलाई नजिकबाट अनुभव गरिरहेको छु । त्यसकारण पनि यो अभियानलाई स्वाभाविकरुपमा अघि बढाउने चुनौतीलाई मैले सहजतापूर्वक स्वीकार गरेको छु ।

यहाँले जित्नु भयो भने एनआरएनएको भावि नीति तथा कार्यक्रमहरू के कस्ता हुनेछन् ?

पहिलो कुरा म एनआरएनएको अध्यक्ष हुने बित्तिकै मेरो काम भनेको मेरा अग्रजहरुले सुरु गर्नु भएको अभियानलाई निरन्तरता दिने हो । अहिले हाम्रो बीचमा चुनौती पनि छ र एउटा अवसर पनि छ । भिजन २०२० एण्ड बियोण्डलाई व्यापक छलफल गरेर साथीहरुको सरसल्लाहमा एउटा मार्गदर्शनको रुपमा अगाडि बढाउनु पर्नेछ । यस्तै, अहिले हाम्रो लाप्राकमा बनिरहेको नमुना बस्तिको काम सकाएर यसलाई हस्तान्तरण गर्नु छ । धेरै जसो काम त वर्तमान अध्यक्षले सकिसक्नु भएको छ । र, म अध्यक्ष भई सकेपछि लाप्राक परियोजना अध्यक्षको निरन्तर सहयोगमा सम्पन्न गरि हस्तान्तरण गरिने छ । वास्तवमा यो मेरै योजना भएकोले पनि यसमा मेरो भावनात्मक सम्बन्ध छ । अर्को एनआरएनको हेडक्वाटर निर्माण सम्पन्न गर्नुछ । यो पनि म कोषध्यक्ष हुादा मैले नै ल्याएको योजना हो । जुन जोश र जागरका साथ यसको काम अगाडि बढिरहेको छ, त्यसको आधारमा हेर्दा मेरो कार्यकालमा हेडक्वाटर सम्पन्न हुनेछ ।

लाप्राक परियोजना अध्यक्षको निरन्तर सहयोगमा सम्पन्न गरि हस्तान्तरण गरिने छ । वास्तवमा यो मेरै योजना भएकोले पनि यसमा मेरो भावनात्मक सम्बन्ध छ ।

साथै शंखमुलपार्क परियोजना पनि छिटो भन्दा छिटो सकिन्छ । यसमा त्यति धेरै समय लाग्दैन । यसरी मैले वर्तमान अध्यक्ष शेष घलेको कामलाई मात्र निरन्तरता दिने होइन । मेरा अन्य अग्रजहरुका योजना पनि सम्पन्न गर्नुछ ।

यसको साथै मेरा पनि केहि योजनाहरु छन् । जस्तो नेपालको अर्थतन्त्रको दुईवटा लाईफ लाईन छ, एउटा पानी अर्को पर्यटन । म पर्यटनमार्फत अतिथी देवो भवःको सफलतालाई निरन्तरता दिने तथा यसलाई व्यापक विकास गराउनका लागि पर्ने छु । यस बाहेक पनि मेरो कार्यकाल भित्र करिब साढे दुई लाख घटिमा साधारण सदस्य बनाउन चाहन्छु । र, एनआरएनएको ब्यापक विस्तार गरि दोस्रो पुस्तालाई सम्टनु पर्ने छ । यसबाट उहााहरु नेपालमा आएर खुसीले धेरै पैसा खर्च गर्ने अबस्था बन्छ । साथै लगानी गर्ने वातावरण कायम रहिरहोस् भन्ने चाहन्छु । एनआरएन साथीहरु आफू पनि नेपालमा छुट्टी मनाउन आउने तथा उहााहरुका विदेशी साथीहरु पनि आउने वातावरण बनाउने हाम्रो लक्ष्य हो । होटल व्यवसायीहरु, रिर्सोट व्यवसायीहरुसाग एनआरएनमात्र नभई नेपालमा आउने हरेक पर्यटकहरुलाई आवश्यक पर्ने क्षेत्रमा कनेक्सन गराएर उहााहरुले विशेष छुट दिनु हुन्छ ताकि एनआरएनहरुलाई अन्त जानु भन्दा आˆनै जन्मभुमी जाऔ भन्ने होस ।

जस्तै म एनआरएन, मसंग एनआरएन कार्ड छ । तर मैले धेरै जना साथी लिएर रेष्टुरेण्ट वा होटलमा पार्टी मनाउन गए भो त्यो कार्ड देखाएमा छुट पाउछु । यसले दुई किसिमकोे फाईदा गरायो । एउटा नेपालमा हामीलाई सुविधा गराएकोले अन्यत्र गएर खर्च गर्नुभन्दा आफ्नै देशमा खर्च गर्दा सुबिधा पनि पाइन्छ भन्ने भयो । अर्को होटललाई पनि विश्वास हुन्छ कि सुविधा दिई सकेपछि एनआरएनहरु त्यो होटलमा आउँछन भन्ने । यसो हुँदा होटल, रिर्सोटको व्यवसाय बढ्यो । जसले गर्दा रोजगारी अर्थतन्त्रमा धेरै ठुलो टेवा पुग्छ । र, एनआरएनलाई पनि नेपालसँग जोडि राख्ने अर्को एउटा सम्बन्ध हुन्छ । यो मुख्य काम लगायत म धेरै अरु कामहरु सोचिरहेको छु । जस्तो नेपालको ट्राफिकलाई कन्ट्रोल गर्नका लागी म योजना ल्याउँदैछु । त्यो सागसगै अरु धेरै योजना छ । त्यसकारण म मात्रै होईन, मेरा लाखौंलाख एनआरएन मित्रहरु, मेरा अग्रजहरुको एक एक सुझावहरू लिएर म उहाँहरुको ईच्छा, सपनाहरु पुरा गर्ने काममा म यो दुई वर्ष पुरै खटिने छु ।

तपाई एनआरएनएको स्थापनाकालदेखिको अहिलेसम्मको यात्राको समिक्षा कसरी गर्नुहुन्छ ?

एनआरएनए गठन नभैदिएको भए सायद हामी नेपाल बाहिर बस्ने नेेपालीहरु एउटै ठाउामा आएर संगठित हुदैन थियौै होला । मैले एनआरएनए अभियानमा लागेर ठुलो उपलब्धी प्राप्त गरेको छु । यति धेरै साथीभाई, यति धेरै नेटर्वकसंग मेरो सम्पर्क भएको छ । यति धेरै नेटर्वकलाई मैले चिन्ने मौका पाएको छु । मेरो एनआरएनएको अभियानले गर्दा र आबद्धताका कारणले होला म नेपालसाग पनि जोडिइरहेको छु । अहिले हेर्नुस्, उपेन्द्रजी, जीवाजी, देवमानजी, शेषजी संगठनको विस्तार हुनु भन्दा या गठन हुनु भन्दा पहिले एनआरएनएमा आबद्ध हुनुभन्दा पहिले उहाँहरुलाई ब्यक्तिगतरुपमा चिन्नेले पनि अब उहाँहरुको खुबी तथा नेपालको मायाले गर्दा परिचित हुनु भएको छ । त्यसैले गर्दा म समस्टीगत रुपमा एकदम छोटोमा भन्न चाहन्छु कि मैले एनआरएन अभियानमा लागेर धेरै प्राप्त गरेको छु, गुमाएको केही पनि छैन र गुमाउनु पनि पर्दैन । न मैले न कोहि एनआरएन साथीहरुले एकान्तमा बसेर छातीमा हात राखेर यदि यसको मुल्याङन गर्ने हो भने जो कोहि एनआरएन अभियानमा आबद्ध हुनु भएका गैरआवासीय नेपालीहरुले गर्व गर्नु हुनेछ कि मैले सही बाटो हिडे भनेर ।

मैले एनआरएन अभियानमा लागेर धेरै प्राप्त गरेको छु, गुमाएको केही पनि छैन र गुमाउनु पनि पर्दैन ।

नेपाल सरकारले यहाँहरुको अभियानलाई कतिको सहयोग गरेको छ ?
सरकारले सहयोग नगरेको भए हामीहरु यहाँसम्म आई पुग्दैन थियौं होला । हामीलाई बिचैमा गाह्रो पर्थ्यो होला । नेपाल सरकारले हामीलाई धेरै सहयोग गरेको छ । र, साथ पनि दिएको हो । तर केही प्रकृयागत झन्झटहरु छन् । हामीले खोजेजस्तो छिटो छिटो त भई रहेको छैन । तर पनि नेपाल सरकारले सहयोग गरेको छ । एउटा उदाहरण बाढी पीडितकै कुरा गर्दा एकद्वार प्रणाली लागु भएको थियो । तर एनआरएनले छुट्टै राहत वितरण गर्न पायो । हामीलाई सप्तरी जिल्लाको सबैभन्दा पिडित ठाउाामा गएर राहत बाड्न दिइयो । तर, भनें नि प्रकृयागत झन्झटले गर्दा रिजल्ट भनेको जस्तो पाएका छैनौं ।

एनआरएनए साझा संगठन भनेपनि यसमा राजनीति, जातियता, एकलौटि निर्णय प्रकृया जस्ता धेरै विवाद आए भनिन्छ नि ?

यो साझा संगठन हो । तर, मात्र यति हो विस्तारै विस्तारै यसमा परिमार्जित हुदै जानुपर्दछ । एकै चोटि परिमार्जन गर्न खोजियो भने अझ बढी वितृष्णा आउन सक्ने भएर पनि विवाद आएको हुनसक्छ । यो सबै गैरआवाशीय नेपालीको साझा संगठन र समृद्ध नेपाल बनाउने अभियानको एउटा कदम भएकोले हामीले यसलाई एक ढिक्का राखिराखेका हौं । मैले मेरो जन्म भुमिलाई केही गरीन भन्ने खालको हिनताबोध नहोस् भनेर म जस्ता लाखौ मेरा एनआरएन साथीहरु यो अभियानमा लाग्नु भएको छ । त्यसैले विवाद तथा छलफलकाबीच पनि यो एक ढिक्का भएरै अगाडि बढ्छ । यसमा न त राजनीति छ, न त जातीयताको विवाद छ । तर कार्यशैली चाहि आ-आफनो हुन्छ । जस्तै म सबैसँग सल्लाहमा काम गर्छु । अरुको अर्कै बानी होला । तर, हामी एक ढिक्का छौं ।

नेपालमा एनआरएनएको लगानी चाहि कम छ तर ठूलो कुरा गर्छन् भन्ने छ नि ?

मेरो एजेन्डा अनुरुप सामूहिक लगानी संयन्त्र बनेपछि त्यसबाट एक वृहत होल्डिङ कम्पनी गठन गरी त्यसमार्फत् लगानी बढाउने छौं ।

केही हाम्रा कलेक्टिभ इन्भेष्टमेन्टमा बाहेक अरुमा हामी आफैले पनि चित बुझाउन सकिरहेका छैनौ । किनभने त्यसको लागि त समय लाग्छ । कसैले सुुुरक्षित रुपमा बैंकमा राखेको वा विदेशमा लगानी गरेको पैसालाई नेपालमा ल्याउनुुस भनेर एकैचोटि भन्दा उहाँहरुले पत्याउने वातावरण बनिसकेको छैन । यसमा एउटा पाटोबाट मात्र हेरेर हुँदैन । हामी एनआरएन मात्र होईनौं । नेपालमा स्थायी सरकार छैन । पटक पटक सरकारहरु परिवर्तन भई रहेको अवस्थामा कलेक्टिभ इन्भेष्टमेन्टमा हामीले चाहे जस्तो ठुलो मात्रमा इन्भेष्ट हुन नसकेको हो । तर मेरो एजेन्डा अनुरुप सामूहिक लगानी संयन्त्र बनेपछि त्यसबाट एक वृहत होल्डिङ कम्पनी गठन गरी त्यसमार्फत् लगानी बढाउने छौं ।


क्लिकमान्डु